Author: हाम्राे हेडलाइन

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले पछिल्लो समय खुला रुपमा बोतल तथा जर्किनमा भइरहेको पेट्रोलियम पदार्थ बिक्री वितरणमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले केही पेट्रोल पम्पहरुबाट खुला रुपमा बोतल, जर्किनलगायतका भाँडामा अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थको बिक्री वितरण भएको सूचनामा ध्यानाकर्षण भएको जनाएको हो। परिसरले पेट्रोलियम पदार्थ खुला बिक्री गर्दा तथा असुरक्षित ओसारपसार गर्दा र घर पसलमा भण्डारण गर्दा आगलागी तथा मानवीय एवम् भौतिक क्षति हुने भएकाले संवेदनशील बन्न आग्रह समेत गरेको छ । पेट्रोल पम्पबाट गाडीमा सिधै भर्नेबाहेक खुला रुपमा बिक्री वितरण नगर्न र नगराउन पनि पम्प सञ्चालकलाई प्रहरीको अनुरोध छ। बोतल, जर्किनलगायत भाँडामा पेट्रोलियम…

Read More

ऊ जल्यो बीच सडकमा एककोहोरो जलिरह्यो पहिला नदेखिने पिडाको आगोले मन जलायो पछि पटक–पटक व्यवहार र बचनहरुले जलायो हो उसलाई आफ्नाहरुले जलायो नेताहरुले जलायो भ्रष्टा चारिहरुले जलायो आफ्नै बा आमा दाजु भाइले जलायो यो समाजले जलायो यो देशले जलायो आफ्नै असफलताले जलायो उसको शरीरमा आगो दन्केको दुनियाँले देखे उसको मनमा आगो दन्किएको कसैले देखेन्न उसको शरिरको आगो निभाउनेहरुले उसको मनको आगो निभाई दिएको भए आज कसैको छोरो जल्ने थिएन कसैको संसार ढल्ने थिएन । सामाजिक सञ्जालबाट

Read More

मजुङ । लमजुङको दोर्दी गाउँपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पालिकाको पशुपन्छी शाखाको आयोजनामा वडा नं १ भारतेमा आज आयोजित एक दिने सो शिविरमा एक सय २६ किसान लाभान्वित भएका छन् । सो शिविरमा दुई हजार १३ पशुपन्छीको उपचार तथा औषधि वितरण भएको छ । पचास वटा कुकुरमा रेविज विरुद्धको खोप लगाउनुका साथै तीन सय ४० गाईभैँसी र आठ सय ५० वटा भेँडाबाख्राका लागि आन्तरिक तथा बाह्य परजीविका कारण लाग्ने रोग विरुद्धका औषधि वितरण गरिएको पशुपक्षी शाखा प्रमुख शंकर पन्थीले बताए । त्यसैगरी सात सय ७३ वटा कुखुराका औषधि वितरण गरिएको छ । भिटामिन तथा सिजनअनुसार लाग्ने…

Read More

काठमाडौं । संघीय संसद भवन अगाडि एक जनाले आफैंमाथि आगो लगाएका छन् । मंगलबार दिउँसो बानेश्वरको मुख्य सडकमा नै ती पुरुषले आत्मदाहको प्रयास गरेका हुन् । उनले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् । ती पुरुषलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तिपुर अस्पताल लगेको छ । आत्मदाह गर्ने पुरुष इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्य रहेको खुलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्कनुसाथ आचार्यले आत्मदाहको प्रयास गरेका हुन् ।

Read More

काठमाडौं । बाजुरामा मंगलबार दिउँसो गएको ५.९ म्‍याग्निच्यूडको भूकम्पले एक घर भत्किएको छ । बाजुराको बडिमालिका नगरपालिका ७ मा एउटा घर भत्केको हो । यस्तै भूकम्पले बझाङ चैनपुरको सन्तोस प्लाजाको ४ तला माथि रहेको मन्दिर भत्केको छ ।  चैनपुरमा कृषि ज्ञान केन्द्रको भवन हाल सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको भवन भूकम्पले भत्काएको छ ।

Read More

काठमाडौं । बाजुरा केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मैला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ। भूकम्पको धक्का भारतीय राजधानी नयाँदिल्लीसम्म महशुस भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।

Read More

काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। २१ सदस्यीय समितिमा सांसदहरू अनिता देवी, डाक्टर अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेशप्रसाद गर्तौला, रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ला, सीता गुरुङ, सुवासचन्द्र नेम्वाङ, सोभिता गौतम, हितराज पाण्डे र ज्ञानेन्द्रबहादुर शाही छन्। समितिले १५ दिनभित्र सो मस्यौदा तयार पारी प्रतिनिधिसभा बैठकमा पेस गर्ने कार्यादेश दिइएको प्रस्तावका प्रस्ताव सांसद देवेन्द्र पौडेलले जानकारी दिए। नेपालको संविधानको धारा १०४ को उपधारा १ बमोजिम प्रतिनिधिसभाले आफ्नो कार्य…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । बालुवाटारमा यी दुबै नेताबीच राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका विषयमा छलफल भएको जनाइएको छ । यस्तै प्रदेशमा मन्त्रिपरिषद् विस्तारका विषयमा पनि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलबीच छलफल भएको छ ।

Read More

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई दिइएको छ। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक पोखरेललाई सोमबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएका हुन्। यसअघिका प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ सरुवा भएपछि प्रहरी नायब महानिरीक्षक पोखरेललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Read More

काठमाडौं, १० माघ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला रू एक हजारले बढेर सुनको मूल्यमा रू एक लाख छ हजार तीन सय कायम नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिएका छन् । यसअघि २०७८ साल फागुन २५ मा सुनको मूल्य सबैभन्दा बढी प्रतितोला रू एक लाख पाँच हजार पाँच पुगेको थियो । सोमबार छापावाल सुन प्रतितोला रू एक लाख पाँच हजार तीन सयमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख पाँच हजार आठ सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन…

Read More