Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिका वडा नं १० स्थित लोकतान्त्रिक चोकमा पूर्ण क्षमतासहित ‘शुभम् अन्तर्राष्ट्रिय…
एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसी आक्रमणमा किभमा बच्चासहित आठ जनाको मृत्यु भएको बताएका…
काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोली साउथ अस्ट्रेलियासँगको दोस्रो अभ्यास टी–२० खेलमा ३ रनले पराजित…
काठमाडौं । नेपाल सरकार, लगानी बोर्ड तथा दक्षिण कोरियाली कम्पनी जि – फिलोस कम्पनी लिमिटेडका…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- तारकेश्वरमा पूर्ण क्षमतासहित ‘शुभम इन्टरनेशनल अस्पताल’ सञ्चालनः पूर्वराष्ट्रपति डा.यादवद्वारा उद्घाटन
- किभमा रूसी आक्रमण: बच्चासहित ८ जनाको मृत्यु, ३८ घाइते
- नेपाल दोस्रो अभ्यास टी–२० खेलमा पनि साउथ अस्ट्रेलियासँग पराजित
- नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापना गरिने
- युवाको उमेर दायरा १८–३५ वर्ष कायम, ‘राष्ट्रिय युवा नीति–२०८२’ स्वीकृत
- डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु
- लिपुलेक मुद्दामा राष्ट्रिय सहमतिसहित सी र मोदीजीसँग प्रष्ट कुरा राख्छु : प्रधानमन्त्री
- वर्षासँगै बाढीको खतरा बढ्यो, काठमाडौंसहित ५१ जिल्लामा सतर्कता
- सामाजिक सञ्जाललाई दर्ता हुन सरकारको सात दिने अल्टिमेटम, नआउनेलाई बन्देज लगाइने
- भारतमाथि अमेरिकाको ५० प्रतिशत अमेरिकी कर लागू
Author: हाम्राे हेडलाइन
काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशमा आएको बाढीपहिरोमा अहिलेसम्म कुनै पनि नेपाली नागरिकको मृत्यु नभएको भारतस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार, उत्तरकाशी जिल्लामा साउन २० गते आएको पहिरोमा हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको छ भने २ जनाको शव फेला परेको छ। मृतक र उद्धार भएकामध्ये कुनै पनि नेपाली नरहेको दूतावासले स्पष्ट पारेको हो। त्यसैगरी, पौडी गढवाल जिल्लाको बागोडामा साउन २१ गते आएको बाढीपहिरोमा पाँच जना नेपाली हराइरहेको जानकारी दूतावासलाई प्राप्त भएको छ। घाइते चार नेपालीमध्ये तीन जना घर फर्किसकेका छन् भने एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ। बाढीपहिरो प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको अवस्था, हराइरहेका नेपालीहरूको खोजी…
काठमाडौं । गायक तथा आर्थिक पत्रकार विक्रम सुनारको नयाँ एकल गीत ‘भनेजस्तो होस्’ सार्वजनिक भएको छ। प्रसंग रोधी नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा सुनारको सुमधुर स्वर सुन्न सकिन्छ। गीतमा शब्द, संगीत र एरेन्ज भुवन विकको रहेको छ भने मिक्सिङ कमल थापाले गरेका छन्। गीतको म्यूजिक भिडियोमा गोविन्द विवश, अजय आर्यन, सुवि मैनाली, भुवन विक र बादल थापाको अभिनय देख्न सकिन्छ। विक्रम सुनार विगत केही वर्षदेखि निरन्तर संगीत साधनामा सक्रिय छन्। यसअघि उनले ‘निगाली झाँपो’, ‘प्रदेशीको पीडा’ जस्ता गीतहरू सार्वजनिक गरिसकेका छन्। सुनार नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका सचिव तथा प्रेस चौतारी नेपालका एसोसिएट प्रदेश कोषाध्यक्ष समेत हुन्। झन्डै…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भूपरिवेष्टित मुलुकको दिगो पूर्वाधार, सम्पर्क सञ्जालको सबलीकरण र अवरोधरहित पारवहन प्रणाली’ विषयमा आयोजित उच्चस्तरीय विषयगत राउण्ड टेबललाई सम्बोधन गरेका छन्। संयुक्त राष्ट्रसंघको आयोजनामा भइरहेको भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनको अन्तिम दिन आज (साउन २२) प्रधानमन्त्री ओलीले उक्त सत्रलाई सम्बोधन गरेका हुन्। सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित मुलुकहरूलाई विश्वव्यापी व्यापार तथा आर्थिक साझेदारीमा जोडिनका लागि दिगो पूर्वाधार निर्माण, क्षेत्रीय सम्पर्क सञ्जालको विस्तार, र पारवहन प्रणालीमा सहजीकरण अपरिहार्य भएको बताए। उनले नेपालजस्तो भूपरिवेष्टित देशका लागि पारवहन सहुलियत, भौतिक पूर्वाधारमा लगानी र पारस्परिक सहयोग आवश्यक रहेको उल्लेख गर्दै, अन्तर्राष्ट्रिय समुदायको सक्रिय भूमिकाको आवश्यकता औंल्याए। सम्मेलनमा विभिन्न भूपरिवेष्टित…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा हुने उपनिर्वाचनको लागि आवेदन दिएका इच्छुक व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । बिहीबार पार्टीको आधिकारिक फेसबुक लाइभ मार्फत रास्वपाले आवेदन दिएका उम्मेखवारहरूको नाम सूची सार्वजनिक गरेको हो । उम्मेदवार बन्नका लागि ९ जनाले आवेदन दिएको छ । आवेदन दिनेमा रूपन्देहीका सुलभ खरेल, भैरहवाका पार्थिवेन्द्र उपाध्याय, सिद्धार्थनगरका डा. लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता (शेखर), कुसुम महर्जन, मधु अर्याल, रचना क्षेत्री र पुनमकुमारी अग्रवाल छन्। रास्वपाले आवेदनको लागि साउन ७ गते सम्मको समयसीमा तोकेको थियो।
काठमाडौं । मुलुकभर परेकोे वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण देशभरका सात मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरोध हुनेमा संखुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइकुण्ड गाउँपालिकास्थित नेपाल-चीन नाका जोड्ने पुल, रसुवाको गोसाइकुण्ड गाउँपालिकास्थित पासाङल्हामु राजमार्ग र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग पूर्णरूपमा अवरोध भएको छ । यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित कालिगण्डकी कोरिडोर, गुल्मीको रुरु गाउँपालिकास्थित रिडी तम्घास सडक र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट डोल्पा भेरी कोरिडोर सडक खण्ड पूर्णरूपमा अवरोध भएको प्रहरीले जनाएको छ । यसैगरी, काठमाडौंको टोखाबाट नुवाकोट जाने सडकखण्ड, तेह्रथुमको मध्यपहाडी राजमार्ग, महोत्तरीको…
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका नौ राजनीतिक दलले निर्वाचन आयोगले प्रस्ताव गरेको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ अस्वीकार गर्ने निर्णय गरेका छन्। बुधबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकमा उनीहरूले कार्यविधि संविधान र कानुन विपरीत भएको भन्दै मान्न नसकिने निर्णय गरेका हुन्। एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले आयोगले तयार पारेको कार्यविधि नयाँ ऐनसरह रहेको बताउँदै ऐन बनाउने अधिकार संसदमा मात्र भएको स्पष्ट पारे। उनका अनुसार बिहीबार दलहरू आयोगमा गएर आफ्नो धारणा राख्ने तयारीमा छन्। बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि कार्यविधि संविधान, ऐन र कानुन विपरीत भएको भन्दै दलहरूबीच साझा धारणा आवश्यक रहेको बताए।…
काठमाडौं । अबदेखि देशभरका सबै संघीय अस्पतालमा सेवा वापतको भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पताल र प्रतिष्ठानहरूलाई अनलाइन तथा क्यूआरमार्फत भुक्तानी प्रणाली लागू गर्न निर्देशन दिएको हो। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अघि सारेको ९ बुँदे सुधार योजनाअन्तर्गत अस्पतालमा हुने भीड व्यवस्थापन र सेवा प्रक्रियालाई प्रभावकारी बनाउन यो निर्णय लिइएको हो। मन्त्री पौडेलले नागरिकले अस्पतालमा सेवा लिन सहज होस् भन्ने उद्देश्यले टिकट र भुक्तानी प्रक्रिया डिजिटल गर्न निर्देशन दिएका थिए। मन्त्रीको सचिवालयका अनुसार, डिजिटल भुक्तानी प्रणाली सुरु गर्ने निर्णय ९ बुँदे सुधार योजनाको एक महत्वपूर्ण अंश हो। अबदेखि बिरामी तथा सेवाग्राहीले अस्पतालको बिल अनलाइन…
एजेन्सी । मंगलबार दिउँसो उत्तराखण्ड राज्यको खीरगंगा नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीमा परेर चार जनाको ज्यान गएको छ भने १० जना सैनिकसहित करिब १०० जना बेपत्ता भएका छन्। दिउँसो करिब १:३० बजेतिर आएको आकस्मिक बाढीले उत्तराखण्डको धराली बजार क्षेत्रमा रहेका घर, होटल, मन्दिर र ती क्षेत्रमा उपस्थित सर्वसाधारण तथा पर्यटकहरू बगाएको हो। हिन्दुस्तान टाइम्सका अनुसार, बेपत्ता हुनेहरूमध्ये १० जना भारतीय सशस्त्र बलका जवान छन्, जो बाढी आउँदा हर्सिल क्षेत्रको तल्लो भागमा रहेको शिविरमा बसेका थिए। बाँकी बेपत्तामध्ये स्थानीय बासिन्दा र पर्यटक पनि रहेको प्रारम्भिक अनुमान गरिएको छ। मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै…
काठमाडौं । नेपाली चलचित्र ‘सुस्केरा’ निर्माण हुने भएको छ। मणिलिङेश्वर फिल्म्स र कर्मविर मल्टिपर्पोज इन्भेस्टमेन्ट प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण हुने यो चलचित्रको प्रस्तुति ममता रायमाझीले गर्नेछिन्। शंकर अधिकारी घायलले लेखन र निर्देशन गर्ने ‘सुस्केरा’ चलचित्रको निर्माण नबराज अधिकारी र डा. ओमकृष्ण प्रसाईंले गर्नेछन्। चलचित्रमा सडकमा बाँच्न संघर्ष गरिरहेकामा पनि अरुको लागि केही गर्न चाहने एक बालकको कथा समेटिएको छ। चलचित्रमा दिनेश कोइराला, नेहा देव, मौसमी कार्की, डा. ओमकृष्ण प्रसाईं, नबराज अधिकारी र बाल कलाकार शुभम अधिकारी, हार्दिक पौडेल र नायरा प्रसाईंको अभिनय रहनेछ। छायांकन रविन्द्र बरालले गर्नेछन् भने राजन महर्जनको कोरियोग्राफी, मदन न्यौपानेको मेकअप, र राजेश कुमारको सम्पादन रहनेछ। काठमाडौँका…
काठमाडौं । गायिका निर्मला घिसिङको स्वरमा रहेको मार्मिक गीत ‘आँसु झार्दिन म’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतमा भगवती प्रधानको शब्द रचना, रमण थामीको संगीत तथा एरेन्ज रहेको छ। जनयुद्धको परिवेशमा आधारित कथालाई केन्द्रमा राखेर निर्माण गरिएको भिडियोको निर्देशन मिराज विक्रम सिंहले गरेका हुन्। मर्मस्पर्शी दृश्यहरूसहितको भिडियोमा मिराज विक्रम सिंह, मान्सी शर्मा, टिका बास्तोला (रेखा), गणेश जी.सी. लगायत कलाकारहरूको अभिनय रहेको छ। भिडियोको छायांकन रन्धिर श्रेष्ठले गरेका हुन् भने सम्पादन अमित बिकले गरेका हुन्। गीतको म्युजिक भिडियो रमण थामीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित