Author: हाम्राे हेडलाइन

ढाका । बंगलादेशको ढाकामा जारी साफ यू–२० महिला फुटबल च्याम्पियनसिपमा नेपालले उत्कृष्ट लय कायम राख्दै उपाधिको बलियो दाबी पेश गरेको छ। शनिबार सम्पन्न खेलमा नेपालले भुटानलाई ८–० गोलअन्तरले पराजित गर्दै शिर्ष स्थानको होडमा प्रतिस्पर्धा चर्काएको हो। यस जितसँगै नेपालले प्रतियोगितामा पाँच खेलमध्ये चारमा जित हासिल गर्दै १२ अंक बनाएको छ। नेपाल अब जुलाई २१ मा आयोजक बंगलादेशविरुद्ध अन्तिम खेल खेल्दैछ, जसको नतिजा उपाधि भाग्य निर्धारण गर्नेछ। पूर्णिमा र मीना देउवाको निर्णायक योगदान नेपालको जितमा पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक गर्दै टिमको आक्रमणलाई धारिलो बनाइदिए। यस्तै कुसुम खतिवडा र समिक्षा मगरले एक–एक गोल थप्दै नेपालको गोल संख्या आठ पुर्‍याएका हुन्।…

Read More

काठमाडौं । लमजुङ जिल्ला कारागारको पर्खाल क्षतिग्रस्त भएपछि अस्थायी रुपमा अन्य जिल्लामा स्थानान्तरण भएका छन् । कारागार पर्खाल भत्किएपछि उनीहरूलाई तनहुँ (३० जना) र कास्की (७८ जना) स्थित कारागारमा पठाउने निर्णय भएको थियो। तर, जिल्लामै बस्न पाउने अधिकारको माग राख्दै कैदीहरूले शुरुवाती चरणमा स्थानान्तरण अस्वीकार गरेका थिए। प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले कैदीहरूलाई स्थानान्तरण गर्नुअघि लामो छलफल र अन्तरक्रिया गरेको थियो। आफ्नो परिवार, स्वास्थ्य र अदालती सुनुवाइमा असर पर्न सक्ने चिन्ता राखेका कैदीहरूसँग संवादपछि, लिखित प्रतिवद्धतासहित स्थानान्तरणमा सहमति बनाइएको हो। पुरुष कैदीहरूलाई चारवटा बसमा, र महिला कैदीहरूलाई हाइस मोटरमा राखी सुरक्षा टोलीको साथमा नयाँ गन्तव्यतर्फ पठाइएको छ।…

Read More

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारले तोकेको मितिमा विद्यालय शिक्षा ऐन नल्याएको भन्दै आक्रोश व्यक्त गर्दै २१ साउनभित्र ऐन जारी गर्न अल्टिमेटम दिएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले ऐन प्रतिनिधिसभाबाट सहमतिअनुसार पारित गराउन सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको हो। २०८० चैतदेखि सुरु भएको आन्दोलनपछि १७ वैशाखमा सरकारसँग भएको सहमति अनुसार १५ असारभित्र ऐन ल्याउने प्रतिबद्धता गरिए पनि सरकारले तोकिएको मिति नपु¥याएकोमा महासंघ असन्तुष्ट बनेको छ। महासंघले २०७५, २०७८, २०८० र २०८१ मा भएका सहमतिहरूलाई स्मरण गराउँदै शिक्षकहरूको स्थायीत्व, बढुवा, सरुवा, ट्रेड युनियन अधिकार, द्वन्द्वपीडित शिक्षकहरूको व्यवस्थापनलगायतका विषय समेटिएको विधेयक तत्काल पास गर्नुपर्ने माग राखेको छ। २१ साउनभित्र पनि ऐन…

Read More

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा सरकारको आम्दानी र खर्च दुवै लक्ष्यभन्दा निकै कम देखिएको छ। सरकारले दुईपटक संशोधन गरेको आय-व्ययको लक्ष्य समेत पूरा हुन सकेन। सरकारले उक्त वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरे पनि असार मसान्तसम्म कुल १५ खर्ब २३ अर्ब १० करोड रुपैयाँमात्र खर्च भएको छ। जुन कुल बजेटको ८१.८७ प्रतिशत मात्र हो। खर्च विवरण यस्तो छ: चालु खर्च: विनियोजन – ११ खर्ब ४० अर्ब ६६ करोडखर्च – ९ खर्ब ८० अर्ब २८ करोड (८५.९५%) पुँजीगत खर्च: विनियोजन – ३ खर्ब ५२ अर्ब ३५ करोडखर्च –…

Read More

काठमाडौं । नेकपा (एमाले) ले पार्टी पदाधिकारीका लागि तोकिएको ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार राति बसेको सचिवालय बैठकले यो प्रस्ताव पारित गरेको हो। सचिवालय बैठकमा उपाध्यक्ष विष्णु प्रसाद पौडेलले दोस्रो विधान महाधिवेशनका लागि पेश गरेको विधान संशोधन प्रस्तावलाई अन्तिम रूप दिँदै पार्टी विधान (२०७८ संशोधन) को धारा ६४ अन्तर्गतको उमेर हद र कार्यकाल सम्बन्धी प्रावधान हटाउने निर्णय गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। प्रस्ताव शुक्रबार (साउन २ गते) बिहान ११ बजे बस्ने पोलिटब्युरो बैठकमा पेश गरिनेछ भने त्यसपछि साउन ५ गते बस्ने केन्द्रीय कमिटी…

Read More

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले करारमा रहेका आठ जना कर्मचारीलाई बर्खास्त गरेको छ। करार सेवामा कार्यरत तीन जना सवारी चालक र पाँच जना कार्यालय सहयोगीको करार अवधि खारेज गरिएको हो। अध्यागमन कार्यालयले ती कर्मचारीका लागि जारी गरिएको स्थायी पास पनि निष्क्रिय बनाएको छ। नागरिक उड्डयन कार्यालयलाई पठाइएको पत्रमार्फत पास निष्क्रिय गराउन अनुरोध गरिएको हो। बर्खास्त गरिएका कर्मचारीहरूमा गुञ्जा बुढाथोकी, दिपेन्द्र दाहाल, श्रीराम सिलवाल, रमिता नेपाली, देवीकुमारी पोखरेल, इन्द्रबहादुर बोहोरा, चिजा पराजुली र चिनमाया स्याङ्वो रहेका छन्। यद्यपि कार्यालयले बजेट अभावका कारण सेवा अवधि खारेज गरिएको जनाएको छ, तर सिंहदरवारस्थित विशेष ब्युरो स्रोतका अनुसार अध्यागमन कार्यसम्पादनमा देखिएको अनियमितता तथा…

Read More

काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकामा साउन ८ र ९ गते नि:शुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। गाउँघरमै सहज रूपमा दन्त सेवा उपलब्ध गराउने उदेश्यले आयोजना गरिने सो शिविरमा दाँतको सामान्य जाँच, सिमेन्ट भर्ने, दाँत उखेल्ने र निशुल्क औषधि वितरण गरिनेछ। दोर्दी गाउँपालिका र ओम समाज डेण्टल काठमाडौँको प्राविधिक सहयोगमा नौथर सामुदायिक स्वास्थ्य इकाइको प्राङ्गणमा आयोजना हुने शिविरमा मुटु फाउण्डेशन नेपाल, मनोज एसोसिएसन फ्रान्स र नमस्ते ग्रेनोबल फ्रान्सले सहयोग गरेका छन्। गाउँपालिका अध्यक्ष युवराज अधिकारीका सचिव प्रेमबहादुर गुरुङका अनुसार, शिविरमा सेवा लिने विरामीलाई थप उपचारको आवश्यकता परेमा काठमाडौँस्थित ओम समाज डेण्टल हस्पिटलबाट २० प्रतिशत सहुलियतमा सेवा प्रदान गरिने व्यवस्था…

Read More

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले हालै सार्वजनिक भएको ३२ लाख रुपैयाँ घुससम्बन्धी अडियो प्रकरणका बावजुद राजीनामा नदिने बताएका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले भने, “पुनर्गठन हुँदा मन्त्री नरहन सक्छु, तर अहिले राजीनामा दिन्नँ।” उनमाथि व्यक्तिको नाममा जग्गा दर्ता गर्ने क्रममा ३२ लाख रुपैयाँ घुस लिएको दाबी गरिएको अडियो क्लिप सार्वजनिक भएको थियो। यसअघि पोखरामा १३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने काममा संलग्न व्यक्तिहरूसँग घुस डिल गरेको अडियो सार्वजनिक भएपछि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए। मन्त्री अधिकारीले आफू माथि लागेको आरोपहरूबारे प्रष्ट पार्न तयार रहेको बताए र कानुनी प्रक्रिया अनुसार…

Read More

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उत्साह छाएको छ। नेप्से परिसूचक बिहीबार ७५.८४ अंकले बढेर २८७०.६३ विन्दुमा पुगेको छ। यो लगातार तेस्रो दिन वृद्धि हो। आज सेन्सेटिभ इन्डेक्स ११.२२ अंक, फ्लोट इन्डेक्स ५.०६ र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.७९ अंकले बढेका छन्। कारोबार रकम ११ महिनाको उच्चतम स्तरमा पुगेको छ। बुधबार ३११ कम्पनीका १ लाख ४१ हजार ४३४ पटक कारोबार हुँदा १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँ बराबरको ३ करोड ८६ लाख कित्ता शेयर किनबेच भएको छ। गत वर्ष भदौ ११ मा कारोबार रकम १८ अर्ब ५० करोडभन्दा बढी थियो। बिहीबार ट्रेड टावर, शुभम पावर र थ्रिस्टार…

Read More

काठमाडौं । फिल्म ‘मैझारो’को शुभमुहूर्तसँगै बिहीबारदेखि छायांकन सुरु गरिएको छ। फिल्मको छायांकन नेपालकै पूर्वी पहाडी जिल्ला इलामबाट सुरु गरिएको हो। फिल्मको निर्देशन अभिनेता विल्सन विक्रम राईले (तक्मे बुढा) गरेका छन्। यो फिल्ममार्फत उनले निर्देशनमा डेब्यु गरेका हुन्। फिल्मको छायांकन इलाम र पाँचथरका विभिन्न स्थानमा हुने बताइएको छ। निर्देशक राईका अनुसार फिल्ममा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई प्रस्तुत गरिएको छ। फिल्ममा धीरज मगर, मिरुना मगर, दिया पुन, सुनिल थापा, कविता आले, पुस्कर गुरुङ, बुद्धि तामाङ, अभयराज बराल, उदय सुब्बा, रजनी गुरुङ, विशाल लिम्बू र सुभाष सिंह ठकुरीलगायतको अभिनय रहनेछ। फिल्ममा संगीत अनमोल गुरुङ र तोरेम्पा हाङ राईले संयोजन गर्ने…

Read More