Author: हाम्राे हेडलाइन

काठमाडौं । राहदानी विभागले सेवाग्राहीको भिड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ। राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड अझै हट्न नसकेका कारण भिड घटाउन कार्ययोजना बनाउने तयारी गरिएको विभागले जनाएको छ। विभागमा सधैँ सेवाग्राहीको भिड बढ्दै जान थालेका कारण घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी भइरहेको विभागका निर्देशक तथा प्रवक्ता दुरुपदा सापकोटाले बताए। कार्ययोजनाको खाका छलफलकै क्रममा रहेको र यसको जिम्मेवार सबै निकायबाट पारित भएपछि कार्यान्वयन हुने प्रवक्ता सापकोटाको भनाइ छ। यस अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछानेले भीड व्यवस्थित गर्न निर्देशन दिएका थिए। राहदानी विभाग बाहिर राहदानी बनाउनेको भीड अहिले पनि उस्तै रहेको…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै नागरिकका अपेक्षालाई सम्बोधन गर्ने विषय केन्द्रित रहेको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । उनीहरूबीच समसामयिक राजनीतिक विषय, राष्ट्रियसभा सदस्यको निर्वाचन र सरकारको काम कारबाहीका विषयमा नै छलफल केन्द्रित रहेको तमिल्सिनाको भनाइ छ ।

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिलेसम्म ९ हजार अनधिकृत परिचय पाटी हटाएको छ। मापदण्ड पूरा गरे पनि शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड तथा परिचय पाटी हटाइएको हो। असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै महानगरले ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो। मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैँ व्यवस्थापन गर्न व्यवसायीलाई महानगरले भनेको थियो। तोकिएको समय सकिएपछि कात्तिक २७ गतेबाट अनधिकृत बोर्ड तथा पाटी हटाउन थालिएको महानगरले जनाएको छ। यससँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर पनि हटाउने अभियान जारी छ। महानगरको आर्थिक ऐन…

Read More

काठमाडौं । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन तोलाको एक लाख ६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यही माघ १० गते सुन तोलाको एक लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यो यसअघिको बढी मूल्यको रेकर्ड थियो । त्यसलाई ‘ब्रेक’ गर्दै बिहीबार सुनको मूल्य अहिलेसम्मकै उच्च भएको हो । यस दिन तेजाबी सुन तोलाको एक लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को नयाँ कार्यसमिति चयन भएको छ । बुधबार काठमाडौंमा सम्पन्न इमानको पहिलो अधिवेशनले केटिएम भ्वाइस डटकमका रोयल आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा दैनिकी डटकमका माधव प्रसाद तिवारी र अर्थबजार डटकमका डिल्ली प्रसाद सापकोटा चयन भएका छन् । संस्थाको महासचिवमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल चयन भएका छन् भने उपमहासचिवमा अर्थतन्त्र डटकमका रामेश्वर कार्की र सचिवमा क्रसचेक मासिकका टंक कार्की चयन भएका छन् । संस्थाको कोषाध्यक्षमा रोजगार मिडियाका फणिन्द्रप्रसाद दाहाल र सहसचिवमा आर्थिक प्लस डटकमका अमिर लामा चयन भएका छन् भने कार्यकारी सदस्यमा कर्पोरेट बजारकी अप्सरा गौतम…

Read More

काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्ने गर्छन्। विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्। सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘बसन्त पञ्चमी’ पनि…

Read More

काठमाडौं । आत्मदह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयमाथि छानबिन हुने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यले उठाएका विषयमाथि छानबिन गर्ने निर्णय गरेको हो। उनले मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएका थिए। प्रहरीले आगो निभाएर उनलाई कीर्तिपुर अस्पताल पठाएको थियो। उपचारका क्रममा बुधबार बिहान उनको मृत्यु भएको हो।आफूमाथि आगो लगाउनुअघि उनले सामाजिक सञ्जालमार्फत् आत्मदाह गर्नुको कारणसमेत खुलाएका थिए। यससम्बन्धी अनुसन्धान गर्ने जिम्मा गृह मन्त्रालयलाई दिइएको छ।

Read More

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित हर्षिङडाँडा पछिल्लो समय पर्यटकको गन्तव्य स्थलको रुपमा परिणत हुँदै गएको छ । वडा नं ३ मा रहेको हर्षिङडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको चहल पहल बढेको छ । प्राकृतिक हिसावले अति सुन्दर र ऐतिहासिक हिसावले पनि विषेश महत्व बोकेको पर्यटयिक स्थल हर्षिडाँडाको प्रचार प्रसारसँगै आन्तरिक पर्यटक आउन थालेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । हर्षिङडाँडा प्रवद्र्धनका लागि गाउँपालिकाले विशेष प्राथमिकतामा राखेर काम गरिरहेको अध्यक्ष गुरुङले बताए । खुल्ला समथर भुभाग, चारैतिरको दृश्यावलोकन गर्न सकिने, नजिकै देखिने मनोरम हिमशृखला, मस्र्याङ्दी भ्याली यसको मुख्य आकर्षणहरु रहेको गुरुङले बताउनुभयो । पर्यटकीय स्थल हर्सिङडाँडा पुग्ने सडक स्तरउन्नतीलगायतका काममा गाउँपालिकाले सहयोग…

Read More

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दा हेर्दा हेर्दैराखेको छ । उक्त मुद्दाको सुनुवाइ शुक्रबार फेरि हुनेछ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि उक्त मुद्दाको अन्तिम सुनुवाइ सुरू भएको थियो। बुधबारको इजलासमा लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा रहेको हो। आज लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुनिल पोखरेल र सुशील पन्तले बहस गरेका थिए भने सहमहान्यायाधीवक्ता सञ्जीवराज रेग्मीले पनि बहस गरे। यसअघि रिट निवेदकका वकिलहरूले बहस गरेका थिए।

Read More

काठमाडौं । बाग्मती प्रदेश सरकारले पूर्णता पाएको छ । आज थप भएका मन्त्रीहरुले सपथ लिएसँगै ११ सदस्यीय बाग्मती प्रदेश सरकारले पूर्णता पाएको हो । यसअघि १४ सदस्यीय रहेको बाग्मती प्रदेशमा तीन वटा मन्त्रालय घटाएर ११ सदस्यीय कायम गरी मन्त्रिपरिषद विस्तार गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । बाग्मती प्रदेशमा एमाले र माओवादीले ४–४ तथा राप्रपाले ३ मन्त्रालय पाएका छन् । नेकपा एमालेबाट एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशवप्रसाद पोखरेल कृषि तथा पशुपक्षी विकास मन्त्री बनेका छन् । एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री भैसक्नुभएको छ । यस्तै माओवादीबाट गंगानारायण…

Read More