Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
रुकुमपश्चिम । बाँफिकोट गाउँपालिका–७ लिस्ने भित्री सडकखण्डमा भएको जिप दुर्घटनामा ७ जनाको मृत्यु भएको छ।…
काठमाडौं । प्रहरीले काठमाडौंको स्वयम्भूबाट स्रोत नखुलेको ६९ लाख ८५ हजारसहित एक जना नेपाली र…
काठमाडौँ । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिएका १५ दलका कागजात अध्ययन…
काठमाडौं । पछिल्लो समय नेपालमा नगदरहित कारोबारको दायरा तीव्र गतिमा विस्तार भइरहेको छ। दैनिक उपभोग्य…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- रुकुमपश्चिममा जिप दुर्घटना, ७ जनाको मृत्यु
- स्वयम्भूबाट स्रोत नखुलेको ७० लाख रुपैयाँसहित दुई जना पक्राउ
- १५ नयाँ दल दर्ता प्रक्रियामा, आयोगले कागजात अध्ययन गर्दै
- डिजिटल कारोबारमा तीव्र वृद्धि : मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ८२ लाख नाघे
- माइतीघरमा जेन–जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली : सामूहिक भाइटीका
- तिहारको मुख्य दिन: भाइटीका मनाइँदै
- निर्वाचन सम्पन्न गर्नु हामी सबैको दायित्व होः प्रधानमन्त्री
- भ्रष्टाचारीमाथि कारबाही नगरिए अर्को आन्दोलन गर्ने ‘जेनजी’को चेतावनी
- जेनजी आन्दोलनका घाइतेलाई भैपरी खर्चवापत् २० हजार सहयोग, ४८ लाख रुपैयाँ निकासा
- विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
Author: हाम्राे हेडलाइन
काठमाडौं । सरकारले हालैको बाढी तथा पहिरोबाट घरबार गुमाएका नागरिकका लागि तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमार्फत सरकारले यस्तो जानकारी दिएको हो । बैठकले बाढीपहिरो प्रभावितहरूलाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ । घर भत्किएका पीडितहरूलाई अस्थायी आवासमा सार्ने र दीर्घकालीन रूपमा स्थायी आवासको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको हो । अस्थायी आवास निर्माणका लागि विपद् प्राधिकरणमार्फत ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ । सोमध्ये २५ हजार रुपैयाँ तत्काल प्रदान गरिनेछ भने बाँकी २५ हजार रुपैयाँ मापदण्डअनुसार एक तहको घरको संरचना बनेपछि उपलब्ध…
गोरखा । दशैं सकिएपछि कार्यक्षेत्र फर्किने यात्रुहरूबाट सार्वजनिक यातायात व्यवसायीले दोब्बरसम्म भाडा असुलेको गुनासो बढेपछि गोरखामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामुराज कडरिया र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भरत बिकको टोलीले मंगलबार बिहान विभिन्न स्थानमा अनुगमन गरेका छन्। अनुगमन टोलीले बसपार्क, हरमटारीचोक, घ्याम्पेशाल बसपार्क र बारकिलो बजार क्षेत्रमा पुगेर सार्वजनिक सवारी व्यवस्थापनको अवस्था निरीक्षण गरेको हो। एसपी भरत बिकले अनुगमनका क्रममा केही यात्रुबाट बढी भाडा असुलिएको पाइएको र सो भाडा फिर्ता गराइएको जानकारी दिए। “कतिपय यात्रुहरूले बढी भाडा तिर्नुपरेको बताएका थिए, हामीले त्यहीअनुसार आवश्यक कदम चाल्यौं,” उनले भने। प्रजिअ कडरियाले चाडबाडको मौका पारेर यात्रु ठग्ने प्रवृत्ति रोक्न स्थानीय प्रशासन गम्भीर…
काठमाडौं । जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गर्दै पत्र बुझाएको छ । अलायन्सले आज आयोगमै औपचारिक पत्र बुझाएको हो । भदौ २३ गतेदेखि सुरु भएको जनेजी आन्दोलनका मुख्य मागहरू भ्रष्टाचार र दण्डहीनताको अन्त्य पूरा गर्न अख्तियारमा निष्पक्ष, स्वतन्त्र र सक्षम नेतृत्व आवश्यक रहेको भन्दै अलायन्सले अख्तियारका हालका पदाधिकारीहरूबाट यो कार्य सम्भव नभएको जिकिर पत्रमा गरेको छ ।
काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ २ हजार ३ सय रुपैयाँले बढेसँगै नयाँ उचाईमा पुगेको हो । आज सुनको कारोबार प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै सुनको भाउ लगातार ३ दिन रेकर्ड कायम गर्न सफल भएको छ । तीन दिनको अवधिमा सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ३३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला…
काठमाडौं । जेन–जी आन्दोलनसँग सम्बन्धित अगुवाहरूले सामाजिक सञ्जालमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नुपर्ने माग गर्दै नयाँ अभियान सुरु गरेका छन्। सोमबारदेखि सामाजिक सञ्जालहरूमा ‘#ArrestKP’ (एरेस्ट केपी) नामक ट्रेन्ड तीव्र रूपमा फैलिएको छ। अभियानको सुरुवात आफूलाई जेन–जी आन्दोलनका संस्थापकका रूपमा प्रस्तुत गर्ने हामी नेपालका संयोजक सुदन गुरुङले गरेका हुन्। उनले सोमबार बिहान फेसबुकमार्फत एउटा पोस्टर सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जेन–जी प्रदर्शनकारीमाथिको दमनका जिम्मेवारका रूपमा चित्रण गरेका छन्। पोस्टरमा दुबै जनाको तस्बिरसँगै “हत्यारा” भन्ने ट्याग लेखिएको छ। गुरुङको पोस्टपछि अभियान तीव्र बनेको छ। जेन–जीकी अर्को अगुवा रक्षा बमले पनि ‘एरेस्ट केपी…
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ। आयोगले जारी गरेको कार्यतालिकाअनुसार निर्वाचन तयारीका सबै प्रक्रिया निर्धारित समयमा सञ्चालन हुनेछन्। कार्यतालिकाअनुसार, मंसिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दल दर्ता हुनेछ। पहिलो हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुनेछ भने फागुन १८ गतेदेखि प्रचारप्रसार निषेध अवधि लागू हुनेछ। त्यस्तै, निर्वाचनको दिन फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ र मतपेटिका संकलनपछि मतगणना सुरू गरिनेछ। समानुपातिक निर्वाचन…
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले भिजिट भिसासम्बन्धी नयाँ नियम लागू गरेको छ। नयाँ प्रावधानअनुसार अब परिवार वा साथीलाई स्पोन्सर गर्न चाहने व्यक्तिले निश्चित मासिक तलबमान पूरा गरेको हुनुपर्नेछ। युएईको संघीय प्राधिकरण (आईसीपी) ले भिसा स्पोन्सर गर्ने प्रावधानलाई चार तहमा विभाजन गरेको छ। पहिलो तह – बुबा, आमा, श्रीमान्/श्रीमती र छोराछोरीलाई भिजिट भिसामा ल्याउन चाहने प्रायोजकको मासिक तलब कम्तीमा ४ हजार दिराम हुनुपर्नेछ। दोस्रो तह – दाजुभाइ, दिदीबहिनी, हजुरबा, हजुरआमा तथा नाति–नातिनीलाई ल्याउन प्रायोजकको मासिक तलब ८ हजार दिराम आवश्यक हुनेछ। तेस्रो तह – काका–काकी, मामा, फुपू तथा कजिनलाई भिजिट भिसामा ल्याउन पनि ८ हजार दिराम तलब चाहिनेछ। साथी…
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट प्राप्त पछिल्लो विवरणअनुसार जेन–जी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको जनाएको छ। मन्त्रालयका अनुसार सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा तीन जना, त्रिवि शिक्षण अस्पतालमा पाँच जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना, नेपाल प्रहरी अस्पतालमा एक जना र कीर्तिपुर अस्पतालमा एक जना उपचाररत छन्। त्यसैगरी बी एन्ड बी अस्पतालमा तीन जना, विराट मेडिकल शिक्षण अस्पतालमा एक जना, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एक जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना गरी कुल ३० जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ।…
काठमाडौं । वर्षा र पहिरोका कारण देशभरका विभिन्न राजमार्गहरू पूर्णरुपमा अवरुद्ध रहेका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको सोमबार बिहानसम्मको विवरणअनुसार कोशी, बागमती लगायतका प्रदेशका विभिन्न सडकखण्डमा आवागमन अवरुद्ध भएको हो। संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोला र मकालु गाउँपालिका–३ एकुवा तथा मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को बीचमा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। त्यसैगरी ओखलढुंगाको भँडारे खोला र उदयपुरको कटारी नगरपालिका क्षेत्रमा समेत सिद्धिचरण लोकमार्ग आवागमन अवरुद्ध भएको छ। धनकुटाको पाख्रीबास दिकुरे र साँगुरीगढीस्थित चनौटे तथा ससिमसुवा क्षेत्रमा मध्यपहाडी लोकमार्ग कोशी राजमार्ग पनि वर्षाका कारण बन्द छ। यसैगरी ईलाम नगरपालिकाकामा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। रसुवामा गोसाइकुण्ड…
काठमाडौं । गृह मन्त्रालयले विपदको जोखिम नरहेका तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूमा सार्वजनिक सेवा सुचारु गर्न गराउन निर्देशन दिएको छ । देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै मन्त्रालयले उक्त निर्देशन दिएको हो । सोसँगै जोखिम नरहेका जिल्लामा बैंक र बीमा कम्पनीहरु पनि खुल्ने भएको छ । सरकारले यसअघि विपद्को सम्भावित जोखिम कारण आज र भोलि दुई दिन सार्वजनिक बिदा दिएको थियो । तर, बाढीपहिरोका कारण राजमार्गहरू अवरुद्ध हुँदा दशैँ मनाउन घर गएकाहरू कार्यस्थलमा फर्किन अझै समय लाग्ने देखिएको छ ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
