काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४६ करोड ८५ लाख ९८ हजार पाँच सय एक रुपैयाँ विनियोजन गरेको छ ।
सोमबार आयोजित १४औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेले आगामी आवका लागि आयव्यय पेश गरेका हुन् । चालुतर्फ ३३ करोड ३५ लाख ४८ हजार ५०१ र पूँजीगततर्फ १३ करोड ५० लाख ५० हजार रहेको बजेट वक्तव्यमा उल्लेख छ ।
गाउँसभामा पालिकाका अध्यक्ष विरबल तामाङले नीति तथा कार्यक्रम पेश गरेका थिए । अध्यक्ष तामाङले आगामी आर्थिक वर्षमा गाउँपालिकाको शिक्षा, सूचना केन्द्र, प्रतिभा खोजी र सम्मान, भाषा तथा संस्कृति, प्राचिन प्राकृति चिकित्सालगायतमा जोड दिएका छन् । गाउँसभाले लोकल मदिरा उत्पादन तथा प्रर्वद्धन कार्यक्रम पनि ल्याएको छ ।