Author: हाम्राे हेडलाइन

काठमाडौं । मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्यक्षमता र जिम्मेवारीपालनबारे छानबिन गर्न समिति गठन गरेको छ । पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति बनेको एक मन्त्रीले जानकारी दिए । समितिका अन्य दुई जना सदस्यमा कृष्ण गिरी र जीवनप्रकाश सिटौला छन् । छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वतः पदमुक्त भएका छन् । सरकारले गत फागुन १२ गते ओझालाई बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । उनले अध्यक्ष हुन पेस गरेका कागजातमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ ।

Read More

काठमाडौं । बहुप्रतीक्षित मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)को निर्माण कार्य अझै पूरा हुन सकेको छैन। तेस्रोपटक थप गरिएको म्याद पनि यही असार २९ गते सकिँदै निर्माण कार्य समयमै सम्पन्न नहुँदा पुनः म्याद थपको सिफारिस गरिएको छ। आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.५ किलोमिटर लामो पूर्वी खण्डमा चार लेनमा कालोपत्र सम्पन्न भइसके पनि अन्य संरचनागत काम बाँकी रहेकाले म्याद थप्नुपर्ने अवस्था आएको हो। योजना अन्तर्गतका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार, “कालोपत्रको सबै काम सकिएको छ। दमौली बजारमा छ लेन र अन्य ठाउँमा चार लेनमा कालोपत्र भइसकेको छ। अधिकांश स्थानमा रङरोगनको कामसमेत पूरा भइसकेको छ। अब थोरै काम मात्र बाँकी रहेकाले मन्त्रालयमा म्याद थप सिफारिस पठाइएको…

Read More

काठमाडौं । प्रधानमन्त्रकी केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुनर्विचार गरिने बताएका छन् । काठमाडाैंमा सोमबार त्रिवि शिक्षण अस्पतालको ४३ औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री ओलीले स्वास्थ्य बीमाका नाममा कतिपय दुरुपयोग हुने गरेको पाइएको बताए । उनले  औचित्य पुष्टि हुने गरी स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गरिने बताए । उनले निरोगी नेपाल अभियान र बिरामीलाई सही उपचार गराउने काममा थप सफलता हासिल गर्न त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताललाई आग्रह पनि गरे । प्रधानमन्त्री ओलीले नेपाली जनताको सेवा गर्ने मामिलामा सर्वाेत्कृष्टता हासिल गरेको यस अस्पतालले दक्ष जनशक्ति उत्पादन, स्वाथ्य उपचार र स्वास्थ्य सेवाका क्षेत्रमा यसले अझै सफलता हासिल गर्दै जानुपर्नेमा जोड दिए । प्रधानमन्त्री…

Read More

काठमाडौँ । साताको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक ३५ दशमलव ०९ अंकले घट्दै २ हजार ७२५ विन्दुमा कायम भएको छ। बजारमा मन्दीको प्रभाव देखिए पनि केही कम्पनीका लगानीकर्ताले भने उल्लेखनीय लाभ कमाएका छन्। आजको दिन कारोबार भएका ३२१ कम्पनीमध्ये ५० कम्पनीको सेयर मूल्यमा वृद्धि भयो भने १९८ कम्पनीको मूल्य घट्यो। दिनभरको कारोबारमा २ करोड ११ लाख २ हजार ५४० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको भयो, जसको सेयर मात्रै ४० करोड ८८ लाख रुपैयाँमा किनबेच भयो। त्यसपछि…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बहुआयामिक संकटको जोखिममा रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जनतासँग गरिएको सपना र प्रतिबद्धता वर्तमान सत्ताको कार्यशैलीले अपमानित बनाएको टिप्पणी गरे। “के हामी शान्ति सम्झौताका बेला देखिएको सपना अनुसार अघि बढिरहेका छौं?” भन्ने प्रश्न गर्दै अध्यक्ष प्रचण्डले भ्रष्टाचार, अराजकता र बेथिति मौलाएको, सार्वजनिक सेवामा पहुँच कठिन भएको र पछाडि पारिएका वर्गलाई राज्यले संरक्षण दिन नसकेको आरोप लगाए। उनले शासकीय संरचना र राजनीतिक नेतृत्व जनतासँगको दूरीमा फसेको भन्दै गम्भीर आत्मसमीक्षाको खाँचो औंल्याए। प्रचण्डले…

Read More

काठमाडौं । नेपालका पूर्वी क्षेत्रमा यो वर्ष धान रोपाइँ उल्लेख्यरूपमा घटेको पाइएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागका अनुसार असार २९ गतेसम्म कोशी प्रदेशमा २०.४ प्रतिशत विन्दु र मधेस प्रदेशमा २७.७ प्रतिशत विन्दुले रोपाइँ कम भएको छ। देशभर कुल १३ लाख ८३ हजार ७३२ हेक्टर रोपाइँयोग्य क्षेत्रमध्ये हालसम्म ५९ प्रतिशत अर्थात् ८ लाख १६ हजार ४०५.७ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ। गत वर्ष सोही अवधिसम्म ६७.६ प्रतिशत रोपाइँ भइसकेको थियो। कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार पूर्वी नेपालमा मनसुन अपेक्षाअनुसार सक्रिय हुन नसक्दा रोपाइँमा कमी आएको हो। “पूर्वी तराईमा मनसुन छिटो सुरु भए पनि वर्षा…

Read More

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक अन्य व्यक्ति कसरी संलग्न भए भन्ने विषयमा गहिरो छानबिन गर्न निर्देशन दिएका छन्। मन्त्री लेखकले आज गृहसचिव गोकर्णमणि दुवाडी र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापालाई आवश्यक अनुसन्धान गर्न निर्देशन दिएको उनका सचिवालयले जनाएको छ। “प्रधानमन्त्रीको प्रतिनिधिमण्डलबाहेक स्पेनमा को–को गए? कुन विधि, प्रक्रिया र कुन संस्थामार्फत भ्रमण भयो भन्ने विषयमा छानबिन गर्न निर्देशन दिएको छु,” मन्त्री लेखकले बताएका छन्। उनले भिजिट भिसाको प्रबन्ध कसले गर्‍यो? कसरी यस्तो भ्रमण सम्भव भयो भन्नेबारे पनि गहिरो अनुसन्धान हुने स्पष्ट पारेका छन्। गृह मन्त्रालयका अनुसार यस विषयमा छानबिन गर्न…

Read More

काठमाडौं ।  भाटभटेनी समूहद्वारा नौ करोड ५० लाख बराबर लागतमा त्रिवि शिक्षण अस्पतालमा निर्माण गरिएको भवन शिक्षण अस्ताललाई हस्तान्तरण गरेको छ । सोमवार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा अस्पताललाई भवन हस्तान्तरण गरिएको हो । भाट भटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले अस्पताललाई भवन हस्तान्तरण गरे । ईएचएस भवन हस्तान्तरण गर्दै अध्यक्ष गुरुङले भाटभटेनी समूहले स्व.पिता वृषबहादुर गुरुङ र स्व. माता धनमाया गुरुङको स्मृतिमा भवन निर्माण गरी अस्पताललाई हस्तान्तरण गरेको बताए । समृद्ध नेपाल र सुखी नेपाली बनाउन भाटभटेनीको तर्फबाट अग्रपंक्तिमा रहेर देश र जनताको सेवा गर्न आफू तयार रहेको बताए । अध्यक्ष गुरुङले सरकारले केही…

Read More

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। आज (सोमबार) बिहानको मापनअनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तल छ। तर दिउँसो तथा बेलुकीतिर ती नदी र तिनीहरूमा मिसिने ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर लगायतका जिल्लाहरूमा स–साना नदीमा आकस्मिक बाढीको…

Read More

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकामा निर्माणाधीन स्काई वाकको सफल परीक्षण गरिएको छ । यो स्काई वाक ऐनापहराको आकर्षक भू–भागमा निर्माण गरिएको हो, जसले पर्यटकलाई नयाँ साहसिक अनुभव दिने विश्वास गरिएको छ। परियोजनाका इञ्जिनियर तथा प्राविधिक टोलीको उपस्थितिमा परीक्षण गरिँदा संरचना सुरक्षित रहेको र हिँडाइ सहज भएको जनाइएको छ। स्काई वाकको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने बाँकी रहेका केही सुरक्षा तथा प्राविधिक व्यवस्थापनको काम सम्पन्न भएपछि आगामी ८–१० दिनभित्र सर्वसाधारणका लागि औपचारिक रूपमा खुला गरिने योजना छ।

Read More