Author: हाम्राे हेडलाइन

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारद्वारा ल्याइएको राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली स्थगन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट दायर रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सो आदेश दिएको हो। २०८२ जेठ २० गते गण्डकी प्रदेश सभाबाट पारित नियमावली यातायात व्यवसायीको दबाबमा रोकिएको भन्दै संघीय सरकार र मन्त्रालयहरूमाथि सिन्डिकेटको पक्षपोषण गरेको आरोप लगाइएको थियो। अब नियमावली कार्यान्वयनमा बाटो खुलेको छ।

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलितरुपमा रहेको अवगत गराउँदै आगामी दिनमा माग र आपूर्तिबीचको सन्तुलत कायमका लागि थप प्रयास गरिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राज्यको पर्याप्त क्षमता नहुँदा बजेटमाथि सबै सांसद्हरु सन्तुष्ट हुने स्थिति नआएकाले आगामी दिनमा सन्तुलन कायमको प्रयास गरिने बताए । “हामीलाई छिटो र धेरै ठाउँमा विकास चाहिएको छ तर बजेट कम छ । त्यसकारण बजेटमा सबै सांसद् सन्तुष्ट हुन नसक्ने स्थिति हुन सक्छ…

Read More

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा भइरहेका ठगीका घटनाहरू सरकारका लागि गम्भीर चुनौती बनेको बताएका छन् ।मंगलबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले वैदेशिक रोजगारीका लागि लालायित नेपाली युवाहरूलाई अवैध एजेण्ट र दलालहरूले लुटिरहेकाले त्यस्ता क्रियाकलाप नियन्त्रण गर्न अनुसन्धान संयन्त्रलाई सक्रिय बनाइएको जानकारी दिए । ‘वैदेशिक रोजगारीको क्षेत्रमा हुने ठगी मन्त्रालयको ठुलो चिन्ताको विषय बनेको छ,’ उनले भने, ‘यस्ता ठगीका उजुरी परेपछि नेपाल सरकारको अनुसन्धान संयन्त्रले कडाभन्दा कडा कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।’ उनका अनुसार, श्रमिक ठगिएको उजुरीको अध्ययनका आधारमा दोषीलाई कानुनी दायरामा…

Read More

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसामा देखिएका सम्पूर्ण समस्याको अध्ययन, विश्लेषण र छानबिन गरेर समाधान गर्ने उद्देश्यले उच्चस्तरीय समिति गठन गरिएको बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्‌ले शंकरदास वैरागीको संयोजकत्वमा गठन गरेको सात सदस्यीय समितिबारे जानकारी गराए। गृहमन्त्री लेखकले समितिले संसदमा उठेका सबै सवाल र भावनाहरू समेट्ने गरी काम गर्ने उल्लेख गर्दै, समितिको प्रतिवेदनअनुसार सरकार अल्पकालीन र दीर्घकालीन योजनासहित अगाडि बढ्ने स्पष्ट पारे। उनले भिजिट भिसा प्रकरणमा देखिएका विकृति, बेथिति र सम्भावित मानव तस्करीजस्ता गम्भीर विषयलाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

Read More

काठमाडौं । विज्ञापन बोर्डको सदस्यमा प्रेम बहादुर भट्टराई नियुक्त भएका छन्। नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट भट्टराईलाई सदस्यमा नियुक्त गरिएको हो । सक्रिय राजनीतिक तथा सामाजिक पृष्ठभूमिका भट्टराईको अनुभव, समर्पण र नेतृत्व क्षमताले विज्ञापन क्षेत्रको समुन्नत विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ । भट्टराई लमजुङका हुन् ।

Read More

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ। मलेसियाको कोजल टुन्कु जाफर ओभलमा मंगलबार सम्पन्न खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गर्दै समूह ‘ए’ को शीर्ष स्थानमा स्थान सुरक्षित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको जापानले ३४.३ ओभरमा ८० रनमा सबै विकेट गुमायो। जवाफमा नेपालले ८१ रनको लक्ष्य १४.२ ओभरमा मात्र एक विकेटको क्षतिमा सहजै पुरा गर्‍यो। नेपालका लागि शिवान्स बजगाईंले अविजित ३८ रन तथा प्रसिद्ध जैसीले अविजित ३३ रन बनाए। बलिङतर्फ शुभम् खनालले ५ विकेट लिँदै प्रभावशाली प्रदर्शन गरे। अभय यादवले २ तथा सुशीलबहादुर रावल र कप्तान विपिनप्रसाद शर्माले एक–एक…

Read More

काठमाडौं । खाडी मुलुकका उडान रद्द भएपछि सोमबार रातिदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रु उडान सञ्चालन भएसँगै गन्तव्यतर्फ उड्न थालेका छन्। सोमबार राति ११ः३० बजे कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमान कतारको विकसित परिस्थितिका कारण उडान रद्द भएपछि यात्रु विमानस्थलमा नै अलपत्र परेका थिए। यस्तै, हिमालय एयरलाइन्सको विमानको कतार उडान पनि रद्द हुँदा धेरै सङ्ख्यामा यात्रु अलपत्र परेका थिए। इरानले कतारमा आक्रमण गरेपछि खाडी मुलुकका उडान रद्द भएका थिए। कतारको ‘एयरस्पेस ओपन’ भइसकेकाले गएराति रद्द भएका उडानका यात्रु आज गन्तव्यतर्फ जान थालेको विमानस्थल कार्यालयले जनाएको छ। गएराति रोकिएका उडान आज मध्याह्न १२ बजेका लागि…

Read More

काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व मुख्यसचिव समेत रहेका शंकरदास वैरागीको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय गरेको हाे ।  उक्त समितिले ३ महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ। 

Read More

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवाहरू भ्रमित भएमा परिवर्तन र अग्रगमनको गति सुस्त हुने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाहरूले व्यक्तिको नभई सही विचार र नेतृत्वको पक्षपोषणमा लाग्नुपर्नेमा जोड दिएका हुन् । “अहिले युवा संघको काँधमा असाधारण जिम्मेवारी रहेको छ । आगामी स्थानीय तहको निर्वाचनसम्म यस कमिटीको नेतृत्व रहन्छ । संघको नेतृत्वले आफ्नो कार्यकालका लागि सिंगो योजना बनाओस् । नयाँ इतिहास कायम राखोस् । असाधारण सक्रियताका साथ काम गरोस् ।”, अध्यक्ष ओलीले भने, “यसले सामाजिक न्याय, राष्ट्रिय हित, रक्षा, सुशासन र वैज्ञानिक…

Read More

काठमाडों । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतिले पारित भएको विधेयकमा कुनै पनि संशोधन नगरी संसद्‌बाट पारित गर्ने बताएका छन् । मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको प्रतिनिधिसभाको सोमबारको बैठकमा जवाफ दिँदै मन्त्री गुप्ताले निजामती विधेयकमाथि अब कुनै पनि संशोधन नगरिने स्पष्ट पारेका हुन् । ‘संघीय निजामती ऐन जुन राज्यव्यवस्था समितिबाट सर्वसम्मत रुपले सदनमा टेबुल भएको छ । यो संघीय निजामती ऐनमा कुलिङ अफ पिरिय‍ड हैन त्यसमा फूलस्टप र कमा पनि परिवर्तन हुँदैन,’ उनले भने । नेपाल सरकारका मुख्यसचिव र सचिवहरू नै उक्त विधेयकमा व्यवस्था गरिएको २ वर्षे कुलिङ अफ…

Read More