Author: हाम्राे हेडलाइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम धमाधम भइरहेको छ। तर, तोकिएको समयमा सम्पन्न नहुँदा निर्माण कम्पनीले हर्जना तिर्दै काम गरिरहेको ओलीको दाबी रहेको छ। प्रधानमन्त्री ओलीले सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड र पुरस्कारको व्यवस्था गरेको उल्लेख गरे। ‘कीर्तिपुर क्रिकेट रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ। तोकिएको समयमा सम्पन्न नहुँदा निर्माण कम्पनीले हर्जना तिर्दै काम गरिरहेको छ। तीन सिफ्टमा काम गर्दा पनि वर्षालगायत अन्य प्राविधिक कारणले ढिलाइ भएको हुन सक्छ।’…

Read More

एजेन्सी । बंगलादेशको गोपालगञ्ज शहरमा बुधबार नेसनल सिटिजन पार्टी (एनसीपी) आबद्ध युवाहरूको नेतृत्वमा निकालिएको र्‍यालीका क्रममा भएको झडपमा ४ जनाको मृत्यु भएको छ। हिंसा नियन्त्रणका लागि प्रहरीद्वारा चलाइएको गोली लागेर ९ जना घाइते भएका छन्। गोपालगञ्ज बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला हो। बंगलादेशी समाचार संस्था ‘प्रोथोम आलो’ का अनुसार, र्‍यालीका क्रममा शेख हसिनाको पार्टी अवामी लीगका समर्थक र प्रहरीबीच झडप भएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार अवामी लीग समर्थकहरूले लाठी, ढुंगा र इँटा प्रयोग गरी सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए। प्रदर्शनकारीहरूले प्रहरी र प्रशासन प्रमुखको सवारीसाधनमा तोडफोड गरेका थिए। यस्तै, एनसीपीको जुलुसमाथि आक्रमण भएपछि प्रहरीले जवाफमा गोली चलाएको र भिड तितरबितर पार्न अश्रुग्यास…

Read More

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद अल-अदाहको अवसरमा जेलमा रहेका १२० जना नेपालीलाई आममाफी दिएको छ। युएईस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख अनुसार, आममाफीको निर्णयअनुसार ती नेपालीको बाँकी सजाय अवधि मिनाहा गरिएको हो। आममाफी पाएका नेपालीहरू चाँडै स्वदेश फर्किने तयारीमा रहेका छन्। राजदूतावासले युएई सरकारप्रति धन्यवाद व्यक्त गर्दै मानवताको नाताले गरिएको यो निर्णयले नेपाली समुदायलाई राहत र खुशी प्रदान गरेको जनाएको छ। युएईमा रोजगारीका क्रममा विभिन्न कारणले जेल सजाय भोगिरहेका नेपालीहरूका लागि यो आममाफी ठूलो राहतको रूपमा आएको बताइएको छ।

Read More

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि ४९ करोड ५९ लाखको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्रीनिवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट स्वीकृत भएको हो । विश्वविद्यालयको हालको बेरुजु शून्य दशमलव पाँच मात्रै भएको बैठकलाई अवगत गराइयो । कुलपति ओलीको निर्देशनमा सबै विश्वविद्यालय (प्रतिष्ठान)हरूले नयाँ आर्थिक वर्ष लाग्नुअगावै आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृतिका लागि छोटो सूचनामा विश्वविद्यालयको सभा राखिएको हो ।

Read More

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको जसपा नेपालको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको निष्कर्षसहित समर्थन फिर्ता लिने निर्णय गरेको हो । यसअघि पार्टीको कार्यकारिणी समितिको बैठकले समर्थन फिर्ता लिन निर्देशन दिएको थियो । त्यसो त केही दिन अघि यादवले प्रधानमन्त्रीसहित सरकारमा सामेल दलका शीर्ष नेताहरुसँग भेटघाट समेत गरेका थिए । खासगरी वर्तमान सरकार गठन हुँदा संविधान संशोधनको विषयलाई लिएर मधेशवादी दलहरुले सरकारलाई समर्थन गरेका थिए । तर सरकारले संविधान संशोधनको…

Read More

काठमाडौं । साउन महिनादेखि लागू हुनेगरी वाणिज्य बैंकहरूले सार्वजनिक गरेको ब्याजदर अनुसार मुद्दती निक्षेपमा ब्याजदर औसत रूपमा घटेको छ। बैंकहरूले सार्वजनिक गरेका नयाँ दर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.२६ प्रतिशतले घटेर ५.७ प्रतिशतमा झरेको छ भने संस्थागत निक्षेपको ब्याजदर ०.२६ प्रतिशत घटेर ४.११ प्रतिशत कायम भएको छ। १४ बैंकले ब्याजदर घटाए, २ ले बढाए साउन १ गतेदेखि लागू हुने नयाँ ब्याजदरमा १४ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने २ बैंकले मात्र बढाएका छन्। बाँकी बैंकहरूले असार महिनाको दरलाई निरन्तरता दिएका छन्। ब्याजदर घटाउने प्रमुख बैंकहरू: कृषि विकास बैंक: ५.४०% नेपाल बैंक: ५.४०% कुमारी बैंक: ५.४१% नेपाल एसबीआई…

Read More

काठमाडौं । सरकारले पछिल्ला दुई मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । बुधबार सिंहदरबारमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पछिल्ला दुई मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । असार २३ गतेका मुख्य निर्णयहरू: दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक (साउन ६–१२, न्यूयोर्क, अमेरिका) मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई चीन भ्रमण स्वीकृति। एक हजार रुपैयाँ दरको नयाँ नोट छपाइका लागि चित्र र आकार स्वीकृत। विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत १०.८ मिलियन अमेरिकी डलर बराबरको विश्व बैंक अनुदान स्वीकार।…

Read More

काठमाडौं । सरकारले साउन महिनालाई ‘डेंगी सचेतना महिना’को रूपमा मनाउने घोषणा गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार विशेष कार्यक्रम आयोजना गरी लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोगबारे जनचेतना फैलाउने उद्देश्यले साउन महिना चयन गरिएको जानकारी दिएको हो। कार्यक्रममा मन्त्रालयले यस वर्ष देशभर ६० हजारभन्दा बढी नागरिकमा डेंगी संक्रमण देखिन सक्ने अनुमान सार्वजनिक गरेको छ। गत वर्षको तुलनामा संक्रमणको जोखिम अझै बढ्ने आँकलन गर्दै समयमै सतर्कता अपनाउन आग्रह गरिएको छ। मन्त्रालयका अनुसार डेंगी संक्रमण साउनदेखि कात्तिक महिनासम्म बढी देखिने भएकाले साउन महिनाबाटै सतर्कता, जनचेतना, सफाइ र रोकथाममा जोड दिइएको हो। स्वास्थ्य मन्त्रालयले डेंगीविरुद्धको अभियानमा स्थानीय तहहरूसँग मिलेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने…

Read More

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको विज्ञप्तिमार्फत् जनाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यसूची अनुसार मूल्य समायोजन गरिएको निगमको बिज्ञप्तिमा उल्लेख छ ।आईओसीबाट पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३ पैसा र डिजेलमा १ रुपैयाँ ३० पैसा घटेर आएपछि सोही अनुसार समायोजन गरिएको हो । मूल्यसूची

Read More

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफूले पाउने जिम्मेवारी पार्टीको केन्द्रीय कमिटीले तय गर्ने स्पष्ट पारेकी छन्। मंगलबार राजधानीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आगामी विधान महाधिवेशनमा आफ्नो सहभागिता पनि कमिटीको निर्णयमा निर्भर हुने बताइन्। “मेरो उपस्थितिको विषय केन्द्रीय कमिटीले कुन रूपमा लैजान्छ भन्ने हो,” भण्डारीले भनिन्, “मलाई प्रतिनिधिका रूपमा लैजानुहुन्छ कि होइन, त्यो केन्द्रीय कमिटीको निर्णय हो।” उनले पार्टीभित्र आफूले पाउने जिम्मेवारीबारे केन्द्रीय कमिटीमा छलफल हुने अपेक्षा समेत राखिन्। “पक्कै पनि मेरो विषयमा धारणा बनेर निर्णय हुन्छ होला,” उनले थपिन्। यसै क्रममा उनले आफ्ना पति मदन भण्डारीको रहस्यमय मृत्युलाई अझै पनि समाजले स्पष्ट रूपमा नबुझेको उल्लेख गर्दै यसबारे उठ्ने…

Read More