काठमाडौं । च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले आफ्नो सर्चजीपीटी नामक सर्च इञ्जिनको प्रोटोटाइप घोषणा गरेको छ । यसले प्रयोगकर्तालाई स्पष्ट तथा सान्दर्भिक स्रोतसहितका उत्तरहरू द्रुत गतिमा र तुरुन्तै उपलब्ध गराउने उल्लेख गरेको छ।
कम्पनीले हाल सानो समूहमा परीक्षणका क्रममा रहेको सर्चजीपीटी टूल पछि च्याटजीपीटी च्याटबटमा समावेश गरिने जनाएको छ।यसबाट गुगल र यसको हालसम्म सबैभन्दा बढी प्रभावशाली सर्च इञ्जिनलाई मुख्य प्रभाव पार्ने देखिएको छ ।