काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री भीम रावलले अलग्गै पार्टी निर्माण प्रक्रिया सुरु गरेका छन् । नेकपा एमालेबाट निस्कासित भएपछि रावलले पत्रकार सम्मेलन गरी अलग्गै पार्टी बनाउने घोषणा गरेका थिए ।
बिहीबार सामाजिक सञ्जालामा उनको पार्टीको अवधारणा र संरचना सार्वजनिक गरेका छन् । सार्वजनिक अवधारणापत्र अनुसार उनको पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ रहनेछ ।