काठमाडौं । प्रविधि ब्रान्ड नथिङको फ्ल्यागशिप स्मार्टफोन ‘नथिङ फोन (थ्री)’ को नेपालमा आधिकारिक प्रि-बुकिङ खुला भएको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोबाइलले विशेष अफरसहित १४ जुलाईसम्म प्रि-बुकिङ सुरु गरेको हो ।
कम्पनीले प्रि-बुकिङ गर्ने ग्राहकका लागि १९ हजार रुपैयाँसम्मको नगद छुटको व्यवस्था गरेको छ । साथै, पहिलो १०० जना प्रि-बुकिङ गर्ने ग्राहकले ९ हजार ४९९ रुपैयाँ मूल्य पर्ने ‘सीएमएफ बड्स प्रो टु’ इयरबड्स पनि निःशुल्क प्राप्त गर्नेछन् । यसरी ग्राहकले नगद छुट र उपहारसहित कुल २८ हजार ४९९ रुपैयाँसम्मको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।