काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने चर्चा भइरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा जाने कुनै नीति नभएको बताएका छन्। उनले कांग्रेस-एमालेसँग सरकार बनाउने सम्बन्धमा कुनै छलफल नभएको बताए।
‘सरकारको विषयमा मिलन विन्दु हामीले देखेका छैनौँ,’ काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने। कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भए अरे भनेर हल्ला चलेको भन्दै उनले थपे, ‘हामीले सरकारमा जाने कुनै नीति लिएका छैनौँ, लिँदैनौँ पनि, सरकारमा जानेबारे कुरा पनि भएको छैन।’