Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
Notice: Undefined variable: user_id in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: tags in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: show_num in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर…
काठमाडौं । प्रहरीले सोमबार गरेको दमनमा २० जेनजी प्रदर्शनकारीको मृत्यु र ३०० बढी घाइते भएपछि…
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडानम्बर ११ मा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । सोमबार जेनजीहरूले गरेको…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्। मंगलबार साँझ ६ बजे…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- प्रधानमन्त्री ओलीले दिए राजीनामा
- ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आगजनी
- तारकेश्वरको प्रहरी चौकी र वडा कार्यालयमा प्रदर्शनकारीद्वारा आगजनी
- प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
- जेन जेड आन्दोलन : १९ जनाको मृत्यु, ३४७ घाइते उपचाररत
- गृहमन्त्रीले दिए राजीनामा
- जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या १८ पुग्यो, दुई सयभन्दा बढी उपचाररत
- मन्त्रिपरिषद्को बैठक बस्दै, हिंसात्मक बनेको जेन–जीको आन्दोलनबारे समीक्षा हुने
- जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या ८ पुग्यो
- जेन–जी आन्दोलनमा गोली लागेर एक जनाको मृत्यु, दर्जनौं घाइते
Author: हाम्राे हेडलाइन
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई राजनीति नगर्न चेतावनी दिएका छन्। बिहीबार ‘नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स ल्याब’ को उद्घाटन समारोहमा बोल्दै उनले खेल क्षेत्रको विकास प्राथमिकता हुनुपर्नेमा जोड दिए। ओलीले वर्तमान खेलकुदमन्त्री तेजुलाल चौधरीलाई लक्षित गर्दै खेलकुदमा राजनीतिक हस्तक्षेप नहुने स्पष्ट पारे। “खेलमा राजनीति गर्ने होइन, खेललाई अगाडि लैजानुपर्छ। पोलिटिक्सको लागि त्यहाँ स्पेस छैन,” उनले भने। प्रधानमन्त्री ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को काम रोक्ने प्रयासप्रति आपत्ति जनाउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान) बीचको विवाद अन्त्य गर्न आग्रह गरे। उनले क्यानलाई भव्य रूपमा एनपीएल आयोजना गर्न निर्देशन…
काठमाडौं । साताको अन्तिम कारोवार दिन बिहीवार सेयर बजार परिसूचक नेप्से २५.८९ अंकले वृद्धि भएर २,७३१.८० को बिन्दुमा पुगेको छ। यसअघि बुधबार पनि नेप्से २२.०४ अंकले वृद्धि भइसकेको थियो। बिहीवार कारोबार रकम पनि उच्च रही ९ अर्ब ६८ करोड २४ लाख रुपैयाँ नाघेको छ, जुन बुधबारको भन्दा करिब २ अर्ब रुपैयाँ बढी हो। कुल २ करोड ६४ लाख ७० हजार कित्ता सेयर किनबेच भएको छ। बिहीवार सबै समूहमा सुधार देखिएको छ भने बैंकिङ समूहको सूचक ३.०२ प्रतिशतले सबैभन्दा बढी बढेको छ। साथै लघुवित्त, विकास बैंक, सामूहिक लगानी र वित्त समूहमा समेत सकारात्मक वृद्धि भएको छ। १६१ कम्पनीको शेयर मूल्य बढ्दा…
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको विधानमाथि प्रश्न उठाउनु संगठनात्मक अराजकता भएको बताएका छन्। आगामी भदौमा हुने भनिएको विधान महाधिवेशनको तयारीका सन्दर्भमा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित जनसंगठनका इञ्चार्ज र पदाधिकारीको भेलामा उनले यस्तो चेतावनी दिएका हुन्। महासचिव पोखरेलले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनबाट पारित भएको विधानलाई स्वयं अनुमोदन गर्ने व्यक्तिहरूले अहिले आएर त्यसैमा प्रश्न उठाउनु अनैतिक र अनुशासनहीन भएको टिप्पणी गरे। “दुवै महाधिवेशनका प्रतिनिधि भएर प्रावधान अनुमोदन गर्ने अनि अहिले प्रश्न गर्ने – त्यो अराजकता हो,” पोखरेलले भने। उनले एमाले नेतृत्वको सरकार बनेयता पार्टीविरुद्धका आक्रमणहरू तीव्र भएको आरोप लगाए। “सरकार हामीले चलाइरहेका छौँ भन्ने कुरा धेरैलाई…
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रमा अबदेखि खादा, माला तथा कुनै संस्था वा समूहको पहिचान खुल्ने पोसाक र सामग्री प्रयोग गर्न पाइने छैन। बुधबार विमानस्थलस्थित अध्यागमन कार्यालयले सूचना जारी गर्दै अध्यागमन क्षेत्र अत्यन्त संवेदनशील र सुरक्षामूलक भएकाले यस्ता सामग्रीहरूमा प्रतिबन्ध लगाइएको जानकारी दिएको हो। सूचनामा भनिएको छ, “यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीहरू सबैका लागि लागू हुने गरी अध्यागमन प्रक्रियामा सहभागी हुँदा वा काउन्टरमा रहँदा कुनै पनि प्रकारको खादा, माला वा सजावटी वस्तु (एक्सेसोरिज) प्रयोग गर्न पाइने छैन।” कार्यालयका अनुसार यस्ता वस्तुहरूले सुरक्षा जोखिम बढाउने, अनावश्यक ढिलाइ गराउने र अध्यागमन प्रक्रियामा अवरोध सिर्जना गर्ने भएकाले यस्तो निर्णय गरिएको हो।…
काठमाडौं । सन् २०२६ मा हुने आईसीसी टी–२० विश्वकपका लागि इस्ट एसिया–प्यासिफिक क्षेत्रीय छनोटको तालिका सार्वजनिक गरिएको छ। विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहीबार प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो। कुल ९ राष्ट्र सहभागी रहने प्रतियोगिता आगामी अक्टोबर ८ देखि ओमानमा सुरु हुनेछ। छनोट चरणमा नेपालसहित पपुवा न्युगिनी (पीएनजी), ओमान, कुवेत, मलेसिया, युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, जापान र समाओ प्रतिस्पर्धी राष्ट्र हुनेछन्। आईसीसीले सहभागी टोलीहरूलाई तीन समूहमा विभाजन गरेको छ। नेपाल समूह–२ मा परेको छ, जहाँ नेपालसँगै कुवेत र जापान रहेका छन्। समूह–१ मा यूएई, मलेसिया र कतार रहेका छन् भने समूह–३ मा ओमान, पीएनजी र…
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक साधारण सभा बैठकले विभिन्न संकाय र तहमा अध्ययन गरेका ८९ हजार १ सय ९१ विद्यार्थीको समावेश रहेको ६३औँ ग्रेसलिष्ट पारित गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार सम्पन्न बैठकमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेसलिष्ट पारित गरिएको हो। बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि त्रिविको बजेट तथा कार्यक्रम पनि प्रस्तुत गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति ओलीले त्रिविलाई २१औँ शताब्दीसँग प्रतिस्पर्धा गर्न सक्ने आधुनिक र सक्षम विश्वविद्यालयका रूपमा विकास गर्न आग्रह गरे। सहकुलपति एवं विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय…
तनहुँ । पर्यटकीय सम्भावनाले भरिपूर्ण तनहुँको बन्दीपुर गाउँपालिकाले ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ अभियानमार्फत सम्पूर्ण गाउँलाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने घोषणा गरेको छ। गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार, गाउँको प्राकृतिक सौन्दर्य, ऐतिहासिक गढी, प्राचीन मठमन्दिर, गुफा, पदमार्ग र सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा प्रवर्द्धन गर्दै ग्रामीण पर्यटन विकासमा जोड दिइएको हो। “बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य हो,” अध्यक्ष थापाले भने, “त्यसैले पर्यटनलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम अघि बढाएका छौँ।” गाउँपालिकाले सिद्धगुफा, पातालद्वार गुफा, शंखे गुफालगायत प्राकृतिक गुफाहरूको संरक्षणसहित गुफा पर्यटन प्रवर्द्धन गर्ने तयारी गरेको छ। त्यस्तै, थानीमाइ मन्दिर, मुकुन्देश्वरी दरबार, खड्गदेवी मन्दिर, तीनधारा महादेव, मणिमुकुन्द सेन…
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। बिहीबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तल रहेको छ। साना नदीहरूमा आकस्मिक बाढीको जोखिम बाढी पूर्वानुमान महाशाखाका अनुसार आज डोटी, डडेल्धुरा, कञ्चनपुर, कैलाली र आसपासका जिल्लाबाट बहने स–साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। यस्तै दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक,…
काठमाडौं । सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हरियाली छाएको छ। यसअघि मंगलबार सेयर बजार ०.१४ अंकले गिरावट भएको थियो। सेयर बजारमा हरियाली आएसँगै बुधबार २२ अंकले बढ्दै २७०५ विन्दुमा पुगेर रोकिएको छ। आज कारोबारका आधारमा ७ अर्ब ४५ करोडमा मूल्य बराबरको सेयर कारोबार भएको छ। यो ०.८९ प्रतिशतको वृद्धि हो। आज दिनभरिको कारोबारमा ७ अर्ब ४५ करोड १८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। आज २४८ कम्पनी र ३१६ वटा स्क्रिपका १ करोड ५८ लाख २२ हजार ९७० कित्ता सेयर खरिदबिक्री भएका छन्। कारोबारमा आएका कम्पनीमध्ये अधिकांशको सेयर मूल्य बढेको छ। आज १९९ वटा कम्पनीको सेयर मूल्यमा…
काठमाडौं । काठमाडौं टोखा नगरपालिका–६ ग्राण्डी सडक खण्डमा मंगलबार दिउँसो ईभी माइक्रोको ठक्करबाट पठाओ चालक २४ वर्षीय सोनाम योञ्जनको मृत्यु भएको छ। सर्लाहीका स्थायी बासिन्दा र हाल भक्तपुर थलीमा बसोबास गर्दै आएका योञ्जनको ग्राण्डी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। उनको स्कुटरलाई बा.प्र–०१–००२ ज ७३७८ नम्बरको माइक्रोले ठक्कर दिएको थियो। मृतकका बुवा राजकुमार योञ्जनले घटना शंकास्पद भएको दाबी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्। पीडित परिवारले शव बुझ्न अस्वीकार गरेका छन्। सोनाम मलेसियाबाट फर्किएर एक वर्षदेखि पठाओमा काम गरिरहेका थिए। उनका नौ महिनाका एक छोरा छन्।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित