Author: हाम्राे हेडलाइन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार नौ दिनसम्म बढेर सोमबार घटेको छ। सोमबार १३.६२ अंकले घटेर २८७६.६६ मा कायम भएको छ। आइतबार नेप्से परिसूचक ७५.२४ अंकले बढेर दुई हजार आठ सय ९० को विन्दुमा कायम भएको थियो। १८७ वटा कम्पनीको मूल्य घटेको छ। यसैगरी ५१ वटा कम्पनीको मूल्य घटेको छ भने ६ वटा कम्पनीको सेयर मूल्यमा कुनै घटबढ भएको छैन। सोमबार १४ अर्ब २८ करोड रुपैयाँको सेयर कारोबार भएको छ। यो पछिल्लो ६ महिनायताको सबैभन्दा उच्च कारोबार हो। यसअघि भदौ ११ गते १८ अर्ब ४६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। बजार विश्लेषकहरूले नेप्से सूचकांक घट्नुलाई नौ दिनको…

Read More

काठमाडौं । गोरखामा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। घटनामा १४ जना घाइते भएका छन्। मनकामना मन्दिरको दर्शन गरेर फर्कदै गरेको ‘अनटेष्ट’ लेखिएको विद्युतीय माइक्रोबस सहिद लखन गाउँपालिका ३ स्थित कान्टारमा बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए। दुर्घटना परेर मृत्यु हुनेमा चितवन जिल्ला खैरहनी गाउँपालिका २ टाँडीपर्सा घर भएका ३७ वर्षीय पदमबहादुर दर्जी रहेको उनको भनाइ थियो। दुर्घटनामा घाइते दर्जीको आँबुखैरेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी सुवेदीले बताए। बिहान करिब ११ः२५ बजे कच्ची सडकबाट माइक्रो करिब १५ मिटर तल खोँचमा थियो। दुर्घटनामा १४ जना घाइते भएका छन्। घाइते हुने…

Read More

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । घरमै हृदयघात भएपछि आइतबार साँझ उनलाई सहयोगीले थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याएका थिए । पूर्वराजा निकट स्रोतका अनुसार गएराति नै मुटुमा स्टेन लगाएको र अहिले अवस्था सुधारोन्मुख रहेको बतायो ।

Read More

काठमाडौं । नारी स्रष्टा समाज, काेशी प्रदेश, विराटनगरले स्रष्टाहरूलाई सम्मान अर्पिने भएकाे छ। अक्सिजन कवि धनकुटे बालकृष्ण लक्ष्मी अधिकारी पुरस्कार-२०८१ देवीप्रसाद घिमिरे र स्थिति लम्साल बालस्रष्टा पुरस्कार-२०८१ सिल्भिया खड्कालाइ अर्पिने भएकाे छ। त्यसै गरी स्रष्टाहरू रञ्जु खनाल, लता केसी, कालिका त्रिपाठी, मन्दिरा मधुश्री, सविता शर्मा र नविना श्रेष्ठलाई पनि सम्मान गरिने भएकाे छ। स्रष्टा सम्मान कार्यक्रममा लाेकप्रिय लघुकथाकार ध्रुव मधिकर्मीको लघुकथामा बहस पनि रहेकाे छ।

Read More

काठमाडौं । ९७औँ ओस्कार अवार्ड समारोहमा २३ विधामा अस्कर विजेताको घोषणा गरिएको छ । फिल्म द ब्रुटालिस्टका लागि एड्रियन ब्रोडीले सर्वोत्कृष्ट अभिनेताको ओस्कार जिते भने फिल्म अनोराका लागि मिकी म्याडिसनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । यो वर्ष चलचित्र अनोराले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशन, उत्कृष्ट पटकथा, उत्कृष्ट सम्पादन, उत्कृष्ट अभिनेत्री विधामा सर्वाधिक ५ अवार्ड जितेको छ । दोस्रो स्थानमा रहेको चलचित्र द ब्रुटालिस्टले ३ अवार्ड हात पारेको छ । सीन बेकरद्वारा निर्देशित, रोमान्टिक कमेडी फिल्म अनोरा एक धनी व्यापारीसँग विवाह गर्ने यौनकर्मीमा आधारित छ। फिल्मले कान्स फिल्म फेस्टिभलमा पाम डायर अवार्ड प्राप्त गरेको थियो । द ब्रुटालिस्टले ३ वटा गोल्डेन ग्लोब…

Read More

काठमाडौं । प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका लागि पूर्णबहादुर नेपाली राजदूत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नेपालीलाई राजदूत नियुक्त गरेका हुन् । नेपालीलाई मन्त्रिपरिषद्ले गत मंसिर ६ गते राजदूतका लागि सिफारिस गरेको थियो । उनलाई १४ पुसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।

Read More

काठमाडौं । आगामी चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्लाचनका लागि आज संगठन दर्ता हुँदैछ। आज देशभरका क्याम्पसहरु विद्यार्थी संघसंगठन दर्ता गर्न लागिएको हो। सोमबार दिउँसो तीन बजेसम्म संघसंगठन दर्ताको कार्यक्रम राखिएको छ। २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय तालिका त्रिविले सार्वजनिक गरेको छ। २५ फागुनमै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ। २६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ। प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको त्रिविको सूचनामा उल्लेख छ।…

Read More

काठमाडौं । सरकारले एकै पटक ४३ जना नायव सुब्बा (नासु) को सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन १५ गते निर्णय गर्दै विभिन्न निकायमा कार्यरत नासुुहरुको सरुवा गरेको हो ।  मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार रा.प. अनकिंक प्रथम श्रेणीका (अप्रवाविधिक) तर्फा १९ जना कर्मचारी र तथा १६ जना प्राविधिक तर्फका नासुहरुको सरुवा गरिएको हो । यस्तै, सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहमति/सिफारिस बमोजिम ८ जना नासुको सरुवा समेत गरिएको छ ।  मन्त्रालयले सरुवा व्यवस्थापनलाई व्यवस्थित गर्न पछिल्लो समय अत्यावश्यक अवस्थाबाहेक प्रत्येक महिनाको १ र १५ गते मात्र सरुवा गर्दै आएको छ। यस व्यवस्थाले मन्त्रालयमा हुने अनावश्यक भीडभाड…

Read More

काठमाडौं । काठमाडौं टोखामा प्रहरीको गोली प्रहार गर्दै एक भारतीय सुटरलाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली प्रहार गरेर भारतीय सुटर गुड्डु पटेललाई पक्राउ गरिएको हो। उनलाई पक्राउ गर्न चार राउन्ड गोली चलाएको थियो। गुड्डुलाई खुट्टामा गोली लागेको छ। उनलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ। २०७९ असोज ३ मा काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गुड्डुले गरेका थिए। लाल मोहम्मदको हत्या गर्दा गोली प्रहार गर्ने दुई जनामध्ये गुड्डु एक हुन्। उनलाई पक्राउ गर्न प्रहरीले सुरुमा दुई राउण्ड हवाई फायर गरेको थियो। भाग्न थालेपछि थप दुई राउण्ड गोली प्रहार गरेको हो। मोहम्मदको हत्या गर्ने योजनाकार मध्येका बब्लु पासवानलाई प्रहरीले…

Read More

काठमाडौं । बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । नपाएको ओहोदा पाए भनी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २४ गते विशेषमा रिट दायर गरेको थियो । न्यायाधीशहरु तेज नारायण सिंह राई, राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सफाइ दिने फैसला गरेको हाे। कीर्ते तथा नागरिकता अपचालन मुद्दामा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

Read More