Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाली सेनाले लुटपाट लगायतका गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरेको छ। आज सूचना…
काठमाडौं । नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर…
काठमाडौं । प्रहरीले सोमबार गरेको दमनमा २० जेनजी प्रदर्शनकारीको मृत्यु र ३०० बढी घाइते भएपछि…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- लुटपाट लगायतका गतिविधिमा संलग्न २७ जना पक्राउ
- देशभर कर्फ्यू आदेश जारी
- प्रधानमन्त्री ओलीले दिए राजीनामा
- ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आगजनी
- तारकेश्वरको प्रहरी चौकी र वडा कार्यालयमा प्रदर्शनकारीद्वारा आगजनी
- प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
- जेन जेड आन्दोलन : १९ जनाको मृत्यु, ३४७ घाइते उपचाररत
- गृहमन्त्रीले दिए राजीनामा
- जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या १८ पुग्यो, दुई सयभन्दा बढी उपचाररत
- मन्त्रिपरिषद्को बैठक बस्दै, हिंसात्मक बनेको जेन–जीको आन्दोलनबारे समीक्षा हुने
Author: हाम्राे हेडलाइन
काठमाडौं । लमजुङ मध्यनेपाल नगरपालिका–४ तिलाहरचोक एलिजा घाटमा आज बिहान ट्र्याक्टर दुर्घटनामा चालक आयुष्मान गुरुङको मृत्यु भएको छ। दुर्घटनापछि अचेत अवस्थामा रहेका गुरुङलाई इन्स्पेक्टर यम नारायण अर्यालको टोलीले तुरुन्तै दमौली अस्पताल पुर्याएको थियो, डाक्टरले मृत घोषणा गरे। १९ वर्षीय गुरुङ बागलुङ काठेखोलाका स्थायी बासिन्दा हुन् भने हाल रुपा गाउँपालिका–३ मा बस्दै आएका थिए। प्रत्यक्षदर्शीका अनुसार ट्र्याक्टर अनियन्त्रित भई एलिजा घाटतर्फ खसेको थियो।
एजेन्सी । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको मानहानी सम्बन्धी मुद्दामा ६ महिनाको जेल सजाय सुनाइएको छ । न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मजुमदारको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले बुधबार यो फैसला गरेको हो । यो मुद्दा शेख हसिनाले गत वर्ष अक्टोबरमा गाइबान्धाको गोबिन्दगञ्जका स्थानीय नेता शाकिल अकन्द बुलबुलसँग गरेको कथित फोन कुराकानीको लीक भएको अडियोमा आधारित छ । उक्त अडियोमा हसिनाले आफूविरुद्ध २२७ वटा मुद्दा दायर भएको र त्यसले उनलाई ‘२२७ जनालाई मार्ने इजाजत दिएको’ भन्ने विवादास्पद टिप्पणी गरेको सुनिएको थियो । यो अडियो सामाजिक सञ्जाल र मुलधार मिडियामा भाइरल भएको थियो ।
काठमाडौं । राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको छ । बुधबार बसेको सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकलाई राष्ट्रिय सभाको बैठकले पनि बहुमतले पारित गरेको हो ।
काठमाडौं । संघीय निजामती सेवा विधेयकमा भएको जालझेलको चर्चा चुलिंदै जाँदा संसदको राज्य व्यवस्था तथा सुशासन समितिले महत्वपूर्ण निर्णय गरेको छ। समितिले बुधबार बसेको बैठकमा दफा ८२ मा थप गरिएको उपदफा (५) हटाउन राष्ट्रिय सभालाई अनुरोध गर्ने निर्णय गरेको हो। सभापति रामहरी खतिवडाका अनुसार, विधेयकको दफा ८२ मा उल्लेख गरिएको कुलिङ पिरियडसम्बन्धी व्यवस्थालाई समितिले पास गरेको भावना विपरित उपदफा थपिएको भन्दै त्यसलाई हटाउने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरिएको हो। “कुलिङ पिरियडसम्बन्धी समितिको भावना अनुसार प्रतिवेदनको बुँदा ४३ लाई आवश्यक संशोधन गर्ने व्यवस्था मिलाईदिनुहुन राष्ट्रिय सभालाई हार्दिक अनुरोध गर्ने निर्णय गरियो,” खतिवडाले बैठकपछि जानकारी दिए। समितिले प्रतिवेदन तयार गर्ने क्रममा…
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सबै सरकारी सेवा र सुविधा त्यागेकी छन्। बुधबार उनले गृह मन्त्रालयमा सेवा–सुविधा नलिने निर्णयसहितको पत्र बुझाएकी हुन्। भण्डारीको स्वकीय सचिवालयमार्फत उक्त पत्र गृह मन्त्रालयमा दर्ता गरिएको हो। भण्डारीले पत्रमा असार १८ गतेबाटै सेवा सुविधा नलिने निर्णय लागू हुने उल्लेख गरेकी छन्। उनले पाउने सुविधामा आवास, सवारी साधन, इन्धन, सचिवालय खर्चलगायतका सेवा सामेल छन्। गत शनिबार मात्रै भण्डारीले नेकपा (एमाले) को सक्रिय राजनीतिमा पुनः फर्किएको घोषणा गरेकी थिइन्। ‘जबजका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठीमा उनले सामाजिक–आर्थिक रूपान्तरण, सुखी जनता र समुन्नत नेपाल निर्माण गर्ने दायित्व अझै अधुरो रहेको उल्लेख गर्दै सक्रिय राजनीतिमा फर्किएको…
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध सार्वजनिक टिप्पणी गरेकी नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ। पार्टीको अनुशासन आयोगले बुधबार झाँक्रीलाई तीन दिनभित्र लिखित जवाफ दिन निर्देशन दिएको हो। केही दिनअघि बुटवलमा आयोजित एक कार्यक्रममा झाँक्रीले अध्यक्ष नेपाललाई लक्षित गर्दै “अब सिनो बोकेर हिँड्न सकिन्न” भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको आवश्यकता रहेको अभिव्यक्ति दिएकी थिइन्। उनको अभिव्यक्तिपछि पार्टीभित्र तीव्र प्रतिक्रिया आएको थियो। पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै नेताहरूलाई सार्वजनिक रूपमा पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति नदिन निर्देशनसमेत दिएको थियो। तर झाँक्रीले सार्वजनिक मंचमा पुनः कडा टिप्पणी गरेपछि पार्टी अनुशासन आयोगले औपचारिक रूपमा उनलाई स्पष्टीकरण सोधेको हो। पार्टी स्रोतका…
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग देशका सातै प्रदेशका प्रदेश प्रमुखहरूले शिष्टाचार भेट गरेका छन्। बुधबार बिहान राष्ट्रपति भवन, शीतल निवासमा आयोजित भेटका क्रममा प्रदेश प्रमुखहरूले आ-आफ्नो प्रदेशको अवस्था र हालको समसामयिक परिस्थितिबारे जानकारी गराएका छन्। शिष्टाचार भेटमा सहभागी प्रदेश प्रमुखहरूमा कोशी प्रदेशका परशुराम खापुङ, मधेस प्रदेशकी सुमित्रा सुवेदी भण्डारी, बागमती प्रदेशका दीपकप्रसाद देवकोटा, गण्डकी प्रदेशका डिल्लीराज भट्ट, लुम्बिनी प्रदेशका कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेशका यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेशका नजिर मियाँ रहेका छन्। राष्ट्रपति कार्यालयका अनुसार भेटका क्रममा संघीयता सुदृढीकरण, समन्वय, स्थानीय प्रशासनको भूमिकासहित प्रदेशको विकास, सुशासन र सेवाप्रवाहका विविध पक्षमा छलफल भएको थियो। राष्ट्रपति पौडेलले प्रदेश प्रमुखहरूलाई संविधानको मर्म अनुसार…
लमजुङ । मनसुनको जोखिम बढ्दै गएपछि बेसिशहर–चामे सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। मनाङ र लमजुङ जिल्ला सुरक्षा समितिको संयुक्त निर्णय अनुसार असार २० गतेदेखि रातिको समयमा सवारीसाधन चलाउन नपाइने व्यवस्था गरिएको हो। लगातारको वर्षाका कारण पहिरो, सडक भासिने तथा अन्य दुर्घटनाको सम्भावना बढेकाले रातिको समय सवारी आवागमन जोखिमपूर्ण हुने भन्दै रोक लगाइएको सुरक्षा समितिले जनाएको छ । प्राकृतिक विपद्को जोखिम न्यूनीकरण तथा यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न यो निर्णय गरिएको हो ।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले कानुनी छिद्र प्रयोग गरेर वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कानुनी दायरामा ल्याइने बताएका छन्। सुरक्षित आप्रवासन (सामी) कार्यक्रमद्वारा आज ललितपुरमा आयोजित तेस्रो चरणको सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रमको उद्घाटनका अवसरमा मन्त्री भण्डारीले अहिले पनि वैदेशिक रोजगार विभागमा ३६ हजार ठगीका मुद्दा रहेकाले ऐन संशोधन गरेर मुद्दा फछ्र्यौटलाई सहज बनायने बताएका हुन्। “अहिलेकै कानुनअनुसार हुने हो भने सबै मुद्दा टुङ्गोमा पुग्न २५ वर्ष लाग्छ, त्यसकारण ऐन संशोधन गर्ने पक्षमा छौँ, वैदेशिक रोजगार न्यायाधिकरणको पक्षमा छौँ, जिल्ला जिल्लामा उजुरी लिएर जिल्ला अदालतमा मुद्दा चल्ने अवस्थाका लागि व्यवस्थापन गर्दैछौँ, जिल्ला प्रशासन कार्यालयमै उजुरी दिने व्यवस्था…
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन्। योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई मंगलबार पेरिसडाँडामा सम्बोधन गर्दै उनले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने भन्दै छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए। “परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ । सङ्घीय निजामती विधेयकमा षड्यन्त्र भएको छ,” उनले भने, “यो विधेयकमा कसले बदमासी गर्यो, त्यसको छानबिन गरी, चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौँ।” अध्यक्ष दाहालले संविधान र जनताको रगत-पसिनाबाट प्राप्त…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित