Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको…
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकामा निर्माणाधीन स्काई वाकको सफल परीक्षण गरिएको छ । यो स्काई…
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ देखि सार्वजनिक निकायमार्फत हुने सम्पूर्ण सरकारी भुक्तानी अनिवार्य रूपमा…
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- देशभर मनसुनी प्रणालीको प्रभाव, ३७ जिल्ला बाढीको मध्यम जोखिममा
- तनहुँ आँबुखैरेनीमा निर्माणाधीन स्काई वाकको सफल परीक्षण
- सरकारी भुक्तानी अब अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत
- काठमाडौं महानगरले २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक
- अभिनेत्री वर्षा शिवाकोटी ‘जहाजैमा’ मा अनुबन्धित
- मौद्रिक नीतिपछि शेयर बजारमा उत्साह : नेप्से २९ अंकले उकालो, बैंक र लघुवित्त अगाडि
- प्रदेश सचिवमा संघीय कर्मचारी पठाउने प्रावधानको विरोध, बागमतीका २० कर्मचारीद्वारा संशोधन माग
- ओलीको चेतावनी: ‘स्पेन भ्रमणबारे झूटो प्रचार नछाहियोस्’
- राप्रपाका सुवेदी निर्वाचन आयोग पुगे, अध्यक्ष लिङ्देनमाथि स्वेच्छाचारिताको आरोप
- नेपालमा अब क्यान्सर उपचारको लागि दुर्लभ औषधि निःशुल्क, ५ वर्षसम्म निरन्तर सहयोग
Author: हाम्राे हेडलाइन
काठमाडौं । उच्च अदालतले पत्रकार दिनभूषण पाठकलाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । यो सँगै प्रहरीले अब पत्रकार दिलभूषण पाठकलाई साइबर अपराध मुद्दामा पक्राउ गर्न नपाउने भएको छ। यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको उच्च अदालतले बिहीबार दुवै पक्षको सुनुवाइपछि सो आदेशलाई निरन्तरता दिएको हो । उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले बिहीबार यो आदेशलाई निरन्तरता दिएको हो । सञ्चार माध्यम वा पत्रकारले सम्प्रेषण गरेका सामग्रीबाट मर्का पर्ने व्यक्तिले प्रेस काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था भएकाले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान गर्नु नपर्ने पनि उच्च अदालतको आदेशमा उल्लेख छ।
काठमाडौं । गृह मन्त्रालयले तीन जना सहसचिवको सरुवा गरेको छ । यसअघि कास्कीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भएर गृह मन्त्रालयमा आएका भरतमणि पाण्डे भक्तपुरको सीडीओमा पदस्थापन भएका छन् । भक्तपुरका सीडीओ रहेका गोपालप्रसाद अर्याललाई अर्घाखाँची सरुवा गरिएको छ । अर्घाखाँचीका सीडीओ वेदप्रसाद खरेललाई भने गृह मन्त्रालय तानिएको छ ।
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको करोडौँ रकम ठगी गरी फरार रहेका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ । प्रहरी प्रधान कार्यालयबाट खटिइएको प्रहरीले टोलीले ४२ वर्षीय भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी बुधबार राति नेपाल ल्याएको थियो । सो सहकारीको एक सय ४४ जना बचतकर्ता र सञ्चालकसमेतको गरी रु १४ करोडबढी रकम ठगी गरेको मुद्दामा फरार तत्कालीन महाप्रबन्धक ज्योति गुरुङमार्फत उनले उक्त रकम लिएर विदेशमा लुकिछिपी बस्दै आएको अनुसन्धानबाट खुलेको छ । उनलाई पक्राउ गर्न प्रहरीले गत कात्तिक १३ गते ‘रेड नोटिस’ जारी गरेको थियो । मितेरी सहकारीका महाप्रबन्धक गुरुङले…
काठमाडौं । नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन्। चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ। त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थल रहेको तथ्य खुलाइएको छ। विं.सं. २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पुर्याइएको थियो। त्यहाँबाट संकलन गरिएका नमुनाको परीक्षणमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको छ। यो जम्मा चार वटा सम्भावित कुवामध्ये पहिलो कुइँकानको मात्रै प्रारम्भिक नतिजा हो। बाँकी तीन कुइँकानको प्रारम्भिक अनुमानअनुसार जलजले क्षेत्रमै कूल चार सय ३०…
काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि संसदमा विरोध जनाएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाका सांसदहरुले विरोध जनाएका हुन् । यसअघि नाराबाजी गर्ने गरे पनि आज भने मौन रुपमा ‘वेल’ मा बसेर विरोध जनाएका हुन् । त्यसो त आजै आकस्मिक समयमा रास्वपाको तर्फबाट सांसद हरि ढकालले आफ्नो धारणा राख्दै आफूहरुको माग पूरा नभएसम्म निरन्तर आन्दोलन जारी रहने बताए ।
काठमाडौं । गण्डकी प्रदेशका सांसद दीपक मनाङे पदमुक्त भएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजालसले उम्मेद्वार हुन समेत अयोग्य भएका उनी विवरण झुक्याएर सांसद भएको ठहर गरेको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडाल रहेको संवैधानिक इजलासले मनाङेको सांसद पद बदर भएको निर्णय गरेको हो। उनलाई सुरुको दिनदेखि नै लागू हुनेगरी पदमुक्त गर्न माग भएकोमा सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला भएको मिति (आज) बाट लागू हुनेगरी पदमुक्त हुने निर्णय सुनाएको हो । अधिवक्ता वीरेन्द्रराज कार्कीले २०७९ पुस १३ गते मनाङेको योग्यतामा प्रश्न उठाउँदै प्रदेश सभा सदस्यको उम्मेदवार बन्न नपाउने जिकिर गरी…
काठमाडौं । लमजुङ प्रहरीले राईनास नगरपालिकास्थित एक आश्रमको दान पेटिका फुटाएर रकम चोरी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। चोरी भएको २४ घण्टा नबित्दै प्रहरीले उनलाई चोरीको रकमसहित पक्राउ गर्न सफल भएको हो। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार पक्राउ पर्नेमा दोर्दी गाउँपालिका-३, श्रीमञ्ज्याङका २३ वर्षीय सोम बहादुर परियार रहेका छन्। उनलाई बुधबार सुन्दरबजार नगरपालिका-८ बाट चोरीको रकमसहित पक्राउ गरिएको हो। मंगलबार बिहान राईनास नगरपालिका-८ स्थित सर्वोदय सेवा आश्रममा राखिएका दुईवटा दान पेटिकाको ताला फोडेर त्यहाँ रहेको नगद चोरी भएको थियो। आश्रमले उजुरी गरेपछि प्रहरीले तत्काल अनुसन्धान सुरु गरेको थियो। पक्राउ परेका परियारलाई जिल्ला प्रहरी कार्यालयले बिहीबार लमजुङ जिल्ला अदालतमा…
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । बिहीबार उच्चका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा आदेश गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बन कारबाही कार्यान्वयन नगर्न भनेको हो । प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई गत जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेका थिए । उक्त निलम्बनविरुद्ध पाण्डेले मङ्गलबार उच्चमा उत्प्रेषणको रिट दायर गरेका थिए । ’महानगर प्रहरीको परिचालन, रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकार विपक्षी प्रमुख प्रशासकीय अधिकृतलाई रहेको र सो बमोजिमको आदेश र निर्देशन पालना गर्नु प्रत्येक महानगर प्रहरीको कर्तव्य…
असारे बदली छरिए जताततै,हरियो जूनिको आभा धरातलमाथि।हातमा हल, काँधमा गोरु,जिउँदो संस्कार हाम्रो गौरव यही। छ्यापछ्याप्त घाम र छिटो झरी,दलदली खेतको रमाइलो लरी।गोठको गोरु आज खेतमा राजा,हलको टिपोटमा बग्छ जीवनको साजा। माटोको गन्ध, पसिनाको मेल,सपनाको बीउ रोप्दै गरिन्छ खेल।हस्तकलाका हात, मेहनती स्वर,असारमा झल्किन्छ किसानको दरबार। सुनौलो भोलिको सपनाको खेती,गोरु र हलले कोर्छ सुनौलो रेखी।श्रम र धरतीको यो पवित्र मेला,असार महिनामा रमाइला बेला।
काठमाडौं । आदिवासी जनजाति आयोगले काठमाडौं–तराई – मधेश फास्ट ट्र्याकको सुरु विन्दु खोकनाबाट डुकुछाप सार्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ । बुधबार सिंहदरबारमा आयोग अध्यक्ष रामबहादुर थापामगरले प्रतिवेदन बुझाउँदै खोकनाबाट विस्थापनको जोखिम र मानव अधिकार उल्लङ्घन हुने जनाएका छन् । खोकना क्षेत्रको धार्मिकसांस्कृतिक सम्पदाको संरक्षण र बागमती सफाइ योजनामा असर नपरोस् भन्ने हेतुले नयाँ प्रस्ताव गरिएको आयोगले जनाएको छ । आयोजना सञ्चालनअघि स्थानीय समुदायसँग पूर्व–सूचित सहमति लिनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित