Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर…
काठमाडौं । प्रहरीले सोमबार गरेको दमनमा २० जेनजी प्रदर्शनकारीको मृत्यु र ३०० बढी घाइते भएपछि…
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडानम्बर ११ मा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । सोमबार जेनजीहरूले गरेको…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्। मंगलबार साँझ ६ बजे…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- प्रधानमन्त्री ओलीले दिए राजीनामा
- ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आगजनी
- तारकेश्वरको प्रहरी चौकी र वडा कार्यालयमा प्रदर्शनकारीद्वारा आगजनी
- प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
- जेन जेड आन्दोलन : १९ जनाको मृत्यु, ३४७ घाइते उपचाररत
- गृहमन्त्रीले दिए राजीनामा
- जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या १८ पुग्यो, दुई सयभन्दा बढी उपचाररत
- मन्त्रिपरिषद्को बैठक बस्दै, हिंसात्मक बनेको जेन–जीको आन्दोलनबारे समीक्षा हुने
- जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या ८ पुग्यो
- जेन–जी आन्दोलनमा गोली लागेर एक जनाको मृत्यु, दर्जनौं घाइते
Author: हाम्राे हेडलाइन
म्याग्दी । म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका–४ स्थित बाँसबोटको भीरबाट खसेको ठूलो पहिरोले आज दिउँसो म्याग्दी नदी थुनिएको छ। पहिरो थुप्रिएर नदीमा अस्थायी रूपमा ठूलो तलाउ बनेको धौलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले जानकारी दिएका छन्। गाउँपालिका–४ र ७ को सिमानास्थित काउसीबोटको भिरमुनि थुप्रिएको पहिरोका कारण म्याग्दी नदीको सतह घटेको छ। स्थानीय बासिन्दा तम पुनका अनुसार बिहानको भारी वर्षापछि बगेको नदीको बहाव अचानक घटेको देखिएको हो। हाल पहिरो निरन्तर खसिरहेकाले थप जोखिम कायम रहेको जनाइएको छ। घटनालगत्तै छहरी, कल्लेनी, भारवाङ, साँवता, थापाचौर, दरवाङ, छिसवाङ, खोप्टी, पिपलबोट, बाबियाचौर, तोराखेत, सिमलचौर, तातोपानी, सिंगा र बेनी बजारजस्ता म्याग्दी नदीको तटीय क्षेत्रका बस्तीहरूमा सतर्कता अपनाइएको…
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् । मन्त्री पौडेलले आफ्नो पूर्व प्रतिबद्धताअनुसार आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा प्राप्त गर्न सक्ने उल्लेख गरेका छन्। ‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट ८ प्रकारका बिरामीले हाम्रो पुर्व प्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौं,’ मन्त्री पौडेलले आज बिहान आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्। मन्त्री पौडेलका अनुसार अब…
काठमाडौं । अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा सफलता हासिल गरेका नेपाली खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान तथा पुरस्कार प्रदान गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न प्रतियोगितामा पदक जित्ने खेलाडीहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरे। कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा आयोजित थियो। तेस्रो थाउलो वर्ल्ड कपमा कास्य पदक जित्ने विजय सिंजालीलाई प्रधानमन्त्रीले नगद ६५ लाख रुपैयाँ पुरस्कार प्रदान गरे। उक्त प्रतियोगिता जापानमा कात्तिक ७ देखि १२ गतेसम्म भएको थियो। त्यसैगरी, इरानमा फागुन २० देखि २५ गतेसम्म आयोजित छैटौं एसियन महिला कबड्डी च्याम्पियनसिपमा कास्य पदक जित्ने मनमती विष्टसहित खेलाडीहरूलाई जनही १ लाख ५० हजार रुपैयाँ…
काठमाडौं । नेपाल चिकित्सक संघको नेतृत्वमा देशभर आकस्मिक र सघन कक्षबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा असार २३ गतेदेखि बन्द गरिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण गराएको छ। आयोगले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवाको बन्दका कारण लाखौं नागरिकको स्वास्थ्यमा असर परेको भन्दै चिन्ता व्यक्त गरेको छ। आयोगका अनुसार यस बन्दले संविधान प्रदत्त नागरिकको स्वास्थ्य सेवामा पहुँचको अधिकार उल्लङ्घन भएको छ। आयोगले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूबाट प्राप्त जानकारी र उजुरीका आधारमा, संविधानको धारा ३५ र ४४, साथै अन्तर्राष्ट्रिय महासन्धिको धारा १२ ले प्रत्याभूत गरेको स्वास्थ्य सेवामा पहुँचको हकको उल्लङ्घन भएको जनाएको छ। “स्वास्थ्य जस्तो अत्यावश्यक सेवा बन्दले नागरिकको जीवन जोखिममा…
काठमाडौं । नेपाल विद्युत प्राधिकरण (नेपाल विद्युत प्रा.) का कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले पद बहालीको १०० दिन पुरा भएको अवसरमा आफ्ना उपलब्धिहरू सार्वजनिक गरेका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत उनले प्राधिकरणको यथार्थ चित्र उजागर गर्दै ‘श्वेतपत्र’ सार्वजनिक गरेका हुन्। श्वेतपत्रमा ऊर्जा सुरक्षा, विश्वसनीय विद्युत सेवा, नवीनतम वित्तीय व्यवस्थापन उपाय, पारदर्शी तथ्याङ्क र मानव स्रोत व्यवस्थापनलाई प्राथमिकता दिइएको उल्लेख गरिएको छ। शाक्यले वितरण प्रणालीको सुधार, औद्योगिक विद्युत खपतमा प्रोत्साहन, र विपन्न वर्गका लागि निःशुल्क सेवा वितरणलाई विशेष उपलब्धिका रूपमा प्रस्तुत गरे। मुख्य उपलब्धिहरू: उद्योगी उपभोक्ता सम्मान: महसुल भुक्तानीमा अग्रणी १० उद्योगी उपभोक्तालाई सम्मान गरिएको छ, जसले विद्युत खपतमा अझ वृद्धि…
रसुवा । रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको भीषण बाढीले ठूलो जनधनको क्षति गरेको छ। बाढीमा परी नेपाली र चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन्। सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ताहरूमा नौ जना नेपाली कामदार, इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत तीन जना प्रहरी र छ जना चिनियाँ नागरिक रहेका छन्। चिनियाँ नागरिकहरूको विस्तृत पहिचान अझै खुल्न बाँकी रहेको बताइएको छ। बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ। साथै, त्रिशूली नदीमा रहेको बेलीब्रिज, विद्युतीय गाडी चार्जिङ स्टेसन, रसुवागढी हाइड्रोपावर र त्रिशूली थ्रिए जलविद्युत् आयोजनाको बाँधमा समेत ठूलो क्षति पुगेको छ। बेपत्ता प्रहरी लालबहादुर श्रेष्ठ,…
काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रको ल्हेन्दे खोलामा गएराति आएको भीषण बाढीका कारण त्रिशूली नदीको उच्च बहावमा फसेका दुई जनाको नेपाली सेनाको हेलिकप्टरद्वारा सकुशल उद्धार गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नुवाकोटको विदुर नगरपालिका–१, लभडाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी ६२ वर्षीया श्रीमती मङ्गली तामाङ बाढीमा फसेका थिए। उनीहरू दाउरा संकलनका लागि त्रिशूली नदी किनारमा गएका बेला चीनतर्फको वर्षाका कारण आएको आकस्मिक बाढीमा फसेका थिए। प्राधिकरणले विज्ञप्तिमार्फत उनीहरूलाई तीन घण्टापछि नेपाली सेनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको जानकारी दिएको छ। हाल त्रिशूली नदीलगायत आसपासका नदीहरूमा बहाव बढिरहेकोले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। उद्धार कार्यमा…
काठमाडौं । तिब्बतबाट आएको बाढीले रसुवामा रहेको जलविद्युत् आयोजना र भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण करिब २ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार रसुवागढी जलविद्युत् आयोजना, चिलिमे, त्रिशूली ३ ‘ए’ र त्रिशूली ३ ‘बी’ मा क्षति पुगेको छ। १११ मेगावाटको रसुवागढी आयोजनाको हेडवर्क्समा क्षति पुगेको र चिलिमे आयोजनाको टेलरेसमा पानी पसेको उनले बताए। त्रिशूली ३ ‘ए’ को तीनवटा हेडवर्क्स बगाएको छ भने त्रिशूली ३ ‘बी’ को सबस्टेसनमा पनि बाढी पसेपछि सञ्चालन रोकिएको छ। बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ। भन्सार यार्डमा रहेका गाडीहरू पनि बगाएको जनाइएको…
लमजुङ । लमजुङको बेसीशहर नगरपालिका–११ चितीस्थित स्याउत गैरी फाँटमा असारको तेस्रो साता बित्दासमेत पर्याप्त वर्षा नपर्दा रोपाइँ प्रभावित भएको छ । समयमा रोपिएको खेतमा अहिले चिरा पर्न थालेका छन् भने धेरै स्थानमा खेत रोप्न पाएका छैनन् । स्थानीय किसानका अनुसार असारको दोस्रो सातामा सामान्य वर्षा भएपछि धान रोपिएको थियो । तर अहिले उक्त खेलमा चिरा पर्न थालेको छ । स्थानीय तहका कृषि प्राविधिकहरूले पनि पानीको कमीका कारण धान उत्पादनमा ठूलो असर पर्ने खतरा देखिएका छन्। लमजुङका अधिकांश भेगमा धान वर्षे बाली भएकाले असारमा पर्याप्त वर्षा नपर्नु चिन्ताको विषय भएको प्राविधिकहरू बताउँछन्।
काठमाडौं । सर्वोच्च अदालतमा तीन जना नयाँ न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार न्याय परिषद्को सिफारिसको आधारमा तीन न्यायाधीश नियुक्त गरेका हुन्। नियुक्त हुनेहरूमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा रहेका छन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार, नेपाल संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उनीहरूलाई नियुक्त गरेका हुन्। नयाँ नियुक्त न्यायाधीशहरूको शपथ ग्रहण छिट्टै सम्पन्न हुने अपेक्षा गरिएको छ। न्याय क्षेत्रमा लामो समयदेखि सक्रिय अनुभव भएका व्यक्तिहरूलाई सर्वोच्च अदालतमा नियुक्त गरिएको भन्दै न्यायिक वृत्तमा यसलाई सकारात्मक रूपमा हेरिएको छ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित