Author: हाम्राे हेडलाइन

काठमाडौं ।अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताको कार्यान्वयनमा निरन्तरता दिने सिफारिस अमेरिकी सरकारले गरेको छ। नेपाल सरकारको परराष्ट्र मन्त्रालयद्वारा सोमबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई अघि बढाउन सिफारिस गरेको हो। विज्ञप्तिमा उल्लेख भएअनुसार सन् २०२५ जनवरी २० भित्र पुनरावलोकन गर्ने सर्तसहित सन् २०२२ सेप्टेम्बर १५ (२०७९ भदौ २९) मा एमसीसी कम्प्याक्ट कार्यान्वयन सुरु गरिएको थियो। सोही सन्दर्भमा एमसीसीले २०२५ जुलाई २८ (साउन १२) मा पुनरावलोकन प्रक्रिया सम्पन्न गरी नेपाल सरकारलाई औपचारिक जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा कम्प्याक्ट…

Read More

काठमाडौं । देशभर धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा ५१.८२ प्रतिशत भूभागमा रोपाइँ भएको छ। त्यसैगरी बागमती प्रदेशमा ८७.१९ प्रतिशत र गण्डकी प्रदेशमा ७८.५३ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ। लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत भूभागमा रोपाइँ भएको छ। कर्णााली प्रदेशमा ९१.३८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ। गत वर्ष साउन १३ गतेसम्म ९२.६ प्रतिशत भूभागमा रोपाइँ भएको थियो। यो वर्ष मधेश प्रदेशलगायतका केही क्षेत्रमा पानी नपरेका कारण हालसम्म गत वर्षको तुलनामा कम क्षेत्रमा रोपाइँ भएको हो।

Read More

लमजुङ । गण्डकी प्रदेश सरकारले लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनी कल्चेबेसी र दोर्दी गाउँपालिका–८ हिलेबजारलाई जोड्ने दोर्दी खोलामा मोटरेबल पुल निर्माणका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। पुल निर्माणका लागि बजेट विनियोजन गराउनेमा सक्रिय भूमिका निर्वाह गरेका गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं सरकारका प्रवक्ता डा. टकराज गुरुङले सोमबार निर्माण स्थलको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री गुरुङले स्थानीयवासीहरूसँग भेटघाट गर्दै पुल निर्माणपछि सो क्षेत्रका बासिन्दाको आवतजावत तथा जनजीविका सहज हुने बताए । “यो पुलले स्थानीयको दैनिकीमा सहजता ल्याउनुका साथै समग्र दोर्दी क्षेत्रको भौतिक पूर्वाधारमा ठूलो योगदान दिनेछ,” मन्त्री गुरुङले भने । स्थानीयस्तरमै उत्पादन हुने कृषि…

Read More

काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको रकममध्ये १० करोड रुपैयाँभन्दा बढी फिर्ता भएको छ । भरतपुर महानगरपालिकाको समन्वयमा निकासा भएको उक्त रकम काम हुन नसकेपछि पुनः सङ्घ र प्रदेशमै फिर्ता गरिएको हो । निर्माण व्यवसायीले गत आर्थिक वर्षभित्रमा गर्नुपर्ने काम पूरा नगरेपछि १० करोड ५४ लाख ३० हजार १७० रुपैयाँ फिर्ता भएको हो । महानगरपालिकाका डिभिजनल इञ्जिनियर सन्तोष आचार्यका अनुसार सङ्घीय सरकारले २५ करोड रुपैयाँ निकासा गरेकोमा १७ करोड ६५ लाख ६९ हजार आठ सय ३० मात्रै खर्च भएको छ । बाँकी सात करोड ३४ लाख ३० हजार एक सय…

Read More

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले वरिष्ठ नेता शिव बाँस्तोलालाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ। शनिबारदेखि लागू हुने गरी अध्यक्ष श्रेष्ठले बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेकी हुन्। यसअघि शुक्रबार पार्टीका बहुमत केन्द्रीय सदस्यहरूले केन्द्रीय समितिको बैठक २४ घण्टाभित्र बोलाउन अल्टिमेटम दिएका थिए। अध्यक्ष रञ्जिताले आफ्नो स्वास्थ्य अवस्था राम्रो नभएको र दैनिक पार्टी कार्य सञ्चालन तथा महत्त्वपूर्ण निर्णयहरूमा भौतिक रूपमा उपस्थित हुन नसक्ने भएकाले बाँस्तोलालाई जिम्मेवारी दिएको उल्लेख गरेकी छन्। पार्टीमा देखिएको व्यवस्थापन समस्याबीच बाँस्तोलाको नियुक्तिले नाउपाको नेतृत्वलाई स्थिर बनाउने अपेक्षा गरिएको छ।

Read More

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टी रकमबाट पालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा सुरु गरेको छ। गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले आइतबारदेखि उक्त कार्यक्रम औपचारिक रूपमा सुरु भएको जानकारी दिए। उनका अनुसार बीमाबाट नागरिकले धेरै स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्न सक्ने भएकाले राहत हुने विश्वासका साथ यो कार्यक्रम ल्याइएको हो। “जलविद्युत् आयोजनाबाट प्राप्त आम्दानी जनताको प्रत्यक्ष हितमा प्रयोग गर्नुपर्छ भन्ने सोचका साथ सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेका छौं,” अध्यक्ष अधिकारीले भने। गाउँपालिकाका अनुसार अबदेखि दोर्दीभित्रका सबै बासिन्दाले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपचार सुविधा लिन सक्नेछन्। यसले आर्थिक अभावमा उपचारबाट वञ्चित हुने समस्यालाई समाधान गर्ने विश्वास लिइएको छ।

Read More

काठमाडौं । लगातार आठ दिनसम्म उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आइतबार करेक्सन देखिएको छ। साताको पहिलो दिन नेप्से सूचक १८.४४ अंकले घटेर २९६४.२० विन्दुमा झरेको छ। नेप्सेसँगै अन्य सूचकहरू पनि ओरालो लागेका छन्। सेन्सेटिभ इन्डेक्स ३.२६ अंकले, फ्लोट इन्डेक्स १.४५ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०६ अंकले घटेका छन्। गत बिहीबार करिब साढे १८ अर्ब रुपैयाँको कारोबार भएको बजारमा आइतबार भने झन् उच्च कारोबार देखिएको छ। नेप्सेमा आज ३२३ कम्पनीका कुल २ लाख ३ हजार ६५८ पटकको कारोबारमा ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर खरिदबिक्री भएका छन्। कुल कारोबार रकम २६ अर्ब ५७ करोड ७४…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि योगदान दिएका दिवंगत नेताहरूलाई पार्टी, व्यक्ति वा परिवार विशेषमा सीमित नगरी सम्पूर्ण राष्ट्रको नेता भनेर सम्मान गर्नुपर्ने बताएका छन्। बालुवाटारमा आयोजित विपी कोईराला राष्ट्रिय पुरस्कार २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दिवंगत नेताहरूप्रति नकारात्मक टिप्पणी नगरिनुपर्ने स्पष्ट पारे। उनले भने, “जवाफ दिन आउन नसक्ने भएकाले दिवंगत नेताहरू माथि कुनै आरोप लगाउनु उचित हुँदैन।” प्रधानमन्त्री ओलीले विपी कोईराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र मदन भण्डारी जस्ता नेताहरू अब कुनै पार्टीका मात्र नभई सम्पूर्ण देशका नेता भएको बताए। उनका अनुसार देशका लागि जीवन आहूति दिनेहरूको योगदान पार्टीको सीमा भन्दा पर राखेर मूल्यांकन…

Read More

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने दाबी असत्य भएको स्पष्ट पारेका छन् । आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मर्मतका लागि अस्थायी रूपमा विद्युत् आपूर्ति रोकिएको बताए । “लोडसेडिङ होइन, सबस्टेशन स्तरोन्नति तथा कन्डक्टर फेर्ने कार्यका लागि विद्युत् रोकिएको हो,” शाक्यले भने । उनका अनुसार चितवनमा रहेको सबस्टेशन अपग्रेड गर्नका लागि पुरानो कन्डक्टर फेर्ने काम भइरहेको छ । पुरानो कन्डक्टरले लोड थेग्न नसक्ने अवस्था आएपछि नयाँ कन्डक्टर जडान गरी क्षमतावृद्धि गर्न लागिएको हो । शाक्यले स्पष्ट पारे, “विद्युत् क्षमतावृद्धिसँगै पुरानो नेटवर्कले लोड धान्न नसकेकाले समस्या देखिएको हो, यसलाई लोडसेडिङ भनेर गलत रूपमा…

Read More

एजेन्सी । अमेरिकाको कोलोराडो राज्यस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमानमा शनिबार दिउँसो आगलागी भएको छ । मियामीतर्फ उडान गर्न लागेको विमानको ल्यान्डिङ गियरमा समस्या देखिएपछि टेकअफ रोक्ने क्रममा पछिल्लो भागमा अचानक आगो लागेको हो । स्थानीय समयअनुसार दिउँसो २:४५ बजे दुर्घटना भएको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानमा १७३ जना यात्रु र ६ जना क्रु सदस्य सवार थिए । आपतकालीन स्लाइडको प्रयोग गरी सबै यात्रुहरूलाई सुरक्षितरूपमा बाहिर निकालिएको छ । घटनामा ६ जना यात्रु सामान्य घाइते भएका छन् भने एक जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । अमेरिकन एयरलाइन्सले दिएको जानकारी अनुसार टायरमा…

Read More