Author: हाम्राे हेडलाइन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बीमा कोषमार्फत थप एक लाख उपलब्ध गराउने गरी निर्णय गरेका छन् । स्वास्थ्य बीमा कोषलाई थप प्रभावकारी बनाउन नीतिगत सुधार र व्यवस्थाका लागि सक्रियता देखाएका मन्त्री पौडेलले नागरिकले थप सेवा पाउने गरी व्यवस्था गर्न लागेका हुन् । मन्त्रीको निर्णय अनुसार अब क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाईनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमरका बिरामीले थप एक लाख रुपैयाँ उपचार सुविधा प्राप्त गर्नेछन् । स्वास्थ्य बीमा नियमावलीमा भएको व्यवस्था लागु गराउनका लागि मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।यस आधारमा मन्त्रालयले स्वास्थ्य बीमा बोर्डलाई सत्तरी…

Read More

काठमाडौं । पशुपति क्षेत्रविकास कोषका सदस्यसचिव डा.मिलनकुमार थापा, तत्कालीन सदस्यसचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री र तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। पशुपतिको विद्युतीय शवदाह गृहको उपकरण खरिदमा मिलेमतोमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई कम्पनी र १४ जनाविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। अख्तियारले सदस्यसचिव थापा, तत्कालीन सदस्यसचिव खत्री र तत्कालीन कार्यकारी निर्देशक खतिवडासहित हालका उपनिर्देशक रेवतीरमण अधिकारी, तत्कालीन निमित्त उपनिर्देशक सीताराम रिसेलविरुद्ध मुद्दा दायर गरेको छ। यस्तै, सिभिल इन्जिनियरहरु पशुपति ठाकुर, डेबिड उप्रेती र रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, इन्जिनियर अध्ययन संस्थान पुल्चोक क्याम्पस…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेका छन् । कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलागयत मुद्धा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा ३१ औँ दिनमा यही असार ३ गते काठमाडौँ आइपुगेका थिए । सोही दिन प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका बोहराले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आज भेट पाएका हुन् । बोहराले प्रधानमन्त्री ओलीलाई आफूले अभियान र यात्राका क्रममा देखेका अनुभव, उपचार नपाएका बालबालिका आदिका समस्या र समस्या समाधानका लागि गरिएका पहलबारे अवगत गराए । प्रधानमन्त्री ओलीले पवित्र भावका साथ अभियान सञ्चालन गर्न…

Read More

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी जनमतकी समानुपातिक सांसद हुन् । उनीविरुद्ध पर्सा जिल्ला अदालतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार देखिएको भन्दै जेठ १६ गते प्रहरीको आग्रहअनुसार पक्राउ पुर्जी जारी भएको थियो । अदालतको आदेशअनुसार सुमनको घरठेगानामा गई खानतलासी गरी पक्राउ गरी बुझाइदिन भन्दै पर्सा प्रहरीले असार ३ गते बर्दिया प्रहरीलाई पत्राचार गरेको छ । यद्यपि पत्र आइनपुगेको बर्दिया प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च गिरावट आएको छ । उच्च कारोबार रकमका बाबजुद बजारमा बिक्री चाप हाबी हुँदा नेप्से परिसूचक ३२.१६ अङ्कले घटेर २५९६.७४ विन्दुमा बन्द भएको हो। करिब ३ महिनापछि बजार फेरि २६ सयबाट तल झरेको हो । यसअघि मार्च २५ मा बजार सो विन्दुबाट उकालो लागेको थियो । परिसूचकसँगै आज कारोबार समेत घटेको छ । अघिल्लो दिन १० अर्ब बढीको कारोबार भएको नेप्सेमा कुल ९ अर्ब १४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । आज दिनभरमा ८७ हजार ३०२ वटा कारोबारमार्फत२ करोड १५ लाख ४७ हजार ५५ कित्ता सेयर खरिदबिक्री…

Read More

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले ४०० शय्या (बेड)को अस्पताल निर्माण, शैक्षिक, अनुसन्धनात्मक र व्यवस्थापकीय कामका लागि नीति, योजना, बजेट तथा कार्यक्रम पारित गरेको हो । बैठकले प्रतिष्ठानको ‘शिक्षक तथा कर्मचारीको सेवाका सर्त र सुविधासम्बन्धी नियमावली, २०७८’ का केही प्रावधानमा संशोधनका साथै प्रतिष्ठानको लोगो परिवर्तनलगायत निर्णय गरेको छ । बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल स्वास्थ्य विज्ञानको आदि भूमि भएकाले प्रतिष्ठानलाई पूर्वाधार र जनशक्ति सबै हिसाबले सुविधासम्पन्न बनाउँदै गुणस्तरीय…

Read More

एजेन्सी । इरानका विदेशमन्त्री अब्बास अराक्चीले देशको सार्वभौमिकता, राष्ट्रिय हित तथा जनताको सुरक्षा गर्न सबै विकल्प उपलब्ध रहेको बताएका छन् । अमेरिकाले देशका तीनवटा आणविक केन्द्रमा आक्रमण गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । विदेशमन्त्री अराक्चीले अमेरिकाले संयुक्त राष्ट्रसंघको चार्टर उल्लंघन गरेको आरोप लगाएका छन् । उनले भने, ‘संयुक्त राष्ट्र सुरक्षा परिषदको स्थायी सदस्य अमेरिकाले इरानका शान्तिपूर्ण परमाणु स्थापनाहरूमा आक्रमण गरेर संयुक्त राष्ट्रसंघको चार्टर, अन्तर्राष्ट्रिय कानुन र परमाणु अप्रसार सन्धि एनपीटीको गम्भीर उल्लंघन गरेको छ ।’ विदेशमन्त्री अराक्चीले आज बिहान भएका घटनाहरू क्रूर भएको र यसको असर दीर्घकालीन हुने बताए । संयुक्त राष्ट्रसंघका सबै सदस्यहरूले अत्यन्तै खतरनाक, अराजक र आपराधिक…

Read More

काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ६ विकेटको सहज जित हात पारेको छ । मलेसियामा आइतबार भएको खेलमा नेपालले ३३.३ ओभरमा १३९ रनको लक्ष्य चार विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि प्रसिद्ध जैसीले नटआउट ५५ रन बनाए । यसअघि कप्तान विपिन शर्माले घातक बलिङ गरेपछि टस जितेर पहिला ब्याटिङमा उत्रेको सिंगापुर ३६.१ ओभरमा १३८ रन बनाउँदा अलआउट भएको थियो । विपिनले सिंगापुरलाई सस्तैमा समेट्न चार विकेट लिएका थिए । उनले १० ओभरमा एक मेडनसहित ३४ रन मात्र दिए । यस्तै सचिन भट्टले तीन विकेट लिए भने अभय यादव र शुभम खनालले…

Read More

काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले ‘नेपाललाई लिजमा अर्को देशलाई दिऊँ’ भनेर अभिव्यक्ति दिएपछि प्रतिनिधि सभा बैठकमा लफडा भएको छ । सांसद सिंहले आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाए । त्यसपछि सत्तापक्षका अन्य सांसद समेत उठेर विरोध गरेका हुन् । सभामुख देवराज घिमिरेले सिंहले बोलेको कुरा राष्ट्रहित विपरित रहेको भन्दै उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । त्यसपछि सिंहले सभामुख एमालेको मात्रै भएको भन्दै आक्रोश व्यक्त गरेका थिए । उनले एमालेलाई लक्षित गर्दै देशप्रति गद्दार भन्दै आक्रोश व्यक्त गरेका थिए । त्यसपछि सत्तापक्षका सांसद नै नाराबाजीमा उत्रेका थिए । त्यसै सन्दर्भमा…

Read More

काठमाडौं । नेपाल पत्रकार महासंघको हालै पोखरामा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १२ बुँदे घोषणापत्र जारी गर्दै पत्रकारको भौतिक सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेको छ। आर्थिक संकटको बहानामा श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिने सञ्चारगृहलाई यही असार मसान्तभित्र सम्पूर्ण बक्यौता भुक्तानी गर्न आग्रह गर्दै महासंघले अन्यथा कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ। २०८२ असार ५ र ६ गते पर्यटकीय नगरी पोखरामा सम्पन्न महासंघको केन्द्रीय कार्यसमितिको तेस्रो बैठकले १२ बुँदे ‘पोखरा घोषणा पत्र–२०८२’ जारी गर्दै उक्त चेतावनी दिएको हो। घोषणा पत्रमा संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्दै निर्भयपूर्वक पत्रकारिता गर्ने वातावरण बनाउन महासंघ प्रतिबद्ध रहेको उल्लेख छ।…

Read More