Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिका वडा नं १० स्थित लोकतान्त्रिक चोकमा पूर्ण क्षमतासहित ‘शुभम् अन्तर्राष्ट्रिय…
एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसी आक्रमणमा किभमा बच्चासहित आठ जनाको मृत्यु भएको बताएका…
काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोली साउथ अस्ट्रेलियासँगको दोस्रो अभ्यास टी–२० खेलमा ३ रनले पराजित…
काठमाडौं । नेपाल सरकार, लगानी बोर्ड तथा दक्षिण कोरियाली कम्पनी जि – फिलोस कम्पनी लिमिटेडका…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- तारकेश्वरमा पूर्ण क्षमतासहित ‘शुभम इन्टरनेशनल अस्पताल’ सञ्चालनः पूर्वराष्ट्रपति डा.यादवद्वारा उद्घाटन
- किभमा रूसी आक्रमण: बच्चासहित ८ जनाको मृत्यु, ३८ घाइते
- नेपाल दोस्रो अभ्यास टी–२० खेलमा पनि साउथ अस्ट्रेलियासँग पराजित
- नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापना गरिने
- युवाको उमेर दायरा १८–३५ वर्ष कायम, ‘राष्ट्रिय युवा नीति–२०८२’ स्वीकृत
- डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु
- लिपुलेक मुद्दामा राष्ट्रिय सहमतिसहित सी र मोदीजीसँग प्रष्ट कुरा राख्छु : प्रधानमन्त्री
- वर्षासँगै बाढीको खतरा बढ्यो, काठमाडौंसहित ५१ जिल्लामा सतर्कता
- सामाजिक सञ्जाललाई दर्ता हुन सरकारको सात दिने अल्टिमेटम, नआउनेलाई बन्देज लगाइने
- भारतमाथि अमेरिकाको ५० प्रतिशत अमेरिकी कर लागू
Author: हाम्राे हेडलाइन
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित राजवंशी मातृशोकमा परेका छन्। उनकी आमा शुभकुमारी राजवंशीको विराटनगर महानगरपालिका–१४ जतुवास्थित निवासमा निधन भएको छ। जिल्ला क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद बाबु कुरैसीका अनुसार ६० वर्षीया शुभकुमारी लामो समयदेखि दमको समस्याबाट पीडित थिइन् र उपचारका बावजुद दैनिकीमा सक्रिय रहँदै आएकी थिइन्। छिमेकी राजकुमार विश्वासले जानकारी दिनुभयो कि शुभकुमारीको आइतबार नै सिंघिया खोलामा अन्त्येष्टि गरिएको छ। निधनको खबर पाए लगत्तै ललित राजवंशी विराटनगर पुगेर मातृशोकमा सहभागी भएका छन्।
काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्ने एक ब्राह्मण हुन्। उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुलदीप चन्दले जानकारी दिए। घटना काभ्रेको बनेपा नगरपालिका–९ का राम शाहीको अन्त्येष्टि प्रक्रियाकै क्रममा भएको हो। मृतकका आफन्तले ती ब्राह्मणमाथि शवबाट मासु र हड्डी निकालेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका थिए। प्रहरीका अनुसार आफन्तहरूले मासु र हड्डी बेच्ने आरोप लगाए पनि किन्ने व्यक्ति को हुन् र कति रकममा बेचिएको हो भन्नेबारे प्रमाण नभएकाले आरोप…
एजेन्सी । कागजातहरू स्क्यान गर्न प्रयोग गरिने माइक्रोसफ्टको लोकप्रिय एप माइक्रोसफ्ट लेन्स (पीडीएफ स्क्यानर) बन्द हुँदैछ । एन्ड्रोइडसँगै एप्पल प्रयोगकर्ताहरूले पनि अब यो एप प्रयोग गर्न सक्ने छैनन् । कम्पनीले सेप्टेम्बर १५ देखि एप बन्द गर्ने प्रक्रिया सुरु गर्ने भएको छ । डिसेम्बर १५ सम्ममा एप पूर्ण रूपमा बन्द हुनेछ । एप बन्द भएका कारण यो एप प्रयोग गर्नेहरूले फाइलहरू स्क्यान गर्न सक्ने छैनन् । यद्यपि, कम्पनीले प्रयोगकर्ताहरूलाई माइक्रोसफ्ट ३६५ कोपाइलट एपमा स्क्यान सुविधा प्रयोग गर्न सल्लाह दिइरहेको छ । माइक्रोसफ्ट लेन्स सन् २०१४ मा विन्डोज फोनको लागि प्रस्तुत गरिएको थियो । पछि यो एप प्ले स्टोर र एप स्टोरमा…
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थापना गरेको ‘गुनासो व्यवस्थापन केन्द्र’ मन्त्रालयले प्रवाह गर्ने सबै प्रकृतिका सेवा र सोको प्रक्रिया एवं नतिजाका सम्बन्धमा सेवाग्राहीका गुनासाको सुनुवाइ तथा समाधान गर्ने इकाईको रुपमा कार्य सन्चालन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले उक्त गुनासो व्यवस्थापन केन्द्रले सेवाग्राहीलाई तत्काल प्रतिक्रिया दिने र प्रक्रियागत ढिलाइ हटाउनेमा केन्द्रित भएर नयाँ प्रणाली लागू गरिएको बताए । मन्त्री न्यौपानेले गत साउन ८ गते उक्त कार्य सन्चालनको शुभारम्भ गरेकी थिइन् । गुनासो व्यवस्थापन केन्द्रले मन्त्रालयको कार्यक्षेत्र र कार्यसम्पादनसँग सम्बन्धित विषयका गुनासाहरु व्यवस्थापन गर्न गुनासो व्यवस्थापन इकाईको रुपमा कार्य गर्नेछ । गुनासो व्यवस्थापनको…
काठमाडौं । नेवार समुदायको प्रमुख सांस्कृतिक पर्व गाईजात्रा आज (आइतबार) काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमसहित धुमधामका साथ मनाइँदैछ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म मनाइने यो पर्व आज विशेष उत्साहका साथ सुरु भएको हो। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा गाईजस्तो सिँगारिएका बालबालिकालाई नगर परिक्रमा गराउने परम्परा यस पर्वमा पालना गरिन्छ। यसले मृतक आत्माप्रति श्रद्धाञ्जलि अर्पण गर्ने र जीवन–मृत्युको चक्रप्रति चेतना जगाउने उद्देश्य राख्छ। गाईजात्रामा हास्यव्यंग्य प्रस्तुति, सांगीतिक झाँकी, नृत्यलगायतका सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ। यस अवसरमा बाग्मती प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ। बिदाका कारण बाग्मती प्रदेश सरकार मातहतका सार्वजनिक कार्यालय, संघसंस्था तथा शैक्षिक संस्था आज बन्द रहेका…
काठमाडौं । लमजुङ मर्स्याङ्दी गाउँपालिका–६ मा निर्माणधीन ४० दशमलव २७ मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक जना कामदारको आज पहिरोले पुरिएर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराका अनुसार शनिबार दिउँसो अचानक आएको पहिरोले बेँसीसहर नगरपालिका–८ मा अस्थायी रूपमा बस्ने ४४ वर्षीय लगनध्वज गुरुङको मृत्यु भएको हो । दोर्दी गाउँपालिका–५ का २१ वर्षीय विराज गुरुङ, मध्यनेपाल नगरपालिका–७ बस्ने ३५ वर्षीय प्रितम लामा र प्यूठान जिल्ला झिम्रुक गाउँपालिका–६ का २५ वर्षीय विकास विष्ट घाइते भएका छन् । घाइतेहरूको बेसिशहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ ।…
काठमाडौं । आज श्रावण शुक्ल पूर्णिमा, हिन्दु धर्मावलम्बीहरूले जनै पूर्णिमा, रक्षाबन्धन र क्वाँटी खाने पर्वका रूपमा मनाइरहेका छन्। तिथिअनुसार हरेक वर्ष फरक मितिमा मनाइने यो दिनलाई धार्मिक, सांस्कृतिक र स्वास्थ्य–सम्बन्धी महत्त्वका साथ मनाइन्छ। आजको दिन बिहानै चोखोनितो गरी नदी, तलाउ वा कुण्डमा स्नानपछि वैदिक विधिअनुसार ऋषितर्पण, यज्ञोपवीत (जनै) फेर्ने, रक्षा सूत्र बाँध्ने र गायत्री मन्त्र जप्ने परम्परा छ। ब्राह्मण, क्षत्री र वैश्य वर्णका तागाधारीहरूले पुरानो जनै त्यागी नयाँ जनै धारण गर्ने शास्त्रीय विधान रहेको छ। भविष्यपुराणअनुसार रक्षाबन्धनको उत्पत्ति सत्ययुगमा दानवराज बलीलाई बाँधिएको पौराणिक कथासँग जोडिएको छ। आजको दिन गुरु वा पुरोहितबाट रक्षा सूत्र बाँधेर देवता र ऋषिहरूको कृपा प्राप्त गर्ने…
लमजुङ । लमजुङ बेसिशहर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि विकास, प्रशासनिक र योजना सम्बन्धी कार्यहरू व्यवस्थित र समयमै सम्पन्न गर्न स्पष्ट समयसीमा तोकेको छ । नगर कार्यपालिकाको पहिलो बैठकले असोज मसान्तसम्म उपभोक्ता समिति गठन गर्ने, मंसिर १५ भित्र योजनाको सम्झौता गर्ने र बैशाख मसान्तसम्म सबै योजना सम्पन्न गर्ने निर्णय गरेको छ । यसैगरी चालु वर्षको वार्षिक समीक्षा गोष्ठी यही साउन २९ र ३० गते आयोजना गरिनेछ । बैठकले कर्मचारीहरूको कार्यविवरण, कार्यसम्पादन सम्झौता कार्य तथा शाखागत÷क्षेत्रगत कार्ययोजना पनि साउन महिनाभित्र तयार पार्ने निर्णय गरेको छ । ठेक्का बन्दोबस्तीका आयोजना सम्बन्धी सूचना असोज १५ भित्र सार्वजनिक गरिसक्ने योजना छ । खरिद…
काठमाडौं । नेपालले एएफसी यू-२० महिला एसियन कप छनौट अन्तर्गत साउदी अरेबियालाई पराजित गरेको छ । नेपालले साउदी अरेबियालाई १-० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा खेलको ९०औं मिनेटमा सुक्रिया मियाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि नेपालको समुह ए मा ४ अंक भएको छ । यस खेलमा नेपालले खेलको ३७औं मिनेटमा पाएको पेनाल्टीलाई मीना देउवाले गोल गर्न नसकेपछि साउदी अरेबियाविरुद्ध शुरुवाती अग्रता लिने अवसर गुमाएको थियो । यस अघि नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो । त्यस्तै साउदी अरबले आफ्नो पहिलो खेलमा उत्तर कोरियासँग १५-० गोल अन्तरले पराजित भएको थियो ।…
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा प्रक्रिया समयमै र कानूनी नियम अनुसार अघि बढाउन संघीय स्तरका सबै निकायलाई परिपत्र जारी गरेको छ। मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा १८ तथा निजामती सेवा नियमावली, २०५० को नियम ३६ अनुसार, कर्मचारी सरुवा हरेक वर्ष भदौ १ गतेदेखि भदौ मसान्तसम्म सम्पन्न गर्नुपर्ने कानूनी व्यवस्था अनुसार आवश्यक विवरण तोकिएको ढाँचामा पठाउन सबै निकायलाई निर्देशन दिएको हो। सरुवा चाहने कर्मचारीहरूले आफ्नो व्यक्तिगत विवरण राष्ट्रिय किताबखानामा अद्यावधिक गरी २०८२ साउन मसान्तभित्र मन्त्रालयको इमेल ठेगानामा नियमावलीको अनुसूची ९ अनुसार निवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। यसैगरी, सबै मन्त्रालय, आयोग, सचिवालय तथा अन्य…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित