जाडोको मौसममा आहा, घाम प्रिय लाग्छ
कतै दुःख्न थाल्यो भने राम प्रिय लाग्छ।
अत्याचार–अनाचार मौलाइरहेकै बेला,
सानो मनुवाको त्यो जेन्जीको सलाम प्रिय लाग्छ ।
भ्रमको खेती गरेर डकार्नेहरु भन्दा
जनहितमा घन्किने नाम प्रिय लाग्छ।
ठगेर–छलेर कमाएको कालो धनभन्दा,
पसिनाले कमाएको दाम प्रिय लाग्छ।
यो दौडधूप र कोलाहलको दुनियाँमा,
जता गए पनि आफ्नै गाउँ प्रिय लाग्छ।
स्थिरबाबु घिमिरे
बेसीशहर ११ लमजुङ

