काठमाडौं । देशभरका इन्टरनेट सेवामा समस्या देखिएको छ। बिहीबार दिउँसोदेखि नेपालका विभिन्न इन्टरनेट सेवा प्रदायकको इन्टरनेटमा समस्या देखिएको हो।
इन्टरनेट प्रयोगकर्ताहरुले वर्ल्डलिंक, सुबिसु,भायनेटलगायतका सेवामा समस्या देखिएको गुनासो गरिरहेका छन्। इन्टरनेट सेवा प्रदायकहरूले ब्यान्डविथ खरिद बापतको रकम भारतीय अपस्ट्रिम प्रोभाइडरलाई नबुझाएकाले भारतीय कम्पनीले इन्टरनेट काटिदिएको बताएका छन् । विगत नौ महिनादेखि ब्यान्डविथ खरिदबापतको ३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको आइस्पानले जनाएको छ ।