Author: हाम्राे हेडलाइन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन्। योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई मंगलबार पेरिसडाँडामा सम्बोधन गर्दै उनले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने भन्दै छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए। “परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ । सङ्घीय निजामती विधेयकमा षड्यन्त्र भएको छ,” उनले भने, “यो विधेयकमा कसले बदमासी गर्‍यो, त्यसको छानबिन गरी, चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौँ।” अध्यक्ष दाहालले संविधान र जनताको रगत-पसिनाबाट प्राप्त…

Read More

एजेन्सी । थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मंगलबार पदबाट निलम्बन गरेको छ। म्बोडियासँगको सीमा विवादमा मन्त्रिपरिषद्को नैतिकता उल्लंघनको आरोप लागेपछि अदालतले उनलाई निलम्बन गरेको हो। अदालतले ७–२ को बहुमतले निर्णय गर्दै आगामी आदेश नआएसम्म सिनावात्रालाई प्रधानमन्त्रीको कार्यभारबाट निलम्बन गरेको जनाएको छ। सिनावात्रा राजनीतिक रूपमा प्रभावशाली सिनावात्रा परिवारकी सदस्य हुन्। उनका पिता थाक्सिन सिनावात्रा पूर्वप्रधानमन्त्री तथा विवादित शाही मानहानि मुद्दामा फौजदारी अभियोग सामना गरिरहेका छन्। सत्तामा आउन एक वर्ष नपुग्दै सिनावात्रालाई निलम्बन गरिनु थाइल्यान्डको राजनीतिक अस्थिरता र रूढीवादी तथा अभिजात वर्गबीचको टकरावलाई पुनः उजागर गर्ने घटनाका रूपमा हेरिएको छ।

Read More

काठमाडौं । रौनक श्रीवास्तवको विस्फोटक शतकको मद्दतमा नेपालले भुटानलाई २९८ रनले पराजित गर्दै एसीसी यू–१६ इस्ट जोन कपको सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियाको सेलांगर ट्रफ मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रन बनायो। रौनकले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रनको शानदार पारी खेले। शिवान्श बजगाईंले ५४, जोए थापाले अविजित ६१ तथा सुगम बुढाथोकीले ३५ रनको योगदान गरे। ३५९ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको भुटानको इनिङ ३२.४ ओभरमै ६० रनमा सकियो। कप्तान विपिन शर्माले ४ विकेट लिए भने सचिन भट्ट र सुयोग भट्टराईले समान २–२ विकेट लिए। नेपालले समूह ‘ए’…

Read More

काठमाडौं । सहरबासीलाई पिउने पानीको आवश्यकता पूरा गराउन प्रशोधित पानीको सेवा दिने व्यवसायीका २८ वटा सवारी साधनको अनुगमन गर्दा ४४ वटा जार मापदण्ड विपरीत भेटिएका छन् । काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले आज गोंगबु बसपार्क क्षेत्रमा गरेको अनुगमनका क्रममा कुच्चिएका, फुटेका र अपारदर्शी जार भेट्टाइएको हो । यी जारहरु जफत गरियो । जफत जारहरु नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा लगाइएको छ । पानी बोक्ने सवारी साधनको अनुगमनका विभिन्न कम्पनीका जार भेटिएको थियो । अनुगमनका क्रममा त्रुटि पाइएका पानी उत्पादक कम्पनीहरुलाई मापदण्ड विपरीत प्रशोधित पिउने पानीको जार बिक्री वितरण नगर्न, जारमा स्पष्ट विवरण खुलेको लेबल राख्न, कम्पनीले जारी गरेको…

Read More

काठमाडौं । संघीय निजामति सेवा विधेयकमा गरिएको ‘कुलिङ पिरियड’ सम्बन्धी हेरफेरप्रति गम्भीर आपत्ति जनाउँदै प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गहिरो छानबिनको माग गरेका छन्। मंगलबार सभामुख देवराज घिमिरेसँगको भेटमा खतिवडाले विधेयकको मूल मर्मभन्दा फरक ढंगले गुपचुप दफा थपिनु गम्भीर विषय भएको बताएका हुन्। खतिवडाका अनुसार समितिले लामो छलफलपछि तयार पारेको प्रतिवेदनमा राजीनामा वा अवकाश लिएर दुई वर्ष नपुगेका व्यक्तिहरूलाई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति नदिने प्रावधान राखिएको थियो। तर प्रतिनिधिसभामा प्रस्तुत विधेयकमा त्यसकै मुनि अर्को दफा थप गरेर ‘कूलिङ अफ पिरियड’ को मर्मलाई खण्डित गरिएको पाइएको हो। सभापति खतिवडाले उक्त संशोधन कहिले, कसले र…

Read More

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार, पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको छ भने मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढेको छ। निगमले सोमबार साँझ विज्ञप्ति जारी गरी वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने जनाएको छ।

Read More

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सोमबार अनिश्चितकालका लागि स्थगित गरिएको छ। सिंहदरबारमा बसेको बैठकमा शिक्षा मन्त्री रघुजी पन्तले थप छलफल आवश्यक भएको भन्दै विधेयक पारित नगर्न आग्रह गरेपछि समिति सभापति अम्मरबहादुर थापाले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेका हुन्। शिक्षामन्त्री पन्तले परिस्थिति जटिल भएको उल्लेख गर्दै सरकारको सहमतिबिना विधेयक अघि बढाउन नहुने बताए। नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पनि अहिले विधेयक पारित भए पार्टीलाई स्वीकार्य नहुने धारणा राखेपछि बैठक अघि नबढेको हो। तर, बैठकमा माओवादी केन्द्रकी रेखा शर्मा, एमालेकी विद्या भट्टराई, रास्वपाकी सुमना श्रेष्ठलगायत सांसदहरूले समिति स्तरमा भएका सहमति अनुसार विधेयक…

Read More

काठमाडौं । विशेष अदालतले घुस लिएको र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) गरेको ठहरसहित काठमाडौंको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतलाई ११ वर्ष ३ महिना कैद सजाय सुनाएको छ। अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले सोमबार बस्नेतलाई घुससम्बन्धी मुद्दामा ८ वर्ष कैद र थप ३ महिना सार्वजनिक ओहोदामा बसेर कसुर गरेबापत थप सजाय सुनाएको हो। उनलाई २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ जरिवाना पनि तोकिएको छ। बस्नेतले पद्मा कोलोनी प्रालिलाई लाभ पुग्ने गरी नीतिगत निर्णय गरेर ९ करोड २२ लाख ४६ हजार रुपैयाँ घुस लिएको ठहर अदालतले गरेको हो। घुस दिएको अभियोगमा पद्मा कोलोनी प्रालिका सञ्चालक राजु…

Read More

काठमाडौं । रुपन्देही ३ र मनाङ प्रदेशसभा (ख) को उपनिर्वाचन आगामी कात्तिक १७ गते हुने भएको छ। निर्वाचन आयोगको सोमबार बसेको बैठकले आगामी कात्तिक १७ गते रुपन्देही ३ र मनाङ प्रदेश सभामा उपनिर्वाचन गर्ने निर्णय लिएको हो । आयोगले सोमबार पत्रकार सम्मेलनमार्फत् प्रतिनिधिसभा रुपन्देही ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने जानकारी दिएको हो । २०७९ मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा निर्वाचित भएका थिए । उनको गत चैत १९ गते निधन भएपछि क्षेत्र रिक्त छ । घाँटीमा क्यान्सरका कारण बोहोराको काठमाडौंको ओम अस्पतालमा निधन भएको थियो । रुपन्देहीमा हुने उपनिर्वाचनका लागि…

Read More

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण तीव्र गतिमा भइरहेको छ। यो बाँध नेपालकै पहिलो कङ्क्रिटयुक्त जलाशय प्रणालीमा आधारित हो। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार हालसम्म औसत १० मिटर उचाइसम्म कङ्क्रिट ब्लकहरू राखिएको छ। तापमान सन्तुलनसहित बाँधको उचाइ क्रमशः बढाइँदै छ र आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। प्याकेज–१ अन्तर्गत ४२.५% भौतिक प्रगति भइसकेको छ भने समग्र आयोजनाको ६७% प्रगति भइसकेको छ। आयोजनाको लागत ५० करोड ५० लाख डलर रहेको छ, जसमा एडिबी, जाइका, युरोपियन लगानी बैंक र नेपाल सरकार/विद्युत् प्राधिकरणको लगानी रहेको छ। बाँध निर्माणसँगै सुरुङ, विद्युतगृह, उपकरण…

Read More