Author: हाम्राे हेडलाइन

काठमाडौँ । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा अहिराज बलात्कारको आरोपमा पक्राउ परेका छन्। काठमाडौँको बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको अभियोगमा उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर, काठमाडौं का अनुसार पीडित महिलामाथि २०७८ जेठ ४ गते बलात्कार भएको हो। घटनापछि कसैलाई बताए ज्यान मार्ने धम्कीसमेत दिएको पीडितले प्रहरीलाई बयान दिएकी छिन्। पीडितले यसअघि पटक–पटक जाहेरी दर्ता गर्न खोजे पनि प्रहरीले अस्वीकार गरेको बताइएको छ। अन्ततः उनले २०७८ कात्तिक २८ गते जिल्ला सरकारी वकिलको कार्यालयमा निवेदन दिएकी थिइन्। वकिलको कार्यालयको पत्राचारपछि २०७८ माघ ३ गते प्रहरीमा औपचारिक जाहेरी दर्ता भएको हो। प्रहरीले २०७८ चैत २५ गते जिल्ला अदालतबाट…

Read More

काठमाडौँ । निर्वाचन आयोगले रूपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन गर्ने कार्यक्रम स्वीकृत गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार निर्वाचन प्रक्रिया असोज २१ गते उम्मेदवारको मनोनयनबाट सुरु हुनेछ। निर्वाचन कार्यक्रमअनुसार: असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ। सोही दिन बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ। असोज २२ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ। उजुरी र मनोनयनपत्रको जाँचबुझ गरी असोज २३ गते बेलुका ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। असोज २४ गते…

Read More

काठमाडौं । देशभर ७२.१४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार साउन ४ गतेसम्मको तथ्यांकमा आधारित यो अवस्था अघिल्लो वर्षको तुलनामा १२.४६ प्रतिशतले कम हो। गत वर्ष सोही अवधिसम्म अर्थात् साउन ६ गतेसम्म ८४.६ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो। कुन प्रदेशमा कति प्रतिशत रोपाइँ? साउन ४ सम्मको विवरणअनुसार रोपाइँको प्रगतिमा प्रदेशअनुसार फरक देखिएको छ। सुदूरपश्चिम प्रदेश: सबैभन्दा बढी ९६.९९% लुम्बिनी र कर्णाली प्रदेश: ८७.९३% बागमती प्रदेश: ८७.१९% गण्डकी प्रदेश: ७९.२८% कोशी प्रदेश: ६१.७९% मधेश प्रदेश: सबैभन्दा कम ४६.८३% ढिलाइको कारण? मन्त्रालयका अनुसार वर्षा ढिलो हुनु, बाढी, डुबान, र रोपाइँको तयारीमा कठिनाइ जस्ता कारणले…

Read More

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिललाई स्वतन्त्र र स्वायत्त संयन्त्रको रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। मन्त्री गुरुङले भने, ‘काउन्सिल स्वतन्त्र र स्वायत्त हुनुपर्ने माग जायज हो, तर पूर्ण रूपमा सरकारबाट अलग भएर बस्ने कुरा सम्भव छैन।’ उनले सञ्चार क्षेत्रले सरकारसँग कहीँ न कहीँ जोडिनै पर्ने अवस्था रहने स्पष्ट पारे। उनका अनुसार, सरकारको हस्तक्षेप कम गर्ने उद्देश्यले स्वतन्त्र संयन्त्रको विकास गरिँदैछ। सञ्चार क्षेत्रलाई मर्यादित र अनुशासित बनाउने उद्देश्यले मिडिया काउन्सिलको गठनको तयारी…

Read More

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि देखिएको छ। नेप्से ०.३२ अंकले बढेर २८७०.९५ विन्दुमा पुगेको छ। तर, सेन्सेटिभ इण्डेक्स २.४६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०५ अंकले क्रमशः कमी आएको छ। आइतबार कुल ३१६ कम्पनीका करिब ५ करोड १६ लाख ५८ हजार कित्ता शेयर २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएका छन्। यो कारोबार रकम गत बिहीबारको १६ अर्ब ३० करोडभन्दा उल्लेख्य रूपमा बढी हो। नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचकमा वृद्धि देखिएको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूहको…

Read More

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा माथिबाट खसेको ढुङ्गाले कारमा लाग्दा तीन जना भारतीय नागरिक घाइते भएका छन्। इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा आइतबार दिउँसो २:२५ बजे तिर भारतीय नम्बर प्लेट (UP 80 GP 2928) भएको कारमाथि एक्कासि ढुङ्गा खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रविन्द्र खनालका अनुसार कार चालक ४२ वर्षीय रतेन्द्र यादवको बायाँ हातमा चोट लागेको छ। त्यस्तै ३३ वर्षीय हर्मोन यादवको ढाडमा र ३५ वर्षीय हितेन्द्र यादवको हात तथा खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइते तीनैजनाको अवस्था गम्भीर छैन र उनीहरूलाई उपचारका लागि नजिकैको स्थानीय मेडिकलमा लगिएको छ। हालैको वर्षाका कारण पहाडी…

Read More

काठमाडौं । पछिल्लो समय जलबायु परिवर्तनको मुद्दा यसले पार्ने असर र यसको न्यूनीकरण गर्न के गर्ने भन्ने विषय विभिन्न स्थानमा महत्वपूर्ण का साथ लिइएको देखिन्छ । जलबायु परिवर्तनको असर र यसको न्यूनीकरण गर्ने, प्राकृतिक स्रोतको संरक्षण र व्यवस्थापन गर्ने, वातावरण प्रदुषणको रोकथाम र नियन्त्रण गर्ने आदि उद्देश्य राखि नेपाल राष्ट्र बैंकले ‘नेपाल ग्रीन फाइनान्स ट्क्यासोनोमी, २०२४’ जारी गरेको थियो । उक्त मार्गदर्शनमा भएका व्यवस्था कार्यान्वयन गर्नेक्रममा ‘ग्रीन फाइनान्सिङ्’ का लागि स्रोत जुटाउने उद्देश्यले बेष्ट फाइनान्सले ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ हालै ग्राहक माझ ल्याएको छ । उक्त निक्षेप योजनामा सहभागी हुने हरेक ग्राहकले‘नेपाल ग्रीन फाइनान्स ट्क्यासोनोमी, २०२४’ ले राखेका लक्ष्य पूरा…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा पठाएका छन् । प्रधानमन्त्री नियुक्त भएको झण्डै १४ महिनापछि प्रधानमन्त्री ओलीको भारत भ्रमण निश्चित भएको हो ।

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार देशभर भारी वर्षाको सम्भावना रहेकाले सबै नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्। मौसम पूर्वानुमान विभागले दिउँसो जारी गरेको सूचनालाई उद्धृत गर्दै प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत सावधानी अपनाउन अपिल गरेका हुन्। प्रधानमन्त्री ओलीले भनेका छन्, “मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपदबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौं। अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु। सुरक्षाकर्मीहरूलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन पनि दिएको छु।” मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ।…

Read More

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले लमजुङ जिल्लाको भुजुङ वर्षा मापन केन्द्र र वरपरका क्षेत्रमा पछिल्लो एक घण्टामा हल्कादेखि मध्यम वर्षा मापन भएको जनाएको छ। आइतबार बिहान ३:१७ बजे जारी गरिएको विभागीय सूचनामा निरन्तर वर्षाका कारण सो क्षेत्र भएर बहने साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने सम्भावना रहेको चेतावनी दिइएको छ। विभागले भिरालो र कमजोर भू–भागहरूमा पहिरोको जोखिम समेत उच्च रहेको जनाउँदै स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै, नदी किनार तथा पहिरो जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका नागरिकलाई विशेष सावधानी अपनाउन र सुरक्षित स्थानतर्फ सर्न विभागले आग्रह गरेको छ। सरकारी निकायहरूलाई जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन…

Read More