Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
Notice: Undefined variable: user_id in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: tags in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: show_num in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि अब १० वर्ष कायम हुने भएको…
काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाहरूले सूचना प्रविधिमा दक्षता हासिल…
काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने…
इटहरी । नेपाल–भारत खुला सीमाको ६१.९ किलोमिटर लम्बाईमा फैलिएको सुनसरी जिल्ला अहिले सुरक्षा सतर्कताको केन्द्रबिन्दु…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- अब सवारी लाइसेन्सको अवधि १० वर्ष
- सूचना प्रविधिमा दक्ष जनशक्ति आवश्यक : मन्त्री गुरुङ
- उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
- सुनसरीका सीमा क्षेत्र सुरक्षा सतर्कता , २४ घण्टा निगरानी
- नागरिक उन्मुक्ति पार्टीमा नेतृत्व परिवर्तन : लालवीर चौधरी नयाँ अध्यक्ष
- दशरथ रंगशाला मर्मत सम्भार गर्छौं: प्रधानमन्त्री ओली
- लेन्देखोलामा फेरि भीषण बाढी
- फिफा फर स्कुल अभियानको शुभारम्भ
- राजनीतिक दलहरूको स्वमूल्यांकन गर्ने निर्वाचन आयोगको तयारी
- कार्यसम्पादनमा प्रश्न उठेका मन्त्री हेरफेर हुन सक्छन् : पृथ्वीसुब्बा गुरुङ
Author: हाम्राे हेडलाइन
काठमाडौं । अमेरिकी सरकार अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालमा सञ्चालित एमसीसी परियोजना तत्कालका लागि फेरि सुरु गर्न अनुमति प्रदान गरेको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले अमेरिकी सरकारले एमसीसीअन्तर्गतका परियोजना अघि बढाउन अनुमति प्रदान गरेको जानकारी दिएको छ। तर ९० दिनको समीक्षा अवधि भने अझै जारी रहेकाले कार्यक्रमको निरन्तरताबारे भने प्रष्ट छैन। डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएर आएपछि सबै प्रकारका विदेशी अनुदान स्थगन गरेका थिए। सो क्रममा एमसीसी परियोजना स्थगित भएको थियो भने नेपालमा सञ्चालित यूएसएडका कतिपय कार्यक्रम खारेजीमै परेका छन्। ‘अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान…
काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशनको आजबाट विराटनगरमा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन एमाले महासचिव शंखर पोखरेलले गर्ने भएका छन् । यसअघि चौतारीको महाधिवेशनको उद्घाटनमा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने तयारी थियो । ओली नआउने भएपछि महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने भएका हुन् । महाधिवेशनमा देशभरबाट ९ सय बढी प्रतिनिधि विराटनगर पुगेका छन् । चौतारीको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष गणेश पाण्डे र राजेश राईले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
काठमाडौं । सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाका घटनाका पीडित परिवारले प्रहरीमा जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक रमेश पण्डितले पीडित परिवारका तर्फबाट जाहेरी प्राप्त भएको जानकारी दिए । उनले भने, “पीडितको तर्फबाट जाहेरी प्राप्त भएको छ । यसले कानुनी कारबाहीको प्रक्रिया अघि बढ्न थप सहज भएको छ ।” दलित अगुवासहित पुगेर पीडित परिवारका दिपक मरिकले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई प्रतिवादी बनाइएको छ । औरहीका स्थानीयसमेत रहेका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवानका अनुसार जाहेरीमा प्रतिवादीहरूले पीडित परिवारमाथि जातीय…
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटका लागि एउटा ऐतिहासिक मोड नजिक आएको बताएका छन् । उनले भनेका छन्, ‘जहाँ एक लामो समयदेखि इच्छित सपना अब वास्तविकतामा परिणत हुँदैछ । यो परिवर्तन नेपाल क्रिकेटसँग सम्बन्धित सबैलाई अपार खुसी, गर्व र नयाँ आशा प्रदान गर्नेछ ।’ खड्काले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्यारापिट निर्माणका तस्वीरसहित सामाजिक सञ्जालमा एक लामो पोस्ट लेख्दै नेपाली क्रिकेटको एक सपना पूरा हुन लागेको बताएका छन् । उनले लेखेका छन्, ‘हामीले पाएको यो ठूलो अवसर देशको क्रिकेटको भविष्यलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण कदम हुनेछ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको विकास र…
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ५ लाख ३० हजारभन्दा बढी आप्रवासीहरू प्रवासीहरू प्रभावित हुनेगरी ठूलो निर्णय गरेको छ । प्रशासनले क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाका ५ लाखभन्दा बढी आप्रवासीहरूको अस्थायी कानूनी अधिकार खारेज गरेको हो । संघीय सरकारले जारी गरेको सूचना अनुसार, कानुनी आधारबिना अमेरिकामा बसोबास गरिरहेका आप्रवासीहरूलाई आफ्नो कार्य अनुमति (वर्क परमिट) र देशनिकाला नगर्ने सुरक्षा खारेज गर्नुअघि देश छोड्न चेतावनी दिइएको छ । बाइडेन प्रशासनको अधीनमा सीएचएनभी नामक कार्यक्रम अन्तर्गत ५ लाख ३० हजार आप्रवासीलाई अमेरिका ल्याइएको थियो । यो कार्यक्रम कानुनी बसाइँसराइको बाटो खोल्नका लागि थियो । तर ट्रम्प राष्ट्रपति बन्नासाथ यो कार्यक्रम स्थगन गरेका…
काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार काठमाडौंको जोरपाटी वितरण केन्द्र, बानेश्वर वितरण केन्द्र र ललितपुरको पुल्चोक वितरण केन्द्रका विभिन्न फिडरअन्तर्गतका स्थानमा बिजुली जाने भएको हो। जोरपाटी वितरण केन्द्रको मूलपानी फिडरअन्तर्गत पर्ने मूलपानी-साझाबारी आसपासका स्थानमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ। त्यहाँ एचटी लाइन स्थानान्तरण गर्नुपर्ने भएकाले फिडर सटडाउन गरिने भएको हो। यस्तै बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरअन्तर्गत पर्ने कोटेश्वर-सहयोगीनगर क्षेत्रमा अहिल बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ। प्राधिकरणका अनुसार ती क्षेत्रमा एसीएसआर अपग्रेडिङका लागि फिडर सटडाउन गर्नुपर्ने भएको हो। त्यस्तै ललितपुरमा पुल्चोक…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नयाँ क्रान्ति गर्ने उद्घोष गरेका छन् । पछिल्लो समय राजतन्त्रको पक्षमा भइरहेको आन्दोलनबारे मौन रहँदै आएको रास्वपाका अध्यक्ष रवि लामिछानेले आज पहिलो पटक मुख खोल्दै नयाँ क्रान्तिको पक्षमा वकालत गरेका हुन् । आज उच्च अदालत पाटनमा पुगेका रविले त्यहाँ पत्रकारहरुले घेरा हालेर प्रश्न सोधेका थिए । सो क्रममा लामिछानेले अब दिन धेरै नै नजिक आइरहेको र अब धेरैका बोली बन्द हुने समेत स्पष्ट पारेका छन् । लामिछानेले कस्तो खालको क्रान्ति हो भनेर स्पष्ट भने पारेका छैनन् । उनले स्पष्ट शब्दमा भने, ‘गेट रेडि फर रिभोलुशन (क्रान्तिका लागि तयार रहौं ।’ लामिछानेले अब…
काठमाडौं । सार्वजनिक लेखा समितिले उजुरी छानविन गर्न बिभिन्न उपसमिति गठन गरेको छ । सिंहदरबारमा शुक्रबार बसेका समिति बैठकले समितिमा परेका सय उजुरी मध्ये ४८ वटा उजुरीहरु छानविनका लागि उपसमिति बनाएको हो । बैठकले टेलिकम, दूरसञ्चार र टेलिभिजनसम्बन्धी उजुरी हेर्न मनिष झा नेतृत्वमा उपसमिति गठन गरेको छ । सो उपसमितिको सदस्यमा अच्युत मैनाली र अर्जुननरसिंह केसी सदस्य रहेका छन् । त्यस्तै अर्थ मन्त्रालय, गैरकानूनी बीमा, मोबाइल बैंकिङ र एमसीसी सम्बद्ध उजुरीका सम्बन्धमा छानबिन गर्न गोकुल बाँस्कोटा नेतृत्वको उपसमिति गठन गरिएको छ । सो उपसमितिको सदस्यमा रामकृष्ण यादव र अमेरश कुमार सिंह सदस्य रहेका छन् । त्यस्तै त्यस्तै, संस्कृति पर्यटन र…
काठमाडौं । ब्युटिसियनहरूको राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘ब्ल्याक डाइमन्ड ब्युटिसियन नेपाल-२०२५’ ताज काठमाडौँ सुकेधाराकी सुष्मा दाहालले जितेकी छन्। ताजसँगै उनले एनएफईए अवार्ड २०२५ मा सहभागी हुन जापान जाने अवसर प्राप्त गरेकी छन्। उनले टाइटल स्पोन्सर ‘ब्ल्याक डाइमन्ड’का तर्फबाट एक लाखको छात्रवृत्ति प्याकेजसमेत प्राप्त गरिन्। बिहीबार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न कार्यक्रमकी फर्स्ट रनरअप सुशीला राई बनिन् भने प्रीति खड्का सेकेन्ड रनरअप बन्न सफल भइन्। उनीहरूले क्रमशः पचास हजार र पच्चिस हजारको छात्रवृत्ति प्याकेज प्राप्त गरेका छन्। हिमालयन मुभिजद्वारा आयोजित सो कार्यक्रम कार्यक्रमको एघारौँ संस्करण हो। दुलहीको भेषमा सजिएका सौन्दर्यकर्मीहरूको आकर्षक नृत्यसँगै सुरु भएको कार्यक्रम क्रमैसँग ब्राइडल तथा परिचयात्मक चरण, फेसन सो…
काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत ढल्केबर–बारा खण्ड निर्माण सकिएको छ। धनुषाको ढल्केबर सबस्टेसनदेखि पश्चिमतर्फ पर्ने महोत्तरी, सर्लाही, रौतहट हुँदै बारा र मकवानपुरको सीमानामा पर्ने सरस्वती डाँडासम्मको १०० किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको हो। धनुषाको ढल्केबरबाट पूर्वतर्फ पर्ने सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारणलाइन निर्माणसम्पन्न भई गत असारबाट सञ्चालनमा आइसकेको छ। ढल्केबरबाट पश्चिमतर्फको विद्युत् प्रवाहलाई थप सहज बनाउन रौतहटको चन्द्रनिगाहपुर (चपुर) बजार नजिक रहेको जङ्गलसम्मको करिब ६० किलोमिटर ४०० केभी प्रसारणलाइनको एउटा सर्किटलाई १३२ केभीमा…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित