काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका बेचन झालाई उच्च अदालत पाटनले छोड्न अस्वीकार गरेको छ।
ठगी, लिखत किर्ते, राज्यविरूद्ध र संगठित अपराधमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको झालाई उच्च अदालत पाटनले छाड्न अस्वीकार गरेको हो।
पुर्पक्षका लागि थुनामा रहेका प्रतिक थापालाई पनि अदालतले थुनामै राख्न जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो। थापा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन्।
गत बिहीबार न्यायाधीशहरू अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले बेचन झा कारागारमै राख्न आदेश दिएको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले जानकारी दिए।