काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षले सम्पर्क कार्यालय खोलेको छ । सोमबार काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालयको उद्घाटन गरिएको हो ।
पार्टीका नेता पूर्णबहादुर खड्काले पार्टीको उद्घाटन गरे । उद्घाटनपछि सम्पर्क कार्यालयमै १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक पनि बसेको छ ।
बैठकमा कांग्रेसलाई आगामी दिनमा थप मजबुत बनाउँदै लैजानेबारे छलफल भएको नेता मिनबहादुर विश्वकर्माले बताए । नेपाली कांग्रेस विगतमा पनि देशको ठुलो पार्टी रहेको र अहिले केही खस्किएको भएपनि आगामी दिनमा अझ ठुलो बनाएर लैजाने प्रतिबद्धता उनको छ । नेता विश्वकर्माले आगामी दिनमा कांग्रेसलाई अझ ठुलो पार्टी बनाउन सबै एक हुनुपर्ने बताए ।
उद्घाटन कार्यक्रममा शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालगायत सहभागी थिए ।

