Author: हाम्राे हेडलाइन

लमजुङ । लमजुङको बेंसीशहर नगरपालिका–१, चिप्लेटीमा देखिएको किङ कोब्राको उद्धार सफल भए पनि त्यसपछिको घटनाले वन कार्यालयलाई थप संकटमा पारेको छ। उद्धारपछि सुरक्षित स्थानमा लैजाँदै गर्दा सर्प गाडीको इन्जिनभित्र पसेर बेपत्ता भएपछि वनकर्मी मात्र होइन, स्थानीय बासिन्दा समेत त्रसित बनेका छन्। सर्प अझै फेला नपरेको र गाडीभित्रै लुकेको हुनसक्ने आशंकाले डर फैलिएको छ। डिभिजन वन कार्यालय, लमजुङका सूचना अधिकारी सन्तोष खनालका अनुसार सर्प देखिएको सूचना बिहानैदेखि चार पटक आयो, तर कार्यालयसँग न त गाडी थियो, न तालिम प्राप्त प्राविधिक। ‘डीएफओ ज्यू सिडिओ कार्यालयको बैठकमा हुनुहुन्थ्यो, गाडी पनि थिएन,’ खनालले भने, ‘मैले दौडेर गएर टोली पठाएँ। तर हामीसँग तालिमप्राप्त जनशक्ति छैन।…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँगको भेटघाट पूर्वराष्ट्रपतिकाे आग्रहमै भएको बताएका छन्। पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भेटवार्तामा विद्या भण्डारीलाई पोलिटब्युरोको पछिल्लो निर्णयबारे जानकारी गराइएको बताए। उनका अनुसार, भेटमा राष्ट्रिय राजनीति, राष्ट्रपतिको गरिमा र गणतन्त्रप्रति अनावश्यक विवाद सिर्जना नहोस् भन्ने विषयमा स्पष्ट धारणा राखिएको थियो। ओलीले भने, “राष्ट्रिय राजनीति, राष्ट्रपतिको गरिमा र हाम्रो गणतन्त्रलाई अनावश्यक विवादमा तान्न नहुने कुरा पनि स्पष्ट रूपमा राखिएको छ। उहाँले आफ्नो धारणा सोचेर पछि जानकारी दिने बताउनुभएको छ। त्यसपछि पार्टीले आवश्यक निर्णय गर्नेछ।” भेटबारे थप विवरण दिँदै उनले भने,‘पार्टी कार्यालय नगएको धेरै भयो, त्यहीँ आउँछु।’…

Read More

काठमाडौं, साउन ७ – साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले वृद्धि हुँदै ११ महिनायता कै उच्च विन्दुमा पुगेको छ। नेप्से सूचक आज २१.७६ अंक अर्थात ०.७५ प्रतिशतले बढेर २८९२.७२ विन्दुमा पुगेको हो। आज बलिया कम्पनीहरूको मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.८९ प्रतिशतले बढेर ५०२.४९ विन्दुमा पुगेको छ। कारोबार स्थिति आजको दिन नेप्सेमा सूचीकृत ३११ कम्पनीका ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर खरिदबिक्री भए। कुल कारोबार रकम १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँभन्दा बढी रह्यो। सबै समूहमा हरियाली आज कारोबार भएका सबै १३ समूहमा वृद्धि देखियो। लघुवित्त: १.९३% विकास बैंक: १.४२%…

Read More

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास गरेका ४५ जना शाखा अधिकृतहरू खटाएको छ। तीन दिने तालीमपछि उनीहरू सोमबारदेखि औपचारिक रूपमा कार्यभारमा परिचालित भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छनोट गरी गृह मन्त्रालयमा पठाएका अधिकृतहरूलाई अध्यागमन कार्यालयमा खटाइएको हो। सोही सङ्ख्यामा पहिले कार्यरत शाखा अधिकृतहरूलाई मन्त्रालयले फिर्ता बोलाएको छ। गृह मन्त्रालय स्रोतका अनुसार विमानस्थलको अध्यागमन कार्यालयलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यसहित युवा अधिकृतहरूको टोली खटाइएको हो। यी अधिकृतहरूको आगमनसँगै अध्यागमन कार्यालयमा प्रशासनिक सशक्तीकरण हुने अपेक्षा गरिएको छ। विमानस्थल अध्यागमन कार्यालयले अन्तर्राष्ट्रिय आगमन र प्रस्थान जस्तो संवेदनशील जिम्मेवारी निर्वाह गर्दै आएको छ।…

Read More

काठमाडौं । नेपाली मिडिया उद्योगमा उल्लेखनीय योगदान पुर्‍याउँदै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपाली पत्रकारिता पहिचान दिलाउन सफल अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतलाई अमेरिकाको प्रतिष्ठित कम्पनी बाईस्ट्रिम्स एलएलसी ले यस वर्षको ‘मिडिया लिडर अफ द इयर’ अवार्ड दिने घोषणा गरेको छ। कम्पनीका चेयरम्यान एड्रियन पोखरेलले कम्पनीको आधिकारिक फेसबुक पेज र ‘नमस्ते अमेरिका’ कार्यक्रममार्फत अवार्डको घोषणा गरेका हुन्। पोखरेलले बस्नेतको सत्य, नवीनता र जनसेवामूलक पत्रकारिताको प्रशंसा गर्दै भने, “नेपाली संचार क्षेत्रमा मात्र होइन, अन्तर्राष्ट्रिय मिडिया नेतृत्वको यात्रामा समेत उनले अनुकरणीय मापदण्ड स्थापना गरेका छन्। उनी विश्व पत्रकारिताका लागि पनि प्रेरणास्रोत बनिसकेका छन्।” उनको नेतृत्वमा अन्नपूर्ण मिडिया नेटवर्क प्रेस स्वतन्त्रताको पहरेदार, उत्पीडित आवाजको…

Read More

काठमाडौँ । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा अहिराज बलात्कारको आरोपमा पक्राउ परेका छन्। काठमाडौँको बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको अभियोगमा उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर, काठमाडौं का अनुसार पीडित महिलामाथि २०७८ जेठ ४ गते बलात्कार भएको हो। घटनापछि कसैलाई बताए ज्यान मार्ने धम्कीसमेत दिएको पीडितले प्रहरीलाई बयान दिएकी छिन्। पीडितले यसअघि पटक–पटक जाहेरी दर्ता गर्न खोजे पनि प्रहरीले अस्वीकार गरेको बताइएको छ। अन्ततः उनले २०७८ कात्तिक २८ गते जिल्ला सरकारी वकिलको कार्यालयमा निवेदन दिएकी थिइन्। वकिलको कार्यालयको पत्राचारपछि २०७८ माघ ३ गते प्रहरीमा औपचारिक जाहेरी दर्ता भएको हो। प्रहरीले २०७८ चैत २५ गते जिल्ला अदालतबाट…

Read More

काठमाडौँ । निर्वाचन आयोगले रूपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन गर्ने कार्यक्रम स्वीकृत गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार निर्वाचन प्रक्रिया असोज २१ गते उम्मेदवारको मनोनयनबाट सुरु हुनेछ। निर्वाचन कार्यक्रमअनुसार: असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ। सोही दिन बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ। असोज २२ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ। उजुरी र मनोनयनपत्रको जाँचबुझ गरी असोज २३ गते बेलुका ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। असोज २४ गते…

Read More

काठमाडौं । देशभर ७२.१४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार साउन ४ गतेसम्मको तथ्यांकमा आधारित यो अवस्था अघिल्लो वर्षको तुलनामा १२.४६ प्रतिशतले कम हो। गत वर्ष सोही अवधिसम्म अर्थात् साउन ६ गतेसम्म ८४.६ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो। कुन प्रदेशमा कति प्रतिशत रोपाइँ? साउन ४ सम्मको विवरणअनुसार रोपाइँको प्रगतिमा प्रदेशअनुसार फरक देखिएको छ। सुदूरपश्चिम प्रदेश: सबैभन्दा बढी ९६.९९% लुम्बिनी र कर्णाली प्रदेश: ८७.९३% बागमती प्रदेश: ८७.१९% गण्डकी प्रदेश: ७९.२८% कोशी प्रदेश: ६१.७९% मधेश प्रदेश: सबैभन्दा कम ४६.८३% ढिलाइको कारण? मन्त्रालयका अनुसार वर्षा ढिलो हुनु, बाढी, डुबान, र रोपाइँको तयारीमा कठिनाइ जस्ता कारणले…

Read More

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिललाई स्वतन्त्र र स्वायत्त संयन्त्रको रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। मन्त्री गुरुङले भने, ‘काउन्सिल स्वतन्त्र र स्वायत्त हुनुपर्ने माग जायज हो, तर पूर्ण रूपमा सरकारबाट अलग भएर बस्ने कुरा सम्भव छैन।’ उनले सञ्चार क्षेत्रले सरकारसँग कहीँ न कहीँ जोडिनै पर्ने अवस्था रहने स्पष्ट पारे। उनका अनुसार, सरकारको हस्तक्षेप कम गर्ने उद्देश्यले स्वतन्त्र संयन्त्रको विकास गरिँदैछ। सञ्चार क्षेत्रलाई मर्यादित र अनुशासित बनाउने उद्देश्यले मिडिया काउन्सिलको गठनको तयारी…

Read More

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि देखिएको छ। नेप्से ०.३२ अंकले बढेर २८७०.९५ विन्दुमा पुगेको छ। तर, सेन्सेटिभ इण्डेक्स २.४६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०५ अंकले क्रमशः कमी आएको छ। आइतबार कुल ३१६ कम्पनीका करिब ५ करोड १६ लाख ५८ हजार कित्ता शेयर २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएका छन्। यो कारोबार रकम गत बिहीबारको १६ अर्ब ३० करोडभन्दा उल्लेख्य रूपमा बढी हो। नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचकमा वृद्धि देखिएको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूहको…

Read More