काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सोमबार साँझ रुकुमपूर्वबाट काठमाण्डुका लागि छुटेको बस जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो ।
त्यस्तै दुर्घटनामा परि २० जनाभन्दा बढी घाइते भएका छन् । बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ । गाडीमा ३२ जना यात्रु थिए ।