Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । सरकारले साउदी अरेबियासँग श्रम सम्झौता गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद्को भदौ १३…
काठमाडौं । चितवनमा सोमबार बिहान बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। नारायणगढबाट…
काठमाडौं । संघीय निजामती सेवामा नायब सुब्बा (नासु) पदमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने…
एजेन्सी । अफगानिस्तानमा आइतबार राति गएको शक्तिशाली भूकम्पमा परि ६ सय जना बढीको मृत्यु भएको…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- नेपाल र साउदी अरेबियाबिच श्रम सम्झौता गर्ने निर्णय
- लमजुङ चितिको बसमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
- नासु पदपूर्तिमा अब १० प्रतिशत खुला प्रतिस्पर्धा हुने
- अफगानिस्तानमा शक्तिशाली भूकम्पः ६ सय बढीको मृत्यु
- थापा विवादमा तानिएपछि रास्वपाको अन्तर्क्रिया स्थगित
- रुपन्देही–३ मा लेखजंग थापालाई उम्मेदवार बनाउने रास्वपाको घोषणा
- चीनमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेट
- अब मलको हाहाकार नहुने, १० दिनभित्र सहजै पाइने
- प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेट
- दसैँमा ‘नयाँ नोट’ साट्न नपाइने, सुकिला बाँडिने
Author: हाम्राे हेडलाइन
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन्। मुख्यमन्त्री बहादुर सिंह लामाले दलको नेताको हैसियत गुमाएपछि आज भएको निर्वाचनमा बानियाँ २२ मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी लामा १४ मतमै रोकिए। निर्वाचनमा खसेका ३७ मतमध्ये एक मत बदर भएको थियो। बागमती प्रदेशसभामा नेपाली कांग्रेसका कुल ३७ सांसद छन्।
काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजारमा तीव्र गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४७.९३ अंकले घटेर २,९५४.१४ विन्दुमा झरेको छ। आजको बजारमा अधिकांश सूचक राताम्य भएका छन्। विशेषगरी विकास बैंक र माइक्रोफाइनान्स समूहका शेयरहरू ३ प्रतिशतभन्दा बढीले घटेका छन्। ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य आज ८ प्रतिशतभन्दा धेरैले घट्दा लगानीकर्ताले ठुलो घाटा व्यहोरेका छन्। बजार समग्र रूपमा ओरालो लाग्दा पनि केही कम्पनीका शेयरमा भने उल्लेख्य वृद्धि देखिएको छ। सान्भी इनर्जी र ट्रेड टावर कम्पनीको शेयर १० प्रतिशतले वृद्धि भएर आजको शीर्ष गेनर बनेका छन्। नेप्सेमा आज ३२७ कम्पनीका ३ करोड ६४ लाख कित्ता शेयर किनबेच…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको बताएका छन्। सरकारले भ्रष्टाचारविरुद्ध कारबाही अघि बढाउँदा उल्टै सरकारलाई नै भ्रष्टाचारी देख्ने प्रवृत्ति मैलाएको भन्दै उनले आक्रामक शैलीमा प्रतिवाद गरे। बुधबार राष्ट्रियसभामा सम्बोधन गर्ने क्रममा उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले लिएको अडानलाई गलत रूपमा व्याख्या गरिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे। उनले भने, ‘एक-दुई भ्रष्टाचारीलाई कारबाही गर्दिएपछि मानिसहरू भन्छन्- देख्यौ त, भ्रष्टाचार भएको रहेछ नि ! छर्लङ्गै देखियो।’ कारबाही गर्दा भ्रष्टाचार बाहिर आउने र नगर्दा लुकेर बस्ने तर्क प्रस्तुत गर्दै उनले व्यङ्ग्यात्मक शैलीमा प्रश्न गरे, ‘कारबाही नगरिदिए राम्रो ? त्यसो गर्दा त भ्रष्टाचार देखिँदैन नि !…
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पदबाट हटाएको छ । अध्यक्षले विधानविपरीत कार्यवाहक अध्यक्ष तोकेको भन्दै पार्टीले उनलाई हटाउने निर्णय गरेको हो । उक्त निर्णयको जानकारी नाउपाले निर्वाचन आयोगलाई गराएको छ । पार्टीको अनुशासन समितिका संयोजक रामलाल डगौराको नेतृत्वमा श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिइएको थियो । तर तोकिएको समयभित्र उनले कुनै प्रतिक्रिया नदिएपछि पार्टीले उनलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेको हो । अनुशासन समितिको कारबाहीलाई पार्टीको मध्यबानेश्वरमा जारी राष्ट्रिय भेलाले अनुमोदन गर्ने बताइएको छ । अनुशासन समितिमा सुनिता चौधरी र पुण्य बुढा पनि सदस्य रहेका छन् । श्रेष्ठले पोखराको चर्चित लिचीबारी घुसकाण्डमा मुछिएपछि…
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने संकेतप्रति गहिरो असहमति जनाएका छन्। बुधबार जिफन्टको १२ औं प्रतिनिधि परिषद् बैठकमा बोल्दै उनले “दुई कार्यकाल राष्ट्रको सर्वोच्च पदमा रहेकी व्यक्तिले फेरि राजनीतिमा फर्किन्छिन् भन्ने कल्पना गर्न पनि नसकिने” धारणा व्यक्त गरे। महासचिव पोखरेलले आफूले विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको उम्मेदवारी दिने बेलामै उपयुक्तता नहुने विचार राखेको स्मरण गराउँदै भने, “उमेर र क्रियाशीलताको हिसाबले म उहाँ राष्ट्रपति बन्न उपयुक्त हुनुहुन्न भन्ने विचारमा थिएँ। उहाँकै निवासमा गएर पनि इच्छा नगर्दा राम्रो हुने सुझाव दिएँ। तर पार्टीको निर्णयपछि हामी सबैले उहाँलाई सर्वसम्मत रुपमा राष्ट्रपतिको उम्मेदवार बनायौं।” पोखरेलका अनुसार एमालेको नवौं…
एजेन्सी । अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई युट्युबसहित सबै सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजी र सञ्चारमन्त्री एनिका वेल्सले राजधानी क्यानबेरामा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत यो निर्णय सार्वजनिक गरेका हुन्। सरकारले घोषणा गरेको नयाँ नियम आगामी डिसेम्बर १० तारिखदेखि लागू हुनेछ। यसअन्तर्गत युट्युब, टिकटक, फेसबुक, स्न्यापच्याट, एक्स (पूर्व ट्विटर) लगायत सबै सामाजिक सञ्जालमा १६ वर्षमुनिका बालबालिकालाई खाता खोल्न र सामग्री अपलोड गर्न रोक लगाइनेछ। यद्यपि, युट्युबमा बालमैत्री सामग्री हेर्न भने पाइनेछ। सामाजिक सञ्जालले बालबालिकालाई सामाजिक, मानसिक र भावनात्मक रूपमा असर गरिरहेको जनाउँदै प्रधानमन्त्री अल्बानिजीले भने, “हामी अभिभावकहरूको साथमा छौँ, र आफ्ना बालबालिकाको सुरक्षाका…
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन्। सरकारको विश्वास गुमाइसकेका मुख्यमन्त्री लामाले आफ्ना पक्षका तीनालाई मन्त्री नियुक्त गरेका हुन । गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङ मन्त्री नियुक्त भएका छन्। लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । श्रेष्ठ र गुरूङको भने जिम्मेवारी दिएका छैनन। बागमतीमा कांग्रेसका चार मन्त्रीहरूस आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, पर्यटन मन्त्री विमल ठकुरी र सहकारी मन्त्री मधुकुमार श्रेष्ठले साउन ९ गते राजीनामा दिएका थिए। राजीनामा दिएका चार मन्त्रीसहित २१ सांसदले संसदीय दल नेताबाट लामालाई हटाउन हस्ताक्षर गरेका थिए। मन्त्रीहरूले…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीमा रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको थप सिँचाइ सुविधा, जलविद्युत र प्रसारण लाइनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले १४ हजार ३०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार तथा ४ दशमलव ७१ मेगावाट क्षमताको जलविद्युत परियोजना र प्रसारण लाइन उद्घाटन गरेका हुन् । कैलालीको जानकी गाउँपालिका–९ कटासेमा निर्माण गरिएको सिँचाइ नहरमा विद्युत उत्पादन सुरु गरिएको छ, जुन ३३ केभी क्षमताको प्रसारण लाइनमा जोडिएको छ । सिँचाइ, जलविद्युत र प्रसारणको एकीकृत प्रयोगमार्फत राष्ट्रिय गौरवको आयोजना मानिएको रानी जमरा कुलरिया सिँचाइ आयोजना अब तेस्रो चरणमा प्रवेश गरेको हो । पहिलो र दोस्रो चरणमा टीकापुर, लम्कीचुहा र…
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर साधारणतया बदली र आकाशभरि बादल रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाड भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भेगका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राति लुम्बिनी प्रदेशलगायत देशको पहाडमा साधारणतया बदली रही बाँकी तराईमा आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेशलगायत देशका पहाड क्षेत्रका थोरै स्थान तथा तराईका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
काठमाडौं । सिन्धुली जिल्लाको गोलाञ्जोर गाउँपालिका–६ बागेश्वरस्थित एकै घरका १६ जना सदस्य आइतबारदेखि सम्पर्कविहीन भएका छन्। स्थानीय वडाध्यक्ष रबिन श्रेष्ठका अनुसार, हराएका परिवारले घरमा रहेका वस्तुभाउ (पशुचौपाया) यत्तिकै छाडेर अचानक घर छोडेका हुन्। “घरमा कुखुरा, बाख्रा, गाईभैंसी सबै खुल्ला अवस्थामा छन्, तर मानिसहरू कतै देखिएका छैनन्,” वडाध्यक्ष श्रेष्ठले बताएका छन्। स्थानीयवासीहरूले आइतबारदेखि नै परिवार सम्पर्कविहीन भएको जानकारी दिएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले घटनाबारे बुझ्ने र खोजतलास गर्ने काम सुरु गरेको जनाएको छ। प्रहरीले हालसम्म हराएको कारण स्पष्ट नभएको बताउँदै स्थानीय जनप्रतिनिधि तथा गाउँलेहरूसँग समन्वय गरी परिवारको अवस्थाबारे जानकारी संकलन गरिरहेको छ। एकै घरका यति धेरै सदस्य अचानक हराएको घटनाले स्थानीय…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित