Author: हाम्राे हेडलाइन

काठमाडौं । निर्वाचन आयोगले विभिन्न तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीस्वरुप नाम दर्ता छुट भएकालाई लक्षित गर्दै मतदाता नामावली दर्ता गराउन सूचना जारी गरेको छ। निर्वाचनको मिति घोषणापछि मतदाता नामावलीमा नाम दर्ता गराउन नपाइने भएकाले आज नाम दर्ताका लागि सूचना प्रकाशित गरिएको आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बताएका हुन्। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीले गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर रिक्त विभिन्न पदमा उपनिर्वाचन मिति तोक्नेबारे छलफल गरेका थिए। स्थानीय तहमा एक दर्जन बढी वडाध्यक्ष पद रिक्त रहेको आयोगले जनाएको छ। यस्तै, हाल प्रतिनिधिसभा रुपन्देही ३, गण्डकी प्रदेशसभा मनाङ क्षेत्र (ख) रिक्त छ। रुपन्देही ३ मा…

Read More

काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस गरिएका तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा पाँच वटा उजुरी परेको छ। बिहीबार सिंहदरबारमा बसेको बैठकमा उजुरीहरू खोलीएको समितिकी सभापति ईश्वरी देवी न्यौपानेले जानकारी दिइन्। तीन जना प्रस्तावित न्यायाधीश—वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, जनकपुर उच्च अदालतका प्रमुख न्यायाधीश श्रीकान्त पौडेल र दिपायल उच्च अदालतका प्रमुख न्यायाधीश शान्तिसिंह थापाविरुद्ध उजुरी परेको हो। समितिले उजुरीकर्तालाई शुक्रबारको बैठकमा बोलाएको छ भने न्यायाधीशहरूको संसदीय सुनुवाइ असार १५ गते हुने तय भएको छ। न्याय परिषद्को सिफारिसमा आएका न्यायपरिषद् सदस्य महेश कुमार नेपालविरुद्ध भने कुनै उजुरी नपरेको समितिले जनाएको छ।

Read More

काठमाडौं । विराटनगरस्थित सेन्ट जोसेफ स्कुलले होटल म्यानेजमेन्ट शिक्षामार्फत व्यवहारिक सीप, उद्यमशीलता र समग्र व्यक्तित्व विकासमा जोड दिँदै गुणस्तरीय तथा व्यावसायिक शिक्षा प्रदान गरिरहेको छ। परम्परागत किताबी ज्ञानभन्दा फरक शैलीमा, व्यवहारमा आधारित शिक्षण पद्धति अवलम्बन गर्दै आएको यो स्कुल विद्यार्थी तथा अभिभावकबीच लोकप्रिय बन्दै गएको छ। शिक्षा, शिप र संस्कारको सुदृढ संयोजनमा आधारित उक्त कार्यक्रमले आधुनिक शैक्षिक आवश्यकतालाई सम्बोधन गर्दै आएको छ। स्कुलका होटल म्यानेजमेन्ट विभाग प्रमुख सुरेन्द्र मण्डलका अनुसार, यो कोर्स व्यावसायिक भविष्य निर्माणको दृष्टिकोणले अत्यन्त सम्भावनायुक्त र व्यवहारिक रहेको छ। मण्डल स्वयंले लन्डन तथा युकेका प्रतिष्ठित विश्वविद्यालयहरूबाट मास्टर डिग्री हासिल गरेका छन् भने अन्तर्राष्ट्रिय होटल क्षेत्रमा ६ वर्षभन्दा…

Read More

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीको सेवाबाट राजीनामा दिएका छन्। प्रहरी सहायक हवल्दार पदमा कार्यरत ऐरीले २०७९ वैशाख २८ गते राजीनामा दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले जानकारी दिएका छन्। राजीनामा स्वीकृत भइसकेको पनि प्रवक्ता घिमिरेले पुष्टि गरेका छन्। विभागीय टोली नेपाल पुलिस क्लबका कप्तानसमेत रहेका ऐरीले २०१६ (वि.सं. २०७३) देखि नेपाल प्रहरीमा सेवा गर्दै आएका थिए। उनी २०८० असोजमा प्रहरी सहायक हवल्दारमा विशेष बढुवा भएका थिए। चीनमा सम्पन्न १९औं एसियन गेम्समा टी–२० क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्दै विश्व कीर्तिमान बनाएपछि उनीलाई विशेष बढुवा दिइएको थियो। अब राजीनापछि ऐरी पूर्णरूपमा क्रिकेट…

Read More

काठमाडौं । कानुनी प्रावधानअनुसार १० असारभित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्नेमा ३९ स्थानीय तहले सो व्यवस्था उल्लंघन गरेका छन्। तीमध्ये १५ गाउँपालिका र २४ नगरपालिका छन्। काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिका समेत बजेट नल्याउने सूचीमा परेका छन्। नेपाल नगरपालिका संघका अनुसार देशभर २९३ नगरपालिकामध्ये ९२% अर्थात् २६९ नगरपालिकाले समयमै बजेट सार्वजनिक गरेका छन्। बजेट ल्याउन नसक्ने नगरपालिकामा मधेश प्रदेश सबैभन्दा अगाडि छ, जहाँ १६ नगरपालिकाले समयमै बजेट ल्याउन सकेनन्। बागमतीमा ४, लुम्बिनीमा २, कोशीमा १ र कर्णालीमा १ नगरपालिका असफल भए। गण्डकी र सुदूरपश्चिमका सबै नगरपालिकाले समयमै बजेट ल्याएका छन्। गाउँपालिका तर्फ ४६० मध्ये १५ गाउँपालिकाले बजेट ल्याउन सकेनन्।…

Read More

यस्तो छ गभर्नर पौडेलको सम्पत्ति विवरण काठमाडौं । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक पद धारण गरेपछि सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्ने व्यवस्था अनुरुप उनले आफ्नो नाममा रहेको सम्पत्ति सार्वजनिक गरेका हुन् । उनले विभिन्न कम्पनीमा संस्थापक सेयरधनी रहेको खुलाएका छन् । उनको उनले सात कम्पनीमा १४ करोड बढी लगानी रहेको घोषणा गरेका छन् । उनी सामिमा बैंक, सानिमा हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त उर्जा हाइड्रोपावर, चितवन इनर्जी र ग्लोबेको प्रालिमा प्रवर्द्धकका रुपमा कुल १४ करोड ५ लाख ६७ हजार रुपैयाँ सेयर रहेको बताएका छन् । यस्तै, उनले आफ्नो…

Read More

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले एसईई नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको जानकारी दिएको छ। परीक्षा नियन्त्रण कार्यालयले यही असार तेस्रो सातासम्ममा एसईईको रिजल्ट सार्वजनिक गर्ने तयारी गरेको छ। कार्यालयले आज सूचना जारी गर्दै मोबाइल एसएमएस, आईभीआर र विभिन्न वेबासाइटहरुबाट रिजल्ट हेर्न सकिने जनाएको हो। कार्यालयले एसईईको नतिजा हेर्न सकिने बेवसाइटहरुको विवरणसमेत सार्वजनिक गरेको छ। टेलिकमको मोवाइल फोन या ल्यान्डलाइनबाट १६ सय डायल गर्दा प्राप्त हुने निर्देशानुसारको प्रक्रियाबाट नतिजा प्राप्त गर्न सकिने कार्यालयले जनाएको छ।  त्यसैगरि जानकी टेक्नोलोजी प्रालि, आकाश टेक प्रालि, स्विफ्ट टेक्नोलोजी प्रालि, अल स्टार आईटी सोलुसन्स प्रालि लगायतबाट…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कोशीटप्पु वन्यजन्तु आरक्ष विस्तारको क्रममा विस्थापित भएका परिवारका प्रतिनिधिहरूले जग्गा सट्टापट्टाको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा विस्थापित परिवारतर्फबाट ९५ वर्षीया कमलकुमारी पोखरेलसहित प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाउँदै ४८ वर्षअघि आरक्ष विस्तार गर्दा अधिग्रहण गरिएको जमिनको सट्टामा जग्गा उपलब्ध गराउने विषयमा राज्यसँग भएको भद्र सहमति स्मरण गराएका हुन्। विस्थापित समस्यासम्बन्धी समाधानका लागि सरकारले गठन गरेको अधिकार सम्पन्न उच्चस्तरीय आयोगले सिफारिस गरेको प्रतिवेदनको कार्यान्वयन माग गर्दै प्रतिनिधिमण्डल प्रधानमन्त्री भेट्न पुगेको हो। आयोगले मोरङको लेटाङ नगरपालिकामा सट्टापट्टाका लागि छुट भएका ७५ परिवारलाई जग्गा उपलब्ध गराउन सुझाव दिएको थियो। प्रतिनिधिमण्डलमा सहभागी आयोगका तत्कालीन सदस्य…

Read More

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारद्वारा ल्याइएको राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली स्थगन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट दायर रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सो आदेश दिएको हो। २०८२ जेठ २० गते गण्डकी प्रदेश सभाबाट पारित नियमावली यातायात व्यवसायीको दबाबमा रोकिएको भन्दै संघीय सरकार र मन्त्रालयहरूमाथि सिन्डिकेटको पक्षपोषण गरेको आरोप लगाइएको थियो। अब नियमावली कार्यान्वयनमा बाटो खुलेको छ।

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलितरुपमा रहेको अवगत गराउँदै आगामी दिनमा माग र आपूर्तिबीचको सन्तुलत कायमका लागि थप प्रयास गरिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राज्यको पर्याप्त क्षमता नहुँदा बजेटमाथि सबै सांसद्हरु सन्तुष्ट हुने स्थिति नआएकाले आगामी दिनमा सन्तुलन कायमको प्रयास गरिने बताए । “हामीलाई छिटो र धेरै ठाउँमा विकास चाहिएको छ तर बजेट कम छ । त्यसकारण बजेटमा सबै सांसद् सन्तुष्ट हुन नसक्ने स्थिति हुन सक्छ…

Read More