Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर…
काठमाडौं । प्रहरीले सोमबार गरेको दमनमा २० जेनजी प्रदर्शनकारीको मृत्यु र ३०० बढी घाइते भएपछि…
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडानम्बर ११ मा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । सोमबार जेनजीहरूले गरेको…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्। मंगलबार साँझ ६ बजे…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- प्रधानमन्त्री ओलीले दिए राजीनामा
- ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आगजनी
- तारकेश्वरको प्रहरी चौकी र वडा कार्यालयमा प्रदर्शनकारीद्वारा आगजनी
- प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
- जेन जेड आन्दोलन : १९ जनाको मृत्यु, ३४७ घाइते उपचाररत
- गृहमन्त्रीले दिए राजीनामा
- जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या १८ पुग्यो, दुई सयभन्दा बढी उपचाररत
- मन्त्रिपरिषद्को बैठक बस्दै, हिंसात्मक बनेको जेन–जीको आन्दोलनबारे समीक्षा हुने
- जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या ८ पुग्यो
- जेन–जी आन्दोलनमा गोली लागेर एक जनाको मृत्यु, दर्जनौं घाइते
Author: हाम्राे हेडलाइन
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिच भेटवार्ता भएको छ । मेयर शाहले आज दिउँसो भण्डारीको निवास पुगेर भेट गरेका हुन् । बालेन निकट स्रोतका अनुसार उनीहरूबिच समसामयिक राजनीतिक तथा सामाजिक विषयमा छलफल भएको थियो । यद्यपि भेटमा उठेका विषयवस्तु सार्वजनिक गरिएको छैन । स्रोतका अनुसार भेट ‘शिष्टाचार तथा विचार आदानप्रदान’का लागि भएको हो । पूर्वराष्ट्रपति भण्डारीले केही दिनअघि मात्रै आफू नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेकी थिइन् । मेयर शाह भने स्वतन्त्र हैसियतमा राजधानीको नेतृत्व गरिरहेका छन् । दुवै व्यक्तित्वको यो भेटलाई राजनीतिक सन्दर्भमा विशेष चासोका साथ हेरिएको छ ।
काठमाडौं । लेखक तथा भुटानी शरणार्थी नेता बलराम पौड्यालद्वारा लिखित खोजमूलक कृति ‘पर्दापछाडिको भुटान’ र यसको अङ्ग्रेजी अनुवाद ‘Bhutan Behind the Curtain’ आइतबार सार्वजनिक गरिएको छ। टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले ललितपुरको यलमाया केन्द्रमा आयोजना गरेको कार्यक्रममा लेखक पौड्यालसहित अधिकारकर्मी तथा पत्रकार कनकमणि दीक्षित, देवेन्द्र भट्टराई र प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले संयुक्त रूपमा कृति विमोचन गरे। कृतिका अङ्ग्रेजी संस्करणको अनुवाद भीष्मप्रसाद सङ्ग्रौलाले गरेका हुन् भने सम्पादन नारायण फुयाल शर्मा र सङ्ग्रौलाकै संयोजनमा गरिएको हो। कार्यक्रममा ‘राजबन्दी र शरणार्थी मुद्दामाथि विमर्श’ पनि गरियो, जसमा वक्ताहरूले भुटान सरकारले नेपाली भाषीहरूमाथि गरेको अत्याचार, जबर्जस्ती निर्वासन, र कारागारमा थुनिएका नेपालीहरूका पीडा र न्यायको अभावमाथि गम्भीर…
काठमाडौं । राजधानीमा बसोबास गर्ने महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘क्यापिटल क्विन नेपाल २०२५’ शनिबार ललितपुरस्थित ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न भएको छ। प्रतियोगितामा जोरपाटी निवासी फेसन डिजाइनर करुणा भुजेल श्रेष्ठ विजेता घोषित भइन्। उनले विजेतासँगै ‘फेशन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्ड २०२६’ का लागि लन्डनमा हुने कार्यक्रममा सहभागीता सुनिश्चित गर्ने इन्ट्री प्याकेज पनि प्राप्त गरिन्। फस्ट रनरअप अनिता लामा तथा सेकेण्ड रनरअप सीता राई बने। हिमालय म्युजिकद्वारा आयोजित प्रतियोगिता यसपटक नवौं संस्करणमा प्रवेश गरेको हो। तीन सातासम्म चलेको प्रतियोगितामा सहभागी प्रतियोगीहरूले व्यक्तित्व विकास, क्याटवाक, फोटोसुट, भिडियोसुट, स्टेज प्रस्तुति, बोलीचाली तालिम लगायतका सेसनहरूमा सहभागिता जनाएका थिए। प्रशिक्षण तथा ग्रुमिङको जिम्मेवारी चर्चित फेशन कोरियोग्राफर हिमानी…
काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा अझै नटुंगिएका विषयहरू टुंग्याउन सरकारलाई ५ दिनको समयसिमा दिएको छ । आइतबार समितिको बैठकमा विधेयक टुंगो लगाउने तयारी भए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले बैठक स्थगनको माग गरेपछि थप छलफल भएको हो । बैठकमा अधिकांश सदस्यहरूले विधेयक तत्काल पारित गर्न जोड दिएको भए पनि शिक्षामन्त्री पन्तले सहमति नजुटेका विषयहरूमा थप समय आवश्यक भएको भन्दै पाँच दिनको समय माग गरेका थिए । समितिका सभापति अम्मरबहादुर थापाले सरकारलाई ५ दिनभित्र सहमति जुटाएर विवादित विषय टुंग्याई समितिमा पेश गर्न निर्देशन दिएका छन् । शिक्षामन्त्री पन्तले सहमति बनेपछि…
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का पदाधिकारीहरूलाई नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले विश्वविद्यालय प्रवेशमा रोक लगाएको छ। सर्वोच्च अदालतले त्रिविमा लगाइएको ताला तत्काल खोल्न अन्तरिम आदेश दिएपछि शुक्रबार बिहान आंशिक प्राध्यापकहरूले आफैं ताला खोलेका थिए। अदालतले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रहरी वृत्त कीर्तिपुरलाई हस्तक्षेप गर्न आदेश दिएको थियो। आदेशपछि ताला खुले पनि अखिल क्रान्तिकारीले विश्वविद्यालयका उपकुलपति लगायतका पदाधिकारीहरूलाई प्रवेशमा रोक लगाएको छ। संगठनका कार्यवाहक अध्यक्ष शिवराज भट्टले विज्ञप्ति जारी गर्दै आफ्ना माग पूरा नभएसम्म पदाधिकारीहरूको प्रवेश निषेध गरिएको बताएका छन्। यसअघि नेविसंघ निकट विद्यार्थी र आंशिक प्राध्यापकहरूले तालाबन्दी गरेका थिए। अदालतको…
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संघीय सरकारलाई दिएको विश्वासको मत औपचारिक रूपमा फिर्ता लिएको छ। आइतबार नाउपा अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले सभामुख देवराज घिमिरेलाई भेटेर समर्थन फिर्ताको पत्र बुझाएकी हुन्। नाउपाबाट संघीय सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको रूपमा सहभागी रहेका अरुण चौधरीले पनि आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउने तयारी गरेका छन्। सङ्घीय सरकारको समर्थन फिर्ता गर्नुका साथै नाउपा पहिल्यै सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिसकेको छ। पार्टी अहिले मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी छ। संविधानको धारा १०० को उपधारा २ अनुसार, सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको…
काठमाडौं । रौतहटको चर्चित इँटाभट्टा घटनामा नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलम अदालतबाट सफाइ पाए पनि त्यसको विवादले गहिरिँदै गएको छ। अब, सो घटनासँग प्रत्यक्ष जोडिएका एक पीडित गौरीशंकर राम चमार पहिलोपटक सार्वजनिक भएका छन्। भारतको बिहार राज्यको सीतामढी घर भएका ४३ वर्षीय गौरीशंकर आइतबार रिपोर्टर्स क्लब काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित भई आफूमाथि भएको घटनाको विवरण सार्वजनिक गरे। उनले आफू इँटाभट्टामा बम विष्फोटमा घाइते भएको प्रत्यक्ष साक्षी भएको दाबी गरे। “म आफैँ बममा पड्किएको मान्छे हुँ” गौरीशंकरका अनुसार उनी २०६४ साल चैत २७ गते अफ्ताब आलमकै इँटाभट्टामा काम गर्थे। निर्वाचनको अघिल्लो दिन पैसा लिन जाँदा इँटाभट्टाको घरभित्रै बम बनाउने…
काठमाडौं । भोजपुरमा एकै परिवारका चार जनाको हत्या भएको छ । गएराति भोजपुरको रामप्रसाद राई गाउँपालिकामा एकै परिवारका चार जनाको सामूहिक हत्या भएको हो । रामप्रसाद राई- २ को धौद्लेखानीस्थित ६२ वर्षीय बेलबहादुर गिरी, उनकी ४५ वर्षीया श्रीमती मञ्जु गिरी, छोरी र छोराको हत्या भएको हो । प्रहरीका अनुसार ज्वाइँ राजेन्द्र राईले आफ्नै ससुरालीमा गएर श्रीमती, सालो, सासू र ससुराको हत्या गरेका हुन् । उनीहरू चारै जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । आरोपित राजेन्द्र राई पनि घाइते अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरेको…
काठमाडौं । विवादित विषयमा छानबिन गर्न संसदीय विशेष समिति गठन गर्ने सहमति भएको छ । सभामुख देवराज घिमिरे निवासमा आज प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतक र सचेतकबीच भएको छलफलबाट सात सदस्यीय छानबिन समिति गठन गर्ने सहमति भएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। समितिमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई/दुई तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट एक/एक जना सांसद रहनेछन् । समितिलाई गठन भएको २१ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यदेश हुनेछ । यही असार २३ गते कार्यव्यवस्था परामर्श समितिबाट समितिमा रहने सांसदको नाम टुङ्ग्याएर प्रतिनिधिसभा…
काठमाडौं । अरनिको राजमार्गको धुलिखेल–सूर्यविनायक सडकको वैकल्पिक मार्ग बनेपा–नाला–भक्तपुर सडकखण्डको पुण्यमाता खोलाको पुल भाँचिएको छ । काभ्रेको बनेपा–नाला–भक्तपुर सडकखण्ड अन्तर्गत बनेपा नगरपालिका १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा बनेको पुल भाँचिएपछि उक्त सडकमा पूर्णरुपमा आवागमन बन्द भएको जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख सुनील ध्वाजुले जानकारी दिए । रातिको समयमा नाला पुलबजार छेउको पुल भाँचिएपछि यात्रुहरू र स्थानीयवासीहरूलाई आवतजावतमा कठिनाइ भएको छ भने यातायातका साधनहरू वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य छन् । धुलिखेल सुर्यविनायक सडक निर्माण भइरहेकोले अवरुद्ध छ । त्यसकै विकल्पमा रहेको यो सडकको पनि पुल भाँचिएपछि वैकल्पिक सडक अवरुद्ध भएको हो ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित