Author: हाम्राे हेडलाइन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सो भेटमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आगामी फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । आजै प्रधानमन्त्री दाहालसँग प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले भेटवार्ता गरेका थिए । भेटमा उनीहरुबीच बधाई आदानप्रदानका साथै प्रदेश सरकारलाई प्रभावकारी बनाउने विषयमा कुराकानी भएको बताइएको छ ।

Read More

काठमाडौं । सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भएको छ । पोखरामा मंगलबार भएको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकले निलम्बन फुकुवाको निर्णय गरेको बोर्ड सदस्य विरेन्द्रबहादुर चन्दले जानकारी दिए । बलात्कार आरोपमा पक्राउ परेपछि क्यानले लामिछानेलाई निलम्बन गरेको थियो भने उच्च अदालतले उनलाई धरौटीमा छाड्ने निर्णय गरेसँगै निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। आजैमात्र सोही मुद्दामा क्रिकेटर लामिछानेलाई थुनामै राख्नुपर्ने माग राख्दै महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।

Read More

काठमाडौं । अर्थ मन्त्रालयले संघीय सरकारको बजेटमा २० प्रतिशत खर्च कटौती गर्ने निर्णय गरेको छ । मंगलबार साँझ विज्ञप्ति जारी गर्दै संघीय सरकारको सबै मन्त्रालय र निकायहरुको स्वीकृत बजेटबाट २० प्रतिशत खर्च कटौती गर्ने अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार इन्धन, मर्मत सम्भार, मसलन्द तथा कार्यालय सामग्री, पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन, सूचना प्रणाली तथा सफ्टवेयर सञ्चालन खर्च, भ्रमण, अन्य भत्ता, कार्यक्रम खर्च, अनुगमन मूल्यांकन खर्च, कर्मचारी तालिम, गोष्ठी, सेमिनार र कार्यशाला, विविध खर्च, मेसिनरी तथा औजार, फर्निचर तथा फिक्चर्स, निर्मित भवनको संरचनागत सुधार तथा पुँजीगत सुधार खर्च लगायत शीर्षकमा खर्च कटौती गर्ने जनाएको हो । विनियोजित बजेटमा बाँकी…

Read More

काठमाडौं । दुई पांग्रे सवारी साधनको पछाडि बस्ने व्यक्तिले पनि हेल्मेट लगाउनुपर्ने भएको छ । मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यसबारे छलफल भएको छ। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भएको उक्त छलफलमा विभिन्न सरकारी र सामाजिक निकायको उपस्थिति थियो। सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नागरिक स्वयंले हेल्मेटले दिने सुरक्षाको महत्त्व बुझ्नुपर्ने भएकोले यसका लागि जनचेतनामुलक कार्यक्रम जरुरी भएको बताए। छलफलमा सहभागी एमाले नेता, सांसद एवं ‘रोड सेफ्टी एलायन्स’का कोअर्डिनेटर योगेश भट्टराईले धेरैजसो दुर्घटनामा दुई पाङ्ग्रे साधननै पर्ने गरेकोले आवश्यक सुरक्षामा लापरबाही गर्दा युवा पुस्ताले अनाहकमा ज्यान गुमाउनुपरिरहेको बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. समीर…

Read More

काठमाडौं । नाबालिग बलात्कार अभियोगमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राख्न मागसहित सर्वोच्चमा निवेदन परेको छ। उच्च अदालत पाटनको आदेशमा केन्द्रीय कारागर सुन्धाराबाट रिहा भएका उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित महान्यायाधिवक्तको कार्यालयले मंगलबार सर्वोच्चमा निवेदन दिएको हो। गत पुस २८ गते उच्च अदालत पाटनले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उच्च अदालतको आदेशअनुसार सन्दीप पुस २९ मा रिहा भएका थिए। महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले सन्दीपलाई रिहा गर्ने उच्च अदालतको आदेश उल्ट्याएर थुनामै राख्न मागसहित सर्वोच्चमा निवेदन दिइएको बताएका छन्। पुस २८ गते उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज…

Read More

काठमाडौं । एउटा बैंकको कार्डबाट अर्को बैंकको एटीएमबाट पैसा झिक्दा लाग्ने शुल्क घटेको छ। नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९ जारी गर्दै अन्तर एटीएम कारोबारमा लाग्ने शुल्क घटाएको हो। अब बैंक तथा वित्तीय संस्थाहरुले एकपटकमा अधिकतम १५ रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने भएका छन्। यसअघि यस्तो कारोबारमा बैंक तथा वित्तीय संस्थाले प्रतिकारोबार बढीमा २० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो। अब हरेक अन्तर एटीएम कारोबारमा शुल्क लाग्ने भएको छ। यसअघि मासिक न्यूनतम २ वटा अन्तर एटीएम कारोबारमा शुल्क लिन नपाइने व्यवस्था थियो। डेबिट कार्डबाट एकपटकमा २५ हजार, दैनिक १ लाख र महिनामा ४ लाख रुपैयाँसम्म एटीएमबाट झिक्न पाइने…

Read More

काठमाडौं । वर्तमान सत्तागठबन्धन टुट्ने सम्भावना बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रालय नदिने प्रधानमन्त्रीको अडान र राष्ट्रिय सहमतिको नाममा राष्ट्रपति कांग्रेसलाई दिने चलखेलका कारण वर्तमान सत्ता गठबन्धन टुट्ने सम्भावना बढेको हो । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले नागरिकता सम्बन्धी विवादको विषयमा सर्वोच्चबाट फैसला भई उपप्रधान तथा गृहमन्त्रीको पद गुमाएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृहमन्त्रालय दिने मन गरेका छैनन् । रास्वपाले भने सत्ता गठबन्धनबीचको भागबण्डामा गृहमन्त्रालय आफूले पाइसकेको उल्लेख गर्दै सो मन्त्रालय पुनः आफैंले पाउनुपर्ने अडान छाडेको छैन । रास्वपाको अडानलाई बल पुग्ने गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई भेटेरै गृहमन्त्रालयमा पुनः रवि लामिछानेलाई…

Read More

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले देशको आर्थिक संकटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने बुझाएको छ । आज बिहान ९ बजे नेकपा एसले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको हो । अध्यक्ष माधव नेपालको नेतृत्वमा झलनाथ खनाल, बेदुराम भुसाल र गंगालाल तुलाधर लगाउतका नेताहरूले बालुवाटार पुगेर ज्ञापन पत्र बुझाएका हुन् । चरम आर्थिक संकट परेको, बैंकको ब्याजदरमा असमान बृद्धी हुदाँ सर्वसाधरणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देश आर्थिक अवस्था नाजुक हुदैँ गएको भन्दै नेकपा एसले ज्ञापन पत्र बुझाएको जनाएको छ ।

Read More

एजेन्सी ।पाकिस्तानको उत्तरपश्चिम सहर पेशावरस्थित एक मस्जिदमा बम विस्फोट गरिँदा २८ जना मारिएका छन् । साथै १ सयभन्दा धेरै घाइते भएका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार सोमबार दिउँसोको उक्त घटनामा घाइते हुनेहरूको संख्या यकिन भएको छैन । अलजजिराको समाचार अनुसार पेशावरमा रहेको एक अस्पतालमा ७० जनाभन्दा धेरै घाइतेलाई उपचारका लागि ल्याइएको छ । पेशावर प्रहरी अधिकारीहरूले १५० जना जति मानिस घाइते भएको बताएका छन् । साथै विस्फोटका कारण मस्जिदको केही भाग भत्किएको बताइएको छ । तर कतिपय मानिसहरू भत्किएको संरचनाभित्र पुरिएर रहेको हुनसक्ने आशंका गरिएको छ । ३०० जना मानिस क्षमताको उक्त मस्जिद विस्फोटको क्रममा मानिसले लगभग भरिएको पेशावर प्रहरी…

Read More

लमजुङ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार नै राष्ट्रपति एमालेको हुने बताएका छन्। लमजुङको सुन्दरबजारमा सोमबार आयोजित तिलकराज पाण्डेको १८औं स्मृति दिवसलाई सम्बोधन गर्दै गुरुङले पहिलो आधा कार्यकाल माओवादी केन्द्र प्रधानमन्त्री र दोस्रो आधा कार्यकाल एमालेको सभामुख, दोस्रो आधा कार्यकाल एमालेको प्रधानमन्त्री र माओवादी केन्द्रको तर्फबाट सभामुख हुने र ५ वर्ष राष्ट्रपति एमालेकै हुने सहमति भएको बताए। उनले राष्ट्रियताको पक्षमा स्वाधीनताको पक्षमा लड्ने शक्ति फेरि सत्तामा आएको दाबी गरे। उनले नेकपा एमाले कम्युनिस्टको मूल पार्टी भएको र एमालेको नीतिभन्दा अरुको फरक नभएकाले पनि एमालेसँगको मोर्चाबन्दीमा अघि बढ्नुको विकल्प नभएको बताए।

Read More