Author: हाम्राे हेडलाइन

काठमाडौं । नेकपा (एमाले) ले पार्टी पदाधिकारीका लागि तोकिएको ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार राति बसेको सचिवालय बैठकले यो प्रस्ताव पारित गरेको हो। सचिवालय बैठकमा उपाध्यक्ष विष्णु प्रसाद पौडेलले दोस्रो विधान महाधिवेशनका लागि पेश गरेको विधान संशोधन प्रस्तावलाई अन्तिम रूप दिँदै पार्टी विधान (२०७८ संशोधन) को धारा ६४ अन्तर्गतको उमेर हद र कार्यकाल सम्बन्धी प्रावधान हटाउने निर्णय गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। प्रस्ताव शुक्रबार (साउन २ गते) बिहान ११ बजे बस्ने पोलिटब्युरो बैठकमा पेश गरिनेछ भने त्यसपछि साउन ५ गते बस्ने केन्द्रीय कमिटी…

Read More

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले करारमा रहेका आठ जना कर्मचारीलाई बर्खास्त गरेको छ। करार सेवामा कार्यरत तीन जना सवारी चालक र पाँच जना कार्यालय सहयोगीको करार अवधि खारेज गरिएको हो। अध्यागमन कार्यालयले ती कर्मचारीका लागि जारी गरिएको स्थायी पास पनि निष्क्रिय बनाएको छ। नागरिक उड्डयन कार्यालयलाई पठाइएको पत्रमार्फत पास निष्क्रिय गराउन अनुरोध गरिएको हो। बर्खास्त गरिएका कर्मचारीहरूमा गुञ्जा बुढाथोकी, दिपेन्द्र दाहाल, श्रीराम सिलवाल, रमिता नेपाली, देवीकुमारी पोखरेल, इन्द्रबहादुर बोहोरा, चिजा पराजुली र चिनमाया स्याङ्वो रहेका छन्। यद्यपि कार्यालयले बजेट अभावका कारण सेवा अवधि खारेज गरिएको जनाएको छ, तर सिंहदरवारस्थित विशेष ब्युरो स्रोतका अनुसार अध्यागमन कार्यसम्पादनमा देखिएको अनियमितता तथा…

Read More

काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकामा साउन ८ र ९ गते नि:शुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। गाउँघरमै सहज रूपमा दन्त सेवा उपलब्ध गराउने उदेश्यले आयोजना गरिने सो शिविरमा दाँतको सामान्य जाँच, सिमेन्ट भर्ने, दाँत उखेल्ने र निशुल्क औषधि वितरण गरिनेछ। दोर्दी गाउँपालिका र ओम समाज डेण्टल काठमाडौँको प्राविधिक सहयोगमा नौथर सामुदायिक स्वास्थ्य इकाइको प्राङ्गणमा आयोजना हुने शिविरमा मुटु फाउण्डेशन नेपाल, मनोज एसोसिएसन फ्रान्स र नमस्ते ग्रेनोबल फ्रान्सले सहयोग गरेका छन्। गाउँपालिका अध्यक्ष युवराज अधिकारीका सचिव प्रेमबहादुर गुरुङका अनुसार, शिविरमा सेवा लिने विरामीलाई थप उपचारको आवश्यकता परेमा काठमाडौँस्थित ओम समाज डेण्टल हस्पिटलबाट २० प्रतिशत सहुलियतमा सेवा प्रदान गरिने व्यवस्था…

Read More

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले हालै सार्वजनिक भएको ३२ लाख रुपैयाँ घुससम्बन्धी अडियो प्रकरणका बावजुद राजीनामा नदिने बताएका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले भने, “पुनर्गठन हुँदा मन्त्री नरहन सक्छु, तर अहिले राजीनामा दिन्नँ।” उनमाथि व्यक्तिको नाममा जग्गा दर्ता गर्ने क्रममा ३२ लाख रुपैयाँ घुस लिएको दाबी गरिएको अडियो क्लिप सार्वजनिक भएको थियो। यसअघि पोखरामा १३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने काममा संलग्न व्यक्तिहरूसँग घुस डिल गरेको अडियो सार्वजनिक भएपछि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए। मन्त्री अधिकारीले आफू माथि लागेको आरोपहरूबारे प्रष्ट पार्न तयार रहेको बताए र कानुनी प्रक्रिया अनुसार…

Read More

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उत्साह छाएको छ। नेप्से परिसूचक बिहीबार ७५.८४ अंकले बढेर २८७०.६३ विन्दुमा पुगेको छ। यो लगातार तेस्रो दिन वृद्धि हो। आज सेन्सेटिभ इन्डेक्स ११.२२ अंक, फ्लोट इन्डेक्स ५.०६ र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.७९ अंकले बढेका छन्। कारोबार रकम ११ महिनाको उच्चतम स्तरमा पुगेको छ। बुधबार ३११ कम्पनीका १ लाख ४१ हजार ४३४ पटक कारोबार हुँदा १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँ बराबरको ३ करोड ८६ लाख कित्ता शेयर किनबेच भएको छ। गत वर्ष भदौ ११ मा कारोबार रकम १८ अर्ब ५० करोडभन्दा बढी थियो। बिहीबार ट्रेड टावर, शुभम पावर र थ्रिस्टार…

Read More

काठमाडौं । फिल्म ‘मैझारो’को शुभमुहूर्तसँगै बिहीबारदेखि छायांकन सुरु गरिएको छ। फिल्मको छायांकन नेपालकै पूर्वी पहाडी जिल्ला इलामबाट सुरु गरिएको हो। फिल्मको निर्देशन अभिनेता विल्सन विक्रम राईले (तक्मे बुढा) गरेका छन्। यो फिल्ममार्फत उनले निर्देशनमा डेब्यु गरेका हुन्। फिल्मको छायांकन इलाम र पाँचथरका विभिन्न स्थानमा हुने बताइएको छ। निर्देशक राईका अनुसार फिल्ममा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई प्रस्तुत गरिएको छ। फिल्ममा धीरज मगर, मिरुना मगर, दिया पुन, सुनिल थापा, कविता आले, पुस्कर गुरुङ, बुद्धि तामाङ, अभयराज बराल, उदय सुब्बा, रजनी गुरुङ, विशाल लिम्बू र सुभाष सिंह ठकुरीलगायतको अभिनय रहनेछ। फिल्ममा संगीत अनमोल गुरुङ र तोरेम्पा हाङ राईले संयोजन गर्ने…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाममा रहेको ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गरिएको छ। आफूलाई नागरिक अभियन्ताका रूपमा चिनाउँदै आएका युवराज सफलले रास्वपाको नाम र चुनाव चिन्ह दुवैप्रति आपत्ति जनाउँदै आयोगमा निवेदन दिएका हुन्। सफलले रास्वपाको नाममा रहेको ‘स्वतन्त्र’ शब्दले स्वतन्त्र उम्मेदवारहरूको अधिकारमाथि प्रहार गरेको तर्क गरेका छन्। “राजनीतिक दल कुनै विचार, सिद्धान्त र संगठनमा आधारित हुन्छ, त्यसैले स्वतन्त्र हुन सक्दैन,” निवेदनमा उल्लेख गरिएको छ, “यसले मतदातामा भ्रम सिर्जना गरेको छ र स्वतन्त्र उम्मेदवारको पहिचान खोसिएको छ।” यसैगरी, उनले रास्वपाको चुनाव चिह्न ‘घण्टी’ प्रति पनि आपत्ति जनाएका छन्। सफलको भनाइमा, घण्टी हिन्दू धर्मको धार्मिक…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दुई देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले डेनमार्कका लागि नेपालकी आवासीय राजदूत सुम्निमा तुलाधरलाई फिनल्याण्डका लागि र बेलायतका लागि नेपालका आवासीय राजदूत चन्द्रकुमार घिमिरेलाई आयरल्याण्डका लागि नेपालको गैरआवासीय राजदूत नियुक्त गरेका हुन्। उनीहरूलाई नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गरिएको हो। राजदूत नियुक्तिपछि सम्बन्धित देशसँगको कूटनीतिक सम्बन्ध सुदृढ हुने अपेक्षा गरिएको छ।

Read More

काठमाडौं । बिहीबारदेखि आर्थिक वर्ष २०८२/८३ सुरु भएको छ। नेपालको वित्तीय व्यवस्थाअनुसार प्रत्येक वर्ष साउन १ गतेबाट नयाँ आर्थिक वर्ष सुरु हुने व्यवस्था छ। नयाँ आर्थिक वर्षसँगै तीन तहका सरकारले सार्वजनिक गरेका बजेट, राजस्व, शुल्क, जरिवाना लगायतका नीतिगत व्यवस्था लागूमा आएका छन्। तर, देशभरका २३ स्थानीय तहले समयमै बजेट पारित गर्न नसकेका कारण ती पालिकामा ‘बजेट होलिडे’ घोषित भएको छ। अर्थत: ती पालिकाहरूमा बिहीबार (साउन १) बाट कुनै पनि सरकारी खर्च गर्न पाइने छैन। संविधान अनुसार स्थानीय तहहरूले आगामी आर्थिक वर्षका लागि असार १० भित्र नीति तथा कार्यक्रम गाउँ वा नगरसभामा पेश गरी असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने प्रावधान छ।…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम धमाधम भइरहेको छ। तर, तोकिएको समयमा सम्पन्न नहुँदा निर्माण कम्पनीले हर्जना तिर्दै काम गरिरहेको ओलीको दाबी रहेको छ। प्रधानमन्त्री ओलीले सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड र पुरस्कारको व्यवस्था गरेको उल्लेख गरे। ‘कीर्तिपुर क्रिकेट रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ। तोकिएको समयमा सम्पन्न नहुँदा निर्माण कम्पनीले हर्जना तिर्दै काम गरिरहेको छ। तीन सिफ्टमा काम गर्दा पनि वर्षालगायत अन्य प्राविधिक कारणले ढिलाइ भएको हुन सक्छ।’…

Read More