काठमाडौं । सरकारले बनाएको ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका २०८०’ को पूर्णपाठ सार्वजनिक भएको छ।
परिमार्जनसहित मन्त्रिपरिषद्बाट स्वीकृत निर्देशिकाको पूर्णपाठ सार्वजनिक गरिएको हो। सात पृष्ठ र १५ बुँदामा प्रकाशित निर्देशिका सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न तथा सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र सामाजिक सञ्जालका प्रयोगकर्ताको स्वनियमनलाई प्रवर्द्धन गर्न ल्याइएको सरकारले जनाएको छ।