Author: हाम्राे हेडलाइन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेको छ। प्याराफिट निर्माण र फ्लडलाइट जडान कार्य अन्तिम चरणमा पुगेको छ। दुई छुट्टाछुट्टै जोइन्ट भेन्चर (जेभी) कम्पनीसँग गरिएको ठेक्का सम्झौता अनुसार करिब ९७ करोड रुपैयाँ लागतमा मैदान स्तरोन्नति भइरहेको हो। प्याराफिट निर्माणको काम बीकेओआई केसीडीसी बीजीको जेभीले, भने फ्लडलाइट जडानको जिम्मा विशन–ईश्वरी जेभीले लिएको हो। प्याराफिट निर्माणका लागि ४९ करोड २५ लाख रुपैयाँ र फ्लडलाइट जडानका लागि ४७ करोड ३७ लाख रुपैयाँमा सम्झौता गरिएको थियो। ढिलाइपछि दैनिक जरिवानासहित काम निर्धारित मिति भित्र काम नसकिएपछि ठेकेदार कम्पनीहरूले असार ३० गतेदेखि दैनिक झन्डै २ लाख रुपैयाँ हर्जाना तिरेर निर्माण…

Read More

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले दैनिक ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढ्न गएको भन्दै साउन ११देखि लागु हुनेगरी लोडसेडिङ तालिका सार्वजनिक गरिएको हो ।

Read More

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं नेपालय र लियो क्लब अफ काठमाडौं नेपालयको संयुक्त आयोजनामा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार काठमाडौंको टोखा नगरपालिका–३ स्थित झुडोल पार्कमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं नेपालयका अध्यक्ष भुवन श्रेष्ठ, पूर्व अध्यक्ष किरण श्रेष्ठ, सचिव प्रकाश श्रेष्ठ, कोषाध्यक्ष खेमराज चौधरी, क्लबका सदस्यहरू, स्थानियबासीहरू, झुडोल पार्क व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । वृक्षारोपण कार्यक्रम अन्तर्गत विभिन्न प्रजातिका फलफूलका बोटबिरुवा जस्तै चाप, धुपी, बेलपत्र, गुलाफ, नीम तथा विभिन्न प्रकारका फूलका बिरुवाहरू रोपिएको थियो। कार्यक्रमको अवसरमा क्लब अध्यक्ष भुवन श्रेष्ठले वातावरण संरक्षण र हरियाली विस्तारका…

Read More

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर पहाडी भू–भागमा साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गणडकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही…

Read More

काठमाडौं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ–नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा अन्जु गौतमको आवाजमा ‘आयो है तीजको लहर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायीका अन्जु गौतमको स्वर तथा हरि शिवाकोटीको शब्द रचनामा तयार भएको गीत सार्वजनिक भएको हो । संगीतकर्मी कुन्दन राईले संगीत, मिक्सिङ र मास्टरिङ गरेको गीत मौलिक शब्द, संगित, मौलिकता र सांस्कृतिकपन सार्वजनिक भएकोसँगै लोकपृयता बटुलिरहेको छ । नेपाली हिन्दु नारीहरुको आस्थाको धरोहरका रुपमा रहेको तीजको धार्मीक तथा संस्कृतिक महत्व पनि उत्तिकै रहेको छ । सोही सांस्कृतीक महत्वलाई उजागर गरिएको गीतमा युवा पुस्ताकी चर्चीत कलाकार ज्योति…

Read More

काठमाडौं । नेकपा एमाले नेतृ तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई राजनीतिमा फर्किने संवैधानिक अधिकारबाट वञ्चित गर्न खोजिएकोप्रति असन्तोष व्यक्त गरेकी छन्। एमालेले उनको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भण्डारीले उक्त निर्णयप्रति गम्भीर आपत्ति जनाएकी हुन्। उनले भनिन्, “राजनीतिमा फर्किने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्नेगरी गरिएको अपरिपक्व निर्णयले मलाई दुखी बनाएको छ।” भण्डारीले पार्टीले आवेग र उत्तेजनामा गरेको यस्ता निर्णयले पार्टीको साख र प्रतिष्ठा गिराउने बताइन्। “सत्यलाई अस्थायी रूपमा दबाउन सकिए पनि वास्तविकता लुकाउन सकिँदैन,” उनले थप भनिन्। पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश गर्ने संकेतसँगै एमालेभित्रको आन्तरिक राजनीति र नेतृत्वको व्यवहारको…

Read More

हेटौँडा । बागमती प्रदेश सरकारका चार मन्त्रीले शुक्रबार पदबाट राजीनामा दिएका छन्। राजीनामा दिने सबै मन्त्रीहरू नेपाली कांग्रेसबाट सहभागी भएका थिए। राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने रहेका छन्। चारै जना मन्त्रीले मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्।

Read More

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिम्मेवारी दिएर पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरीमा बाधा नपुर्‍याउन सम्बन्धित पालिकालाई ध्यानाकर्षण गराएको छ । दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत व्यवस्था नभएसम्मका लागि स्थानीय तहकै कर्मचारीमध्ये वरिष्ठतम कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी प्रदान गरिँदै आएको पनि मन्त्रालयको विज्ञप्तिमा स्मरण गराइएको छ । कतिपय पालिकाले मन्त्रालयबाट खटाइएका प्रशासकीय अधिकृतलाई हाजिर गराउन नमानेपछि मन्त्रालयले सहजरूपमा काम गर्ने वातावरणका लागि ध्यानाकर्षण गराएको हो ।

Read More

लमजुङ । ‘हामीले सहरमै पुगेर मात्रै पाउने सेवा गाउँमै पायौँ,’ चिती तिलाहारकी एक वृद्धाले शिविरको सेवा लिएपछि उत्साहित हुँदै भनिन्। लमजुङको बेसीशहर नगरपालिका–११, चिती तिलाहारमा साउन ६ र ७ गते आयोजित निःशुल्क स्वास्थ्य शिविरले गाउँलेहरू खुसी भएका छन् । ८०५ जनाले सेवा लिएको शिविरमा विशेषज्ञ चिकित्सकको प्रत्यक्ष परामर्श, आधुनिक परीक्षण र निःशुल्क औषधि वितरण हुँदा स्थानीयवासीले यस्तो सेवा पहिलो पटक अनुभव गरेका हुन्। चितीका स्थानीय सुदिप वि.क का अनुसार शिविरमा मुटु, मधुमेह, रक्तचाप, स्त्रीरोग, क्यान्सर पहिचानदेखि इको, ईसीजी, भिडियो एक्स–रे जस्ता आधुनिक सेवा उपलब्ध गराइएका थिए । स्थानीयले न त लामो यात्रा गर्नु प¥यो, न त खर्च गर्न। स्वास्थ्य सेवा…

Read More

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–६ फेदिकुनाबाट ट्रामाडोल जस्तो संवेदनशील लागूऔषधसहित चार जना युवा पक्राउ परेका छन्। बिहीबार राति प्रहरीले विशेष सूचनाका आधारमा निगरानी गर्दै ट्रामाडोल ६७ ट्याब्लेटसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा सोही नगरपालिका–६ का १९ वर्षीय मनिष नेपाली, २२ वर्षीय रिजन तामाङ, २२ वर्षीय कुशल रेग्मी तथा नगरपालिका–७ का २५ वर्षीय सन्तोष कुमाल रहेका छन्।

Read More