काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार बसेको केन्द्रीय सचिवालय बैठकमार्फत पार्टीका विभिन्न विभाग तथा प्रदेश तहमा नयाँ जिम्मेवारी तोकेको छ ।
बैठकले मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभाग प्रमुखमा मनोनयन गरेको छ । त्यसैगरी स्टार्टअप विभाग प्रमुखमा डा. प्रभात अधिकारीलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै, आरएटी (र्यापिड एक्सन टिम) को केन्द्रीय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष), मकवानपुरलाई तोकिएको छ भने उप–प्रमुखमा पूर्व डीआईजी (एपीएफ) विदुर खड्का मनोनित भएका छन् ।
यसैगरी, पार्टीले कर्णाली प्रदेश सह–महामन्त्रीमा राजबहादुर साह र अविसरा सुवेदीलाई मनोनयन गरेको छ ।
रास्वपाले संगठन विस्तार र विभागीय संरचना मजबुत बनाउने उद्देश्यसहित यी जिम्मेवारी हेरफेर गरिएको जनाएको छ ।

