शुभम इन्टरनेशनल अस्पताल र नेपाल मेगा इन्भेष्टमेन्ट बैंकबीच स्वास्थ्य उपचार सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अस्पतालका अध्यक्ष यम कुमार श्रेष्ठ र बैंकको गोंगबु शाखाका प्रमुख सोम प्रसाद अधिकारीले हस्ताक्षर गरेका हुन् ।
वैशाख २८ गतेदेखि लागू हुने गरी सम्झौता कार्यान्वयनमा ल्याइएको अस्पतालले जनाएको छ ।

सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले उक्त अस्पतालमा उपचार सेवा लिँदा ३० प्रतिशतसम्म छुट पाउनेछन् ।
काठमाडौं तारकेश्वर १० मनमैजुमा रहेको अस्पतालले २४ सैं घण्टा इमरजेन्सी सेवा, बहिरंग तथा अन्तरंग सेवा, अत्याधुनिक ल्याब तथा डायग्नोस्टिक सेवा, फार्मेसी, सामान्य तथा प्रमुख शल्यक्रिया सेवा, आईसीयू, एचडीयू सेवा तथा रेडियोलोजी–डायग्नोस्टिक सेवाहरू (एक्स–रे, इको, अल्ट्रासाउन्ड, कोलोनोस्कोपी, इन्डोस्कोपी) सेवा प्रदान गर्दै आएको छ ।
अस्पतालले विशेषज्ञ वरिष्ठ डाक्टरहरुद्वारा तारकेश्वर नगरपालिकाका स्थानीय बासिन्दा तथा नुवाकोट, धादिङ, रसुवा, लमजुङ लगायत काठमाडौंसँग नजिकका जिल्लाका साथै देशभरका नागरिकलाई विशेषज्ञ सेवा दिँदै आएको छ ।

